For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

सिक्टा सिँचाइ आयोजना : ५१ प्रतिशत भौतिक प्रगति

byDainik Nepalgunj
September 14, 2026
in News, मुख्य समाचार
0 0
0
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
Share on FacebookShare on Twitter

बाँके जिल्लाका ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा वर्षैभरि भरपर्दो सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित अघि बढाइएको सिक्टा सिँचाइ आयोजनाले निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढिरहेको आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ भने करिब २४ अर्ब ३३ करोड रूपैयाँ खर्च भइसकेको छ ।
बाँके जिल्लाको कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आर्थिक समृद्धिमा योगदान पु¥याउने उद्देश्यले आ.व. २०६१÷६२ मा स्थापना भएको सिक्टा सिँचाइ आयोजनालाई नेपाल सरकारले आ.व. २०६८÷६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरेको थियो ।

राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण गरिएको ३ सय १७ मिटर लामो ब्यारेजसहितको हेडवक्र्स आयोजनाको मुख्य संरचना हो । सो हेडवक्र्सबाट पूर्वी तथा पश्चिमी मूल नहरसहित शाखा, उपशाखा र प्रशाखा नहर प्रणाली निर्माण भइरहेको छ ।

आयोजनाको मुख्य उद्देश्य अगैयास्थित राप्ती नदीमा पक्की बाँध निर्माण गरी नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ, जानकी, खजुरा, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाअन्तर्गतका कृषियोग्य भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउनु हो ।

आयोजनाले राप्ती नदीको पश्चिमतर्फको करिब ३३ हजार ७६६ हेक्टर र पूर्वतर्फको करिब ९ हजार हेक्टर गरी कुल ४२ हजार ७ सय ६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ।

५२ अर्ब ८९ करोडको लागत
आयोजनाको प्रारम्भिक गुरुयोजना नेपाल सरकारबाट २०६४ मंसिर ३ गते स्वीकृत भएको थियो । प्रारम्भिक गुरुयोजनाअनुसार तीन चरणमा आयोजना सम्पन्न गर्ने परिकल्पना गरिएको थियो । पहिलो र दोस्रो चरणका लागि मात्रै १२ अर्ब ८० करोड रूपैयाँ लागत अनुमान गरिएको थियो ।

पछि राप्ती नदीको पूर्वी भागमा थप करिब ९ हजार हेक्टर कमाण्ड क्षेत्र समेट्ने गरी पूर्वी मूल नहर निर्माण तथा अन्य संरचनासमेत थप गरिएपछि आयोजनाको लागत र कार्यक्षेत्र विस्तार भएको हो । आ.व. २०७१÷७२ मा आयोजनाको संशोधित गुरुयोजना स्वीकृत गरी लागत करिब २५ अर्ब २ करोड रूपैयाँ पु¥याइएको थियो ।

विभिन्न कारणले तोकिएको समयमा आयोजना सम्पन्न हुन नसकेपछि गुरुयोजना पटक–पटक अद्यावधिक हुँदै आएको छ। आ.व. २०७८÷७९ मा निर्माण सम्पन्न गर्न बाँकी कार्य, लागत तथा आयोजनाको समग्र प्रगतिका आधारमा पुनः मूल्यांकन गरी ५२ अर्ब ८९ करोड रूपैयाँ लागतको संशोधित गुरुयोजना स्वीकृत गरिएको हो । उक्त लागत आ.व. २०८२÷८३ मा समेत अद्यावधिक गरिएको छ ।

स्वीकृत गुरुयोजनाअनुसार आयोजना आ.व. २०८९÷९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर सरकारको पछिल्लो निर्देशनअनुसार आयोजनालाई आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी खरिद गुरुयोजना अद्यावधिक गर्ने प्रक्रिया अघि आयोजना निर्देशक राजु आचार्यले जानकारी दिए । बजेट र जनशक्तिको अभाव नहुने हो भने अबको पाँच वर्षभित्र आयोजनाका सबै पूर्वाधार निर्माण सम्पन्न हुने उनले बताए ।

आयोजनाले हालसम्म करिब २४ अर्ब ३३ करोड रूपैयाँ खर्च गरिसकेको छ । निर्माण सम्पन्न भएका नहर, नहर संरचना तथा विभिन्न लिफ्ट सिँचाइ प्रणालीमार्फत हाल करिब २५ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुगिरहेको आयोजनाले जनाएको छ ।

सतह सिँचाइका लागि मूल तथा शाखा नहर प्रणाली निर्माणसँगै आयोजनाले सिंचित क्षेत्र बचावट, जलस्रोत संरक्षण, वातावरण संरक्षण, सामाजिक सरोकार, मुआब्जा तथा संस्थागत विकासका कामलाई समेत अघि बढाएको छ ।

