For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

byDainik Nepalgunj
August 31, 2026
in विचार
0 0
0
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
Share on FacebookShare on Twitter

भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ ।

अचानक आएको यो बाढीले एउटा गम्भीर प्रश्न पनि उब्जाएको छ– यति ठूलो विपद्को पूर्वसूचना किन आउन सकेन ? आगामी दिनमा भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम कति छ ? बाढीका कारण बनेका ताल अझै फुट्ने अवस्थामा छन् कि छैनन् ? र यस्ता विपद्बाट भविष्यमा नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ ? प्रस्तुत छ, यिनै विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीसँग राससकर्मी प्रगति ढकालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

– गत बुधबार हामीले नसोचेको त्यति ठूलो विनाशकारी बाढी आयो । त्यसलाई कतिले हिमजन्य सुनामी पनि भनेर व्याख्या गरेका छन् । बाढी आनुअघि पूर्वसङ्केत अलिकति पनि पाउनुभएन ?

अब यसको पूर्वसङ्केत हामीले पाएनौँ । मुख्यतः पूर्वसङ्केत पाउनको लागि त्यहाँ जडान गरेका उपकरणहरूले हामीलाई सूचना दिनुपर्ने हुन्छ । रसुवाको सीमा नजिकै एक किलोमिटर जति मात्रै तल स्वचालित जलमापन केन्द्र राखेका थियौँ । बेत्रावतीमा त्यस्तै सेन्सरहरू राखेका थिए । पूर्वसङ्केत दिने ती सेन्सरहरू राखेको स्थानभन्दा पनि धेरै अग्लो स्थानसम्म बाढी आयो । सामान्यतया १० मिटर जति माथि सेन्सरहरू जडान गर्छौँ । जुन १०० वर्षको रिटर्न पिरियडको फ्लड भन्छौँ । १०० वर्षमा फर्किन सक्ने बाढीका लागि ती उपकरणहरू राखिएका हुन्छन् तर यसपटक ती सबै उपकरणहरू एकैचोटी बगाएको अवस्था भयो र हामीले पनि कुनै सूचना पाउन सकेनौँ ।

ताल फुट्दै गर्दाको सूचना लिनको लागि हामीसँग कि त त्यो ठाउँमा सिसी क्यामेरा अथवा केही ‘रियल टाइममा मनिटरिङ’मा हुनुपर्छ । कि त कुनै पनि भूकम्पको कम्पन मापन भएको सूचनाको आधारमा हामीले निर्णय लिनुपर्छ । अब हामीलाई भूकम्पसम्बन्धी सूचनाको पनि ‘रियल टाइम एक्सेस’ थिएन । फेरि भूकम्पको कम्पन मापन हुँदैमा सबै हिमपहिरो जान्छन् भन्ने पनि छैन । निर्णय लिन अलि कति कठिन छ । भविष्यमा त्योतर्फ काम गर्न सकिन्छ कि भन्ने छ । बाढी जाँदाको अवस्थामा हामीहरूसँग भएको संयन्त्र सबै फेल भयो । एकातिर हाम्रा जलमापन केन्द्र यति ठूलो बाढीका लागि थिएन भन्ने प्रमाणित भएको छ । सीमा नदीमा बाढी मापन गर्ने चीनतर्फ कुनै सेन्सर थियो वा थिएन, त्यो जानकारीमा छैन । उहाँहरूबाट सूचना प्राप्त हुन सकेन । अथवा थियो भने पनि त्यो पनि सुरुमै बगाएको हुनसक्छ किनकि चीनतर्फ पनि ठूलो मानवीय क्षति भएको छ ।

– अघिल्लो वर्ष पनि हिमताल फुटेर भोटेकोशीमा बाढी गयो । त्यसबेला नेपाल–चीन सीमाक्षेत्रमा भएको जलवायुजन्य विपद्सम्बन्धी पूर्वसूचना आदानप्रदान गर्ने भनेर सहमति भएको होइन र ?

