For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

byDainik Nepalgunj
September 9, 2026
in विचार
0 0
0
सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको
Share on FacebookShare on Twitter

नेपालको राजनीतिक र सामाजिक इतिहासमा भदौ २३ गते केवल पात्रोको एउटा पाना मात्र रहेन, यो परिवर्तनको दिशा मोड्ने एउटा ऐतिहासिक प्रस्थान विन्दु बन्यो । आज भन्दा ठीक एक वर्षअघि, युवा पुस्ता अर्थात् ’जेनजी’ले सडकमा पोखेको आक्रोश, चेतना र बलिदानको जगमा देशले नयाँ मोड लिएको थियो । तर, एक वर्षको यो अवधि पार गरिसक्दा ’जेनजी आन्दोलन’ ले बोकेका जनअपेक्षा र आजको वस्तुगत अवस्था बीचको दूरी भने चिन्ताजनक रूपमा बढेको छ । आन्दोलनको मर्म, शहीदको बलिदान, कानूनी सिद्धान्त र नागरिक अपेक्षाको कसोटीमा वर्तमान अवस्थाको समीक्षा गर्नु आजको अहम् आवश्यकता हो ।

आन्दोलनको पृष्ठभूमिलाई बुझ्दा वर्षौं देखि जरा गाडेर बसेको भ्रष्टाचार, नातावाद, कुशासन, दण्डहीनता र युवा बेरोजगारी विरुद्धको सञ्चित असन्तोषको विस्फोट थियो— जेनजी आन्दोलन । परम्परागत राजनीतिक दलहरूको पुरातनवादी रबैया, तिनका नेतृत्व प्रतिको नागरिकको रोष असन्तुष्टि, राज्य संयन्त्रमा व्याप्त सिन्डिकेट र आफ्ना नागरिक प्रति उत्तरदायी नहुने प्रवृत्तिका विरुद्ध प्रविधि मैत्री र सचेत युवा वर्ग स्वतःस्फूर्त रूपमा सडकमा ओर्लिएका थिए । भलै आन्दोलनका नाममा यस क्रममा अरु समुहको घुस पैठ र हिंशात्मक बनाईयो ।

भ्रष्टाचारमुक्त समाज, योग्यता प्रणालीको बहाली, अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रक्षा, र पारदर्शी शासन प्रणाली नै यो आन्दोलनका आधारभूत मागहरू थिए । यो कुनै निश्चित दल वा सिद्धान्तको राजनीतिक स्वार्थका लागि नभई नागरिकको मौलिक अधिकार, विधिको शासन र संविधानले ग्यारेन्टी गरेको न्यायपूर्ण समाज निर्माणका लागि भएको विद्रोह थियो ।

धनजनको क्षति र शहीदको बलिदानः बाँकेका दुई उज्याला नक्षत्र ः
परिवर्तनको यो आन्दोलन सहज र निष्कन्टक रहेन । राज्यको सुरक्षासंयन्त्रको दमन र अत्यधिक बल प्रयोगका कारण कैयौँ होनहार युवाहरूले आफ्नो जीवन गुमाउनुप¥यो । ठूलो संख्यामा युवाहरू अङ्गभङ्ग भए, भौतिक संरचनाको क्षति भयो । आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरू मध्ये बाँके जिल्लाका दुई उज्याला युवाहरूको बलिदान अतुलनीय र मर्मस्पर्शी छ । आफ्ना सपना, भविष्य र परिवारको खुसीलाई थाती राखेर देशमा न्याय र सुशासनको स्थापनाका लागि सडकमा ओर्लिएका बाँकेका ती दुई युवाहरूको शहादतले सिङ्गो देशलाई स्तब्ध बनाएको थियो ।

जेनजी आन्दोलनका क्रममा बाँके जिल्लाका दुई उज्याला युवाहरू बाँके जिल्ला नेपालगन्ज १ का दुई होनहार युवाहरु सुलभ श्रेष्ठ र आयुष थापाले देशमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र कुशासन विरुद्ध नागरिक अधिकार र शासनका लागि आफ्नो अमूल्य जीवन आहुति दिएका थिए । विधिको शासन र शासकीय सुधारको अठोट बोकेर सडकमा ओर्लिएका थिए; तर अस्वाभाविक बल प्रयोग र दमनका क्रममा दुवै जनाले अकालमै शहादत प्राप्त गर्नुप¥यो । नेपालको संविधानले प्रदान गरेको ’सम्मानपुर्वक बाँच्न पाउने अधिकार’ को हनन भई आफ्ना आशलाग्दा सन्तान गुमाएका यी शहीद परिवारका हकमा राज्यले केवल औपचारिकता र तत्कालीन राहतमा सीमित नभई उनीहरूलाई औपचारिक रूपमा राष्ट्रिय शहीद घोषणा गर्दै स्मृतिमा स्थानीय स्तरमा संरचनाहरूको नामाकरण गरी दीर्घकालीन आर्थिक सुरक्षा, शिक्षा तथा स्वास्थ्य र परिवारका सक्षम सदस्यलाई रोजगारीको ब्यवस्था गरिनु पर्दर्छ । साथै, घटनाको निष्पक्ष न्यायिक छानबिन गरी दोषी अधिकारीहरूलाई कानूनी दायरामा ल्याउनु र उनीहरूले ज्यान दिएको मूल मुद्दा अर्थात् भ्रष्टाचारमुक्त समाज, सुशासन, शक्ति पृथकीकरण र विधिको शासनको इमानदार कार्यान्वयन गर्नु नै शहीद परिवारप्रतिको सच्चा सम्मान र राज्यको प्राथमिक संवैधानिक दायित्व हो ।

