For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

हाम्रो समाजको दुर्दशाको कारण

byDainik Nepalgunj
September 11, 2026
in विचार
0 0
0
हाम्रो समाजको दुर्दशाको कारण
Share on FacebookShare on Twitter

हरेकदिन जसो समाचारहरू आइरहेका हुन्छन् बलात्कारका, हत्याका, यौन शोषणका अनि साथसाथै सभ्य समाजका अनि सकारात्मक सोच राखौं भन्ने अर्ती र उपदेशका । तर कुरा आउँदैनन् कतै आधुनिक नग्नताका । कुरा आउँदैनन् कतै आधुनिकताको बहानामा समाजिक बिखण्डनका र छाडापनका । सडक देखि शिक्षालयसम्म, कृति जगाउने थलो देखि नीति बनाउने थलोसम्म कुरा हुन्छन् यौनका । यौनिकका । यौनिक समानताका । माग हुन्छन् यौन शिक्षाका । यौनिक शिक्षा सहितका पाठ्यक्रम र पाठ्पुस्तकका । अनि बन्छ प्रगतिशील साहित्य र त्यसको प्रायः अर्थ नै नारी र नारी सम्बन्ध यौनका कुराहरूको शाब्दिक पोथ्रो हुन्छ । यौन र हिंसालाई सर्वोत्कृष्ट साहित्यको फरिया लगाएर बिभिन्न मञ्चमा छमछम नचाइन्छ । यौन शिक्षालाई मात्रै पहिलो र घर देखि शिक्षालयसम्म पढाउनै पर्ने शिक्षा भनेर राष्ट्रिय अन्तरराष्ट्रिय संस्था बनाएर रोजिरोटी चलाइन्छ । अनि भनिन्छ सभ्य समाजको निर्माण हुँदैछ । सकारात्मक सोचको विकास हुँदैछ ।

दुई बर्षे होस् या बाह्र चौध बर्षे बालिकाको बलात्कार हुन्छ, अनि हत्या हुन्छ । त्यो कुरा किन भयो ? कस्तो व्यक्तिबाट भयो ? कस्तो संस्कारमा हुर्केको र कस्तो समाजको शिक्षाबाट प्रशिक्षित भएकोबाट भयो ? यो कुराको मूल जरो कहाँ छ ? भन्ने कुराको प्रश्न गर्नेतिर र समस्याको जरो खोज्नेतिर जानेहरू नकारात्मक भैहाल्छन् सकारात्मक सोचले त त्यसलाई सडकमा ल्याएर लुछेर मार्नुपर्छ, झुण्ड्याउनुपर्छ, बालिकाको मृत्युको मोल गरेर उसका बाआमालाई पैसा दिनुपर्छ, संघसंस्था लगाएर अब हरेक बालिकाका अंग प्रदर्शन गर्दै यौन शिक्षा पढाउनुपर्छ भन्दो रहेछ ।

बलात्कार र हत्या जस्ता घटनाका समाचारहरू हरेक दिन र महिना जसो आउने गरेका छन् । यो सब समाजको नैतिक पतन, सन्तानहरूमा अभिभावकीयताको अभाव, गलत सँस्कार, समाजिक नैतिक बन्धनबाट च्यूत बनाउने चलनले भएको हो भन्न हुँदैन, किन कि यो त नकारात्मकता हो । यौन र हिंसालाई अधिकारको नाउँमा बढि प्राथमिकताको खेलोमेलो, बालमस्तिष्कमा छाडा आधुनिकताको प्रोत्साहन जस्ता कामहरू जतिसुकै यस्ता घटनाका जिम्मेवार कारण हुन ता पनि यी सबै सकारात्मक कामहरू भनेर व्याख्या गर्नैपर्छ । अर्थोक भन्न हुँदैन ।

यहाँ के ती बलात्कृत हुने बालिकाले यौन शिक्षा नपाएर हो या कमि भएर हो बलात्कृत हुनु परेको ?

आफुलाई निकै आधुनिक भनाउने र सकारात्मक सोचका धनिमानी भनाउनेहरू देखि प्रगतिशील भनाउँदा कतिपयले बिभिन्न भिडियोहरू बनाएर यौन शिक्षा भन्दै भ्यूज बढाउँदै गरेको पनि भेटिन्छ । किन कि त्यहाँ डलर आउने सम्भावना हुन्छ । डलर आउने भएपछि सबैकुरा सभ्य समाजको उपज मात्रै हुने त अहिलेको प्रचलन जस्तै बनेको छ । तर अनैतिक कामको दायरा बढ्दै जानुको मुल कारणतिर आजपनि कसैको ध्यान जान जरुरी नै सम्झिएको छैन जस्तो लाग्छ । ध्यान लैजान कसैले खोजे या प्रश्न गरे त्यसमा नकारात्मकता मात्रै देखिन्छ । आधुनिक सभ्य समाजको सोच यहाँसम्म पुगेको छ ।