त्यो सहमति औपचारिक सहमति भएको पनि छैन । खाली हामी वार्ताको टेबलमा बस्यौँ र छलफल ग¥यौँ । अब हामी यो दिशामा जानुपर्छ भन्ने सहमति भने भयो । अब हामी तथ्याङ्क आदानप्रदानमा पुग्नुपर्छ । त्योभन्दा अगाडि तथ्याङ्क सङ्कलनमै काम गर्नुपर्छ । संयुक्त अनुसन्धान हुनुपर्छ । त्यो क्षेत्रमा अध्ययन अनुसन्धान गरेर कहाँ–कहाँ जोखिम छ, कहाँ–कहाँ सेन्सरहरू राख्ने भन्ने कुरा सबै एकिन नगरिकन हामी तथ्याङ्क आदानप्रदानमा पुग्न सक्दैनौँ । हामीलाई जानकारी भएसम्म तिब्बतको यो क्षेत्रमा र नेपालकै पनि क्षेत्रमा, बोर्डर सीमाको क्षेत्रमा त्यस किसिमको तथ्याङ्क आदानप्रदानमा गर्नका लागि तथ्याङ्क सङ्कलन अथवा तथ्याङ्क सर्भेक्षण प्रणाली नै थिएन ।

मलाई लाग्छ कि चीन सरकारसँग तथ्याङ्क हुन्थ्यो भने हामीलाई प्राप्त हुन सक्थ्यो । अब त्यो तथ्याङ्क उहाँहरूसँग थियो भने चीनले पनि आफ्नो क्षेत्रको जनसङ्ख्यालाई जोगाउन सक्थ्यो नि । त्यसकारण चीनलाई दोष दिने ठाउँ छैन । तर भविष्यमा नेपाल र चीनले संयुक्त रूपमा कसरी यो किसिमको सर्भेक्षण संयन्त्रलाई विस्तार गर्ने, सिसी क्यामेरालगायत जडानलाई विस्तार गर्ने र त्यसको ‘रियल टाइम एक्सेस’ नेपाललाई पनि दिने, ताकि भोलिका दिनमा हामी त्यस्तै विपद् हुँदा समयमै पत्ता पाउन सकौँ र हाम्रा नागरिकलाई जोगाउन सकौँ भन्ने विषयमा कूटनीतिक पहल गर्न आवश्यक छ ।

– हामीले अझै केही समय अगाडि नै पूर्वसूचना दिन सकेको भए क्षति कम गर्न सकिन्थ्यो कि ? अथवा समयमै सूचना पाएर पनि केही मानिसले त्यसलाई गम्भीर रूपमा नलिँदा क्षति बढेको हो ? यो घटनालाई तपाईंहरूले कसरी हेर्नुभएको छ ?

त्यसमा दुवै विषय सत्य छन् । पहिलो, हामीले पूर्वसूचना दिएकै स्थानमा पनि बेत्रावती वा सोभन्दा तल क्षति हुन पुग्यो । सूचना पाउँदापाउँदै पनि किन क्षति भयो त भन्दा नागरिकले यो यति ठूलो बाढी हो भनेर आँकलन गर्न सक्नुभएन । एकातिर हामीले पनि यति ठूलो बाढी भनेर सूचनामा राखेका थिएनौँ । हाम्रो सूचनामा ‘धेरै ठूलो बाढी छ, सुरक्षित ठाउँमा, अग्लो स्थानमा जाऔँ’ मात्रै भनेका थियौँ तर नागरिकलाई यो बाढी यति ठूलो छ र यसले गाउँबस्ती नै सखाप पार्छ भन्ने लागेन । बाढी त हरेक वर्षजसो आइराखेकै हुन्छ, त्योभन्दा अलि ठूलो होला भन्ने मात्रै सोच्नुभयो जस्तो देखिन्छ ।

अर्कोतर्फ, जति नागरिकले ठूलो बाढी हुनसक्छ भन्ने आकलन गर्नुभयो र आफूलाई सुरक्षित गर्न अग्लो ठाउँमा जानुभयो, उहाँहरू जोगिनुभएको छ । त्यसकारण यसमा नागरिकको केही हेलचेक्र्याइँ पनि मिश्रित छ । यदि हामीसँग योभन्दा केही अगाडि नै सूचना दिनसक्ने अवस्था रहन्थ्यो भने केही बढी नागरिकलाई सुरक्षित गर्न सकिन्थ्यो होला । तर यसको आकलन गर्न नसकेको अवस्था हेर्दा त्यति धेरै नागरिकलाई पहिले नै सूचना दिएको भए पनि जोगाउन सकिने अवस्था थिएनजस्तो देखिन्छ किनभने खासगरी बेत्रावती र विदुरलगायत क्षेत्रमा नागरिकहरूले थाहा पाउँदापाउँदै पनि घर छोडेर नहिँडेको थुप्रै ठाउँ देखियो ।