आज ती शहीदका शोकाकुल परिवारजनका आँसु सुकेका छैनन् । छोराहरूको सपना पूरा होला र देशमा थिति बस्ला भन्ने आशामा बसेका ती बाबुआमा, श्रीमती र बालबालिकाको अनुहारमा अझै पनि प्रश्न तैरिरहेछ— “के मेरा सन्तानको बलिदान केवल सरकार फेर्ने भ¥याङ मात्रै थियो? संवैधानिक न्यायको दृष्टिले हेर्दा, नागरिकको जीवनको अधिकार राज्यले रक्षा गर्नुपर्ने प्राथमिक दायित्व हो । नेपालको संविधानले प्रदान गरेको बाँच्न पाउने अधिकारको हनन राज्य संयन्त्रबाटै हुनु गम्भीर कानूनी र मानवअधिकारको विषय हो । शहीदहरू प्रतिको वास्तविक सम्मान भनेको उनीहरूका परिवारलाई राहत र क्षतिपूर्ति दिनु मात्र होइन, उनीहरूले जुन व्यवस्था र सुशासनका लागि ज्यान गुमाए, त्यसको इमानदार कार्यान्वयन गर्नु पनि हो ।

पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ सरकारको गठन ः आन्दोलनले पुराना राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरू प्रति नागरिकको घोर वितृष्णा र अविश्वासलाई सतहमा ल्याइदियो । दशकौँसम्म सत्ताको साँचो हातमा लिएर पनि आम जनताको जीवनस्तर सुधार्न नसक्नु, भ्रष्टाचारका ठूला काण्डहरूलाई ढाकछोप गर्नु र लोकतान्त्रिक संस्थाहरूलाई दलियकरण र धरासायी बनाउन खोज्नु नै पुराना दलहरूप्रति नागरिक आक्रोश बढ्नुको मुख्य कारण थियो ।

पुराना दलहरूको यही अकर्मण्यताका कारण उब्जिएको नवयुवाको उर्लिएको जनआक्रोशको बलमा पुरानो सत्ता ढल्यो र नयाँ सरकारको गठन भयो। नयाँ सरकारको आगमनलाई आम नागरिक र विशेष गरी आन्दोलनकारी जेनजी पुस्ताले आशा र भरोसाको रूपमा हेरेका थिए ।

नयाँ सरकारको कार्यसम्पादन र प्रभावकारिता
नयाँ सरकार गठन भएको ६ महिनाा भएको छ । यो ६ महिनाको अवधिमा नयाँ सरकारका नीति, कार्यक्रम र कार्यशैलीको निष्पक्ष समीक्षा गर्दा केही सकारात्मक कार्यहरु भए पनि जनताले अझै सुशासन र गुणस्तरिय सेवाको अनुभुति गर्न पाएका छैनन । सरकार माथी प्रश्नहरू धेरै उब्जिएका छन् ।

सुशासन र भ्रष्टाचार नियन्त्रणः भ्रष्टाचारविरुद्ध ’शून्य सहनशीलता’ को नारा दिइए तापनि ठूला–ठूला भ्रष्टाचारका काण्डहरूमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने दिशामा सरकार सुस्त देखिएको छ । बरु बिधि र प्रक्रिया मिलेर छनौटपुर्ण अभियोजन भएको भनेर सरकार आलोचित भएको छ ।

विधि र प्रक्रियाको पालना ः आन्दोलनले कानूनी सर्वोच्चताको माग गरेको थियो । तर, नयाँ सरकारका कतिपय निर्णयहरू पनि प्रशासनिक तदर्थवाद र राजनीतिक आग्रह पुर्वाग्रहबाट मुक्त हुन नसकेको गुनासाहरु सुनिन थालेका छन् ।

सेवा प्रवाह र आर्थिक सुधार ः आम नागरिकले दैनिक रूपमा भोग्नुपर्ने प्रशासनिक झन्झट, महँगी र बेरोजगारीको समस्या उस्तै छ । युवा वर्गलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने ठोस नीति र योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

संविधानवादको सिद्धान्तअनुसार सरकार जुनसुकै होस्, त्यसका काम–कारबाही पारदर्शी, कानूनसम्मत र जनउत्तरदायी हुनुपर्छ। तर, बिगत ६ महिनाको अवधिमा नयाँ सरकारले पनि जनभावना र आन्दोलनको मर्मअनुसार द्रुत गतिमा काम गर्न नसक्नु दुखद पक्ष हो ।