यौन शिक्षाको नाउँमा नेपाली समाजमा अनेक धन्दा चलाउने काम पनि भएका कुरा पनि आउने गरेका छन् । फिल्मी कथानकका चित्रहरू, बिभिन्न सिरियलको प्रभाव सँगै महिला बालबालिकाहरूको मौलिक पहिरनमा अतिक्रमण गरेर पहिरनको प्रचारमा लागेका उत्पादक र विक्रेताहरूले पोस्टर ब्याय र पोष्टर गर्ल बनाउने गरेका छन् । हाम्रो मानसिकताले कतै न कतै समाजमा नैतिकताको मियो यहिँनिर भाँचेको छ । आधुनिकताको दौडमा आफ्नै सन्तानको नग्नतामा सभ्यता देख्ने हाम्रा चक्षुहरू कति जिम्मेवार छन् त्यसको पनि ख्याल राख्नुपर्छ जस्तो मलाई लाग्छ ।

हामीलाई बालिकाहरू असुरक्षित भएकोमा चिन्ता लागे जस्तो देखिन्छौं अनि सकारात्मक सोचको अपेक्षा भन्दै अलाप गर्न थाल्छौं तर आफ्नै घरका बालिकाहरूलाई बर्षदिनको हुन नपाउँदै अर्धनग्न कपडा लगाइदिएर, यौन उत्तेजक र अराजक गीतहरूमा नाच्नलाई उत्प्रेरित गरिरहेका हुन्छौं । विद्यालयमा पुर्याउन नपाउँदै बिभिन्न अरेली काँडाका गीत बजाएर भुलाउन शुरु गछौं । हिंसा बन्दुक कुटपीट चोर पुलिसका भिडियो देखाएर भात खुवाउन शुरु गरेर चुम्माचाप्टी लैलामजनुका कथा, यौनिक भावनात्मक र हाउभाउका भिडियो देखाएर शिक्षाको शुरुआत गर्छौ । नैतिक शिक्षालाई आडम्बर भन्ने शिक्षा घरदेखि विद्यालयसम्म सिकाउँदा मख्ख भैरहेका हुन्छौं । विद्यालयहरूले पनि नैतिक शिक्षा, मौलिकतामा होइन कति उत्तेजक गीतमा कस्तो पर्फमेन्स कुन बच्चाले गर्यो भन्ने कुरालाई बढि महत्व दिँदै भोलिका दिनमा ती सबै बालिकाहरू महान नर्तकी कलाकार नै बन्ने बनाउने हो भनेझैं शिक्षालायलाई नाचघर बनाउन थालेका छौं ।

शब्द चिन्न नपाउँदै आइ लव यू र आइ किस यू भन्न सिकेको बच्चालाई वाक्य सिक्के बेलासम्म लगभग यौन शिक्षाको हाइस्कूल ज्ञान भैसकेको हुन्छ । विद्यालयले हाम्रा बालबालिकाहरू यस्तो नाचे, यहाँ त यस्तो सिकाइन्छ भन्दै आफ्नो प्रचार गर्ने, अभिभावकहरूले डान्स टिचर छ कि छैन भन्दै विद्यालय रोज्ने, बिभिन्न क्लबहरू बनाएर नृत्य प्रतियोगिता गराउनेहरूको विद्यालय विद्यालयमा गएर प्रोग्रामका ब्रोसर बाँड्ने काम सामान्य जस्तै भएको छ ।

नृत्य एउटा कला हो । यसलाई बन्द गर्नुपर्छ भन्ने अर्थ नलागोस् तर यसका पनि सीमा हुन्छन् होला नि भन्न मात्रै यहाँ खोजिएको हो । कस्तो नृत्य कस्तालाई कुन समयमा कसरी कस्ता गीतहरूमा गराउने हो भन्ने कुराको यहाँ कुनै मापदण्ड त छैन त्यसैले गीत र नृत्यसँग जोडेर नैतिकताका कुरा गर्नु पनि आधुनिक सभ्य समाजलाई असभ्य विचार नै लाग्छ । तर यहि आधुनिक सभ्य समाजका सकारात्मक मनुवाहरू यौनाङ्ग अपूर्ण उमेरका बालबालिकालाई यौनिक हाउभाउयुक्त गीतमा सार्वजनिक मञ्चमा नचाउने र आफु मञ्चमा बसेर मैखानामा वाह वाह गरे झैं ताली बजाउनुलाई आधुनिक सभ्य भन्ने गरिएको यर्थाथलाई पनि त सकारात्मक कुरा भन्नै परेको छ ।