बाढी बेत्रावती आइपुग्नु अगाडि नै हाम्रो सूचना पुगेको थियो र पनि मानवीय क्षति भयो । त्यहाँ क्षति भएपछि भने तल्लो क्षेत्रका नागरिकहरूले अब सतर्क भएर मात्रै पुग्ने रहेनछ, जोगिनका लागि पहाडै चढ्नुपर्ने रहेछ भन्ने महसुस गर्नुभयो । त्यसपछि धेरै नागरिक घर छोडेर पहाडतिर उक्लिनुभयो र उहाँहरू ज्यान जोगाउन सफल हुनुभयो । केही अगाडि सूचना दिन सकेको भए केही बढी नागरिकलाई जोगाउन सकिन्थ्यो, अवश्य पनि हो । तर पूर्ण रूपमा जोगाउन सक्ने अवस्था रहेनछ, किनकी नागरिकले पनि बाढीको वास्तविक जोखिमलाई त्यति आकलन गर्न सक्नुभएन ।

– यसपटकको बाढीबाट हामीले सिकेको मुख्य पाठ के हो नि ?

अब यसबाट हामीले सिकेको विषय भनेको कुनै पनि विपद्को पूर्वसूचनालाई बेवास्था गर्न नहुने पाठ सिकियो । नागरिकले त्यो सानो होस् वा ठूलो बाढी, आफूलाई सुरक्षित ठाउँमा लैजानैपर्छ किनभने सानै बाढीमा पनि सुरक्षित ठाउँमा पुग्दा हामीलाई केही क्षति हुँदैन तर ठूलो बाढी आएको रहेछ भने त क्षतिबाट जोगिन सक्यौँ नि । त्यसकारण भविष्यमा हामीले जारी गर्ने कुनै पनि सूचना वा माथिल्लो क्षेत्रबाट नागरिकहरूले पठाउने कुनै पनि सूचनालाई नजरअन्दाज नगरौँ । त्यो सूचनामा अति ठूलो बाढी पनि भनिएको हुनसक्छ या नभनिएको पनि हुन सक्छ ।

बाढी आउँदै छ भन्ने सूचना पाउनेबित्तिकै नागरिक नजिकैको अग्लो भूभागतिर जान पहाडी क्षेत्रमा त केही मिनेटको समय मात्रै काफी छ । यो सिकाइ भोटेकोशी बाढीबाट भएको छ । सोही नदीमा र अन्य नदीहरूमा पनि उत्तिकै जोखिमका क्षेत्रहरू छन् । त्यसकारण भविष्यमा देशैभरका हिमाली क्षेत्रबाट बग्ने जति पनि नदीहरू छन्, ती सबै नदीका छेउछाउ बस्ने बासिन्दाहरूले आफूलाई नजिकैको अग्लो सुरक्षित स्थानमा पु¥याउनका लागि अगाडि नै तयारी गर्नुपर्छ ।

–अझै पनि जोखिम कायमै छ । हिमताल थुनिएको छ र जुनसुकै बेला फुट्नसक्ने जोखिम रहेको बताइएको छ । त्यस्तै साना–साना पहिरो खसेर खोलासमेत थुनिएको अवस्थामा अबको जोखिम कत्तिको देख्नुहुन्छ ?