भदौ २३ः जेनजी शहीद दिवसको सान्दर्भिकता ः भदौ २३ गतेलाई ’जेनजी शहीद दिवस’ का रूपमा स्मरण गरिरहँदा यसको सान्दर्भिकता केवल औपचारिक श्रद्धाञ्जली र भाषणमा सीमित हुनु हुँदैन । यो दिन राज्यका लागि आत्मसमीक्षा गर्ने, विगतका गल्तीहरू सुधार्ने र शहीदको सपनाप्रति पुनः प्रतिबद्धता जनाउने ऐतिहासिक अवसर पनि हो ।

शहीद दिवसले राज्यलाई निरन्तर कर्तव्यको बोध गराउँछ । बाँकेका दुई युवा लगायत सम्पूर्ण शहीदहरूले आफ्नो जीवनको आहुति कुनै नयाँ अनुहारलाई सत्तामा पु¥याउनका लागि दिएका थिएनन्, उनीहरूले त थिति, न्याय र समतामूलक समाजका लागि बलिदान दिएका थिए। त्यसैले भदौ २३ गतेको सान्दर्भिकता तब मात्र रहन्छ, जब राज्यले शहीदका सपनालाई नीति र व्यवहारमा ढाल्न सक्छ ।

राज्यको दायित्व र अब गरिनुपर्ने कार्यहरू ः नागरिक अपेक्षा र आन्दोलनको मर्मलाई सम्बोधन गर्न राज्य र वर्तमान सरकारले तत्काल निम्न कदमहरू चाल्न अपरिहार्य छः

(क) शहीद परिवारको सम्मान र पुनस्र्थापनाः बाँकेका दुई शहीद परिवार लगायत सम्पूर्ण आन्दोलनका शहीद परिवारलाई दीर्घकालीन जीविकोपार्जन, शिक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ । घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्छ ।

(ख) दोषीमाथि कानूनी कारबाहीः आन्दोलनका क्रममा भएका अत्यधिक बल प्रयोग र मानवअधिकार उल्लङ्घनका घटनाहरूको संलग्न दोषी अधिकारी तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइनुपर्छ । पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्दछ । (ग)

संरचनागत र कानूनी सुधार ः सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र राज्यका विभिन्न निकायहरूमा योग्यता प्रणाली लागू गर्न आवश्यक कानून संशोधन र नयाँ ऐनहरू तत्काल ल्याइनुपर्छ ।

(घ) युवा केन्द्रित नीति र रोजगारी ः जेनजी पुस्ताको क्षमता, प्रविधिप्रतिको पहुँच र नवीन सोचलाई देश विकासमा उपयोग गर्ने गरी विशेष नीति र स्वरोजगारका कार्यक्रमहरू लागू गरिनुपर्छ । (ङ) पारदर्शी र जनउत्तरदायी शासन ः सरकारका हरेक निर्णय र काम–कारबाही पारदर्शी हुनुपर्छ । नागरिकका गुनासा र सुझावहरू सुन्ने र सम्बोधन गर्ने प्रभावकारी संयन्त्रको निर्माण गरिनुपर्छ ।

निष्कर्ष ः आन्दोलनले सत्ता र अनुहार बदल्न सक्छ, तर जबसम्म शासनको शैली, सोच र नियत बदलिँदैन, तबसम्म वास्तविक परिवर्तन सम्भव हुँदैन । जेनजी आन्दोलनले जगाएको चेतनाको दीपलाई निभाउन दिनु हुँदैन । बाँकेका ती दुई होनहार युवाहरूको बलिदान र उनीहरूका परिवारको आँसुले आज पनि राज्यसँग जवाफ मागिरहेको छ ।

राज्यले शहीदको बलिदानीलाई बिर्सिएर जनअपेक्षामाथि कुठाराघात गरेमा अर्को जनविद्रोहको बीजारोपण हुन सक्छ । तसर्थ, भदौ २३ को शहीद दिवसको अवसरमा सरकारले गम्भीर आत्मसमीक्षा गर्दै आन्दोलनको मर्म, संविधानको भावना र नागरिक अपेक्षा अनुसार काम गर्न दृढ संकल्प गरोस् । शहीदको सपना पूरा गर्नु र नागरिकलाई न्यायको अनुभूति दिलाउनु नै आजको राज्यको प्राथमिक र नैतिक दायित्व हो । (लेखक गौतम लामो समयदेखि मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा विधिको शासनको क्षेत्रमा क्रियाशील छन्।)

Previous Post

कृषि उत्पादक मूल्य सूचकांक २.०४ प्रतिशतले बढ्यो

Next Post

भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

Next Post
भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

नेपालगन्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

October 11, 2026
सुरु भो दशैं

सुरु भो दशैं

October 11, 2026
नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

नेपालगन्जरोडबाट लखनउ रेल चलाउन माग

October 11, 2026
मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग

मानसिक स्वास्थ्यका लागि बजेट र जनशक्ति माग

October 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version