समाज जति जति सभ्य भनिँदै गैएको छ त्यहाँ पुरुषको शरिर ढाकिँदै छ भने महिलाको शरिर नाङ्गिदै गएको छ । हिजो धन थिएन तर तन भाङ्ग्र्रले भएपनि ढाक्थ्यो । कम्तिमा पनि महिलाको खुला तन भनेको बेइज्जेतीको मानक हुन्थ्यो । तर आज धन छ अनि तन खुला छ । वक्षस्थल देखि स्तनसम्म फुलाएर प्रदर्शन गर्नुलाई हुनेखाने र सभ्य समाजका बढिया मानिस भनिन्छ ।

गज्जब त यो छ कि यौनका कुरा त्यो समाजमा त्यतिखेर गरिँदैन जब एउटा गाडी बेच्न युवतिलाई अर्धनग्न बनाएर गाडीको छेउमा उभ्याइन्छ । रक्सी बेच्न रक्सीको बोतलसँगै केहि थान केटाहरूको आडमा युवतिलाई मिनिस्कर्ट लगाएर रक्सीको बोतल र गिलास समाएर चियर्स गर्न लगाइन्छ । कन्डोम बेच्न अर्धनग्न युवतीलाई यौन सन्तुष्टिको बारेमा एउटा युवासँग वार्ता गरेझैं गरेर देखाइन्छ । फिल्मको कथा बेच्न युवतीको हटसीनको क्लिप राखेर प्रचार गरिन्छ । फेरिपनि त्यहाँ सबैथोक सकारात्मक र सभ्य देखिन्छ । आधुनिकताको रमझम र सभ्य समाजको व्याख्या मात्रै भेटिन्छ ।

यो संसारमा हरेक जिवजन्तु वनस्पति देखि मानवको अस्तित्वको निरन्तरता भनेको नै जायजन्मबाटै हो । नयाँ सन्तान उत्पादनको प्राकृतिक गुणबाट नै संसारको निरन्तरता सम्भव भएको हो भन्ने कुरा ‘पाखण्डी पुरातनवादी’ (आधुनिक सभ्य समाजको भनाइमा) समाजले पनि नबुझेको होइन । आधुनिक सभ्य समाजको यौन हाउभाउयुक्त शिक्षा बिना नै संसारमा आठअर्ब जनसंख्या पुगेको हो । ‘पाखण्डी’ समाजको नैतिक बन्धनले आजसम्म नेपाली समाजको गोत्र परम्परा, हाडनाता करणीमा दण्डनीयता, अन्य जुनसुकै करणी गर्नेले महिला र सन्तानको जिम्मा लिनुपर्ने बाध्यकारी व्यवस्था भएको हो । रक्त शुद्धता र नातासम्बन्धको न्यूनतम जानकारी र वैवाहिक र यौनिक सामिप्यताका सीमाहरू तय गरेको त्यहि ‘पाखण्डी’ समाजको नैतिकताका बन्धनले हो । यो कुरा आजको सभ्य समाजका लागि पाच्य छैन ।
सभ्यता त आफ्नै सहोदर वैनी विवाह गर्ने समाजको, जति पनि बहुविवाह गर्ने समाजको, विवाहको लागि भिन्न लिङ्ग नचाहिने समाजको पनि छ । मन लागे र कुरा मिले सँगै बस्ने नमिले निस्किने समाजको पनि सभ्यता छ । त्यसको अर्थ जायजन्म, विवाह सँस्कार, मृत्यु सँस्कार, समाजिक नैतिकताका बन्धनहरू सहित मानव सभ्यताको विकास भएको नेपाली समाजमा जहाँ विकसित आफ्नै कुलधर्म छ , जहाँ आफ्नै मुलधर्म छ, जहाँ समाजलाई नैतिक बन्धनमा राखेर अपराध नियन्त्रण गर्ने मौलिक, शान्तिपूर्ण र सकारात्मक विधि पद्धति छ, त्यसलाई अस्वीकार गर्नैपर्छ भन्ने हुन सक्दैन । दुनियाँभरका फतुर आधुनिक नग्नतालाई सभ्यताको जामा लगाएर नेपाली समाजमा थोपर्नु नेपाली समाजको दुर्दशा बनाउनु कति न्यायोचित हो त्यसमा अवश्य विचार गरौं ।

Previous Post

दैनिक २० जनाको जाँदै अकालमा ज्यान

Next Post

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

Next Post
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

September 11, 2026
हाम्रो समाजको दुर्दशाको कारण

हाम्रो समाजको दुर्दशाको कारण

September 11, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

दैनिक २० जनाको जाँदै अकालमा ज्यान

September 11, 2026
बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

बाँकेका निजी विद्यालयले विपद्मा गरे ६५ लाख रुपैयाँ सहयोग

September 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version