अहिलेसम्मको सूचनामा दुईवटा ताल बनेको खबर छ । ती दुईवटा तालमध्ये तल्लो ताल आंशिक रूपमा शनिबार राति खुलेको भनेर सूचना आएको छ । त्यसले गर्दा आइतबार बिहानपख करिब तीन मिटर जतिको बाढी हामीले धादिङको गल्छीमा मापन गरेका छौँ । हामीले त्यहाँ नयाँ केन्द्र सञ्चालनमा ल्याएका छौँ । जुन पुल बगाएको थिएन, त्यो पुलमा जलमापन केन्द्र राखिएको छ । त्यसकारण त्यो तीन मिटरको बाढी ठूलै बाढी हो । तर पनि गत बुधबारको बाढीभन्दा सानो थियो र प्रभावित क्षेत्रबाहिर रहेकाले क्षति हुने किसिमको बाढी थिएन ।
अहिले पनि त्यहाँ एउटा ताल पूर्णतया बाँकी नै छ र त्यो ताल फुट्नसक्ने जोखिममा पनि छ भनिएको छ । त्यसकारण हामीले तल्लो क्षेत्रका नागरिकलाई सजग गराइराख्ने छौँ । त्यो ताल जोखिममा छैन भन्ने अवस्था नहुँदासम्म तलका उद्धार तथा राहतका कार्यक्रमहरूलाई पनि सतर्कतासहित गर्नुपर्ने खाँचो छ ।

– त्यो तालको जोखिम न्यूनीकरण गर्न तत्काल केही उपाय गर्न सकिँदैन ?

अहिले तत्काल स्थलगत केही काम गर्न जोखिम नै छ । थप पहिरोहरू खस्न सक्छन् र त्यहाँ जो कामका लागि जानुहुन्छ, उहाँहरू आफैँ जोखिममा पर्ने समस्या छ । भविष्यमा त्यो ताल नफुट्दै हामीले त्यस ताललाई कसरी खोलेर पानी निकास दिन सक्छौँ र जोखिम कम गर्न सक्छौँ भन्ने सोच्ने विषय भए पनि तत्कालका लागि चाहिँ त्यो ताल फुट्यो भने पूर्वसूचना दिने र मानिस जोगाउने विकल्प मात्रै बाँकी छ ।

– कतिपय ठाउँका नागरिकहरू अहिले पनि बाहिरै बस्नुभएको छ । अब उहाँहरू आफ्नो बस्ती सुरक्षित भयो भनेर ढुक्कका साथ कहिलेदेखि घर फर्केर बस्न सक्ने अवस्था आउला ?

जुन बस्ती यो बाढीले डुबायो, बगायो, ती ठाउँमा अब कहिल्यै पनि सुरक्षित छैन । त्यो कुरा चाहिँ स्पष्ट हो । अब बस्ती सग्लो भए पनि पूर्वसूचनामा अद्यावधिक हुँदै बस्न सकिन्छ, नसकिने त होइन । तर पनि त्यहाँ नबस्नका लागि हामी सिफारिस गर्छौं किनभने गत बुधबारको भन्दा ठूलो बाढी जाने सम्भावना पनि छ । जुन बाढी हामीले अहिलेसम्मकै ठूलो बाढी भनेर देख्यौँ, योभन्दा ठूलो बाढी पनि सम्भव छ, किनकि ठूला हिमतालहरू अझै पनि उपल्लो क्षेत्रमा छन् । योभन्दा ठूलो हिमपहिरोहरू जानसक्ने सम्भावनाहरू पनि हामी आकलन गर्न सक्छौँ ।

अब नागरिकले तत्कालका लागि अर्को व्यवस्था नहुँदासम्म सोही क्षेत्रमा बस्नुपर्ने बाध्यताका बीच पूर्वसूचना लिँदै बस्नुपर्ने एउटा आवश्यकता देखिन्छ भने दीर्घकालीन रूपमा उहाँहरूले आफ्नो बासस्थान परिवर्तन गर्नुप¥यो, सुरक्षित ठाउँमा स्थानान्तरण हुनुप¥यो । यो त्यहाँको मात्रै लागि होइन, देशैभरि जति पनि खोलाका छेउछाउ, नदीका छेउछाउका त्यस्ता बस्तीहरू छन्, ती सबैले सोच्नुपर्ने अवस्था छ । ती बस्तीहरूलाई कसरी स्थानान्तरण गर्ने, कहाँ स्थानान्तरण गर्ने र खासगरी विपन्नता भएका थुप्रै नागरिक खोलाका छेउछाउ बसोबास गर्नुहुन्छ, उहाँहरूलाई नयाँ ठाउँमा बसोबासका लागि राज्यले कसरी सहयोग गर्ने ? राज्यले पनि सोच्नुपर्छ ।

हामीले पूर्वसूचना प्रणालीलाई केही विस्तार र विकास गर्नेछौँ किनभने बस्तीहरूलाई हामी त्यहाँबाट बाहिर निकाल्न सकौँला, तर जलविद्युत् आयोजना, सिँचाइ आयोजना, सडक, पुलहरू सबै त खोलाकै आसपास हुन्छन् । त्यसैले यात्रा गर्ने यात्रीहरू, आयोजनामा काम गर्ने कामदारहरू, सुरक्षा निकायका व्यक्तिहरू, सबैलाई सुरक्षित गर्नका लागि पूर्वसूचना त फेरि चाहिन्छ नै । नागरिक पनि कृषि कर्म वा अन्य विभिन्न काममा खोलाको छेउछाउ त हुनुहुन्छ ।

भविष्यमा बस्तीहरूलाई स्थानान्तरण गर्न सकियो भने त्यसले भौतिक र मानवीय दुवै क्षति कम गर्न सहयोग पु¥याउँछ । बाढीको घटना पछाडिको अत्यन्तै महत्त्वपूर्ण सिकाइ यो पनि हो । यो सिकाइ हामीले विगतका घटनाहरूबाट पनि सिक्दै आएका हौँ, तर यो अझ ठूलो विपद् हुँदै गर्दा अझ हामी सुरक्षित ठाउँमा जानुपर्छ भन्ने सिकाइ चाहिँ भएको छ ।

– जलमापन केन्द्रहरू बगेपछि अहिले पूर्वसूचना सङ्कलन गर्न कत्तिको चुनौती थपिएको छ नि ?

एकदमै चुनौतीपूर्ण छ । त्यही चुनौतीका बीच हामीले सीमा क्षेत्रमा सीसी क्यामेरा राखेर अहिले तत्कालका लागि काम गर्ने प्रयास गरिरहेका छौँ । आइतबार पनि एउटा टोली सीसी क्यामेरा जडानको सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ गइसकेको पनि छ । अहिले हामी कम्तीमा दुईवटा राख्न सक्छौँ कि भन्ने योजना छ । त्यो भयो भने हामी दिनरात यहाँ कन्ट्रोल रुममा बसेर सीसी क्यामेरामार्फत प्राप्त तस्बिरहरू अध्ययन गर्दै सूचना दिन सक्नेछौँ । तत्कालै हामी नदीमा पानीको बहाव नाप्ने स्वचालित उपकरण राख्न सक्ने अवस्थामा छैनौँ । त्यहाँ भएका पुलहरू सबै बगाएका छन् । सबै दलदल छ, हिलो छ र त्यहाँ गएर पुनः अर्को केन्द्र राख्नसक्ने अवस्था चाहिँ देखिँदैन ।

– अन्त्यमा भोटेकोशी बाढी प्रभावित नागरिकहरूलाई के भन्न चाहनुहुन्छ ?

भोटेकोशी बाढी प्रभावित नागरिकहरूलाई हामी उच्च मनोबलका साथ रहन, कुनै पनि बाढीसम्बन्धी, पहिरोसम्बन्धी अथवा विपद्सम्बन्धी कुनै पनि सूचनासँग अद्यावधिक रहन अनुरोध छ । कतिपय सूचना हामीले जारी नगर्ने तर घटना घट्ने पनि हुन सक्छन् । त्यसैले त्यहाँका स्थानीय नागरिकले त्यो खबर पाउनेबित्तिकै तल्लो क्षेत्रमा रहनुहुनेहरूले प्रवाह गरिदिन पनि अनुरोध गर्दछौँ । हामी सबै मिलेर यो विपद्सँग जुध्न कोसिस ग¥यौँ भने जनधनको क्षति कम गर्न सकिन्छ ।

Previous Post

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, राहत तथा उद्धारमा जुट्न निर्देशन

Next Post

विपद्को घडीमा ‘दौडिन्छिन् हजुरआमा’ स्थगित

Next Post
विपद्को घडीमा ‘दौडिन्छिन् हजुरआमा’ स्थगित

विपद्को घडीमा ‘दौडिन्छिन् हजुरआमा’ स्थगित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version