आयोजनाअन्तर्गत शाखा तथा प्रशाखा नहर निर्माणको काम धमाधम भइरहेको छ । निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान गरिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ । पश्चिम मूल नहरका सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर पनि सम्पन्न हुने चरणमा छन् भने डुडुवा शाखा नहर निर्माणाधीन छ ।

सिंचित क्षेत्र बचावटमा पनि काम

आयोजनाले नयाँ सिँचाइ संरचना निर्माणसँगै पहिलेबाट सिँचाइ भइरहेको क्षेत्रलाई नदी कटान तथा बाढीबाट जोगाउने कामसमेत गर्दै आएको छ ।

सिंचित क्षेत्र बचावट कार्यक्रमअन्तर्गत कुल १ सय २५ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्नेमा हालसम्म ३८.५ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । टिकुलीपुर, रानीघाट, जामुने खोला, सुतैया खोला, जेठी नाला, दुई खोलीलगायत विभिन्न स्थानमा सिंचित क्षेत्र बचाउका कार्य सञ्चालन भएका छन् ।

नहर तथा अन्य संरचना निर्माणका लागि हालसम्म १ सय ८६ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाले आफ्नो मूल संरचना निर्माणबाहेक सामाजिक तथा वातावरणीय दायित्वअन्तर्गत विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएको बार्षिक पुुस्तिका २०८३ मा उल्लेख छ । सामाजिक सरोकारअन्तर्गत परुवा बाँध निर्माण गरिएको छ । जलस्रोत संरक्षणका लागि थारुठन्हवा, डल्लीचौर, डहर चण्डी र डौना जलाशय निर्माण भएका छन् ।

त्यसैगरी, परम्परागत सिँचाइ प्रणालीको संरक्षण र पुनरुत्थानका लागि ठुरे तथा राजकुलोको मर्मत तथा पुनरुत्थान गरिएको छ । यी कार्यबाट करिब २०० हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ ।

सतह सिँचाइ प्रणालीसँगै आयोजनाले पानीको पहुँच सहज नभएका क्षेत्रमा लिफ्ट सिँचाइ प्रणालीसमेत निर्माण गरेको छ । कचनापुर, बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ प्रणाली निर्माण गरी करिब १५० हेक्टर कृषियोग्य भूमिमा थप सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

आयोजनाले नहर प्रणाली, लिफ्ट सिँचाइ, जलाशय, तटबन्ध तथा सिंचित क्षेत्र बचाउका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउँदै आएको छ ।

गत आर्थिक बर्ष २०८२÷०८३ को अन्त्यसम्म उक्त बर्षको भौतिक प्रगति ९६.८१% वित्तीय प्रगति ८९.९५% भएको छ । गत आ.व.मा आयोजना अन्तर्गत खर्च १ अर्ब ४१ करोड ६२ लाख ७५ हजार भएको आयोजनाको बार्षिक पुस्तिकामा उल्लेख गरिएको छ ।

आयोजनाका दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक परेको समयमा बालीमा सिँचाइ गर्न नपाएको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताएका छन् । सिंचाई पुगेपछि उत्पादन वृद्धि भएको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का किसान चुर्ण थारु बताउँछन् । ‘सिक्टा सिँचाइ आयोजनाको नहर नहुँदा १० कठ्ठा क्षेत्रफल जग्गाबाट उत्पादित वालीले १२ महिना भरी हाम्रो परिवारलाई खान पुग्दैन्थ्यो । धान र गहुँ वेसाएर खान पर्दथ्यो । तर आयोजनाको नहरबाट सिँचाइ भएर त्यही १० कठ्ठा जमिनमा उत्पादन भएको वालीले हाम्रो परिवारलाई वर्षभरी नै खान पुग्दछ र केही मात्रामा उत्पादन बिक्री पनि गर्दछौं,’ उनी भन्छन् ।

आयोजना सुरुदेखि हालसम्म के–के भए ?

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा सञ्चालित सिँचाइ विकास आयोजनाअन्तर्गत हालसम्म विभिन्न महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य सम्पन्न भएका छन् । आयोजनाले मूलबाँध, नहर, तटबन्ध, जलाशय तथा लिफ्ट सिँचाइ प्रणाली निर्माणमार्फत कृषि क्षेत्रका लागि सिँचाइ सुविधा विस्तारमा योगदान पु¥याउँदै आएको छ ।

आयोजनाअन्तर्गत राप्ती नदीमा पुलसहित ३१७ मिटर लामो ब्यारेज निर्माण सम्पन्न भएको छ । मूलबाँधको दायाँतर्फ ६२.५ क्युमेक्स बहाव क्षमता भएको हेड रेगुलेटर तथा डिसिल्टिङ बेसिन निर्माण गरिएको छ भने बायाँतर्फ १४.५ क्युमेक्स बहाव क्षमता भएको फ्लसिङ च्यानल निर्माण गरिएको छ । यसैगरी १ हजार ४५० मिटर लामो फ्लसिङ च्यानल समेत निर्माण सम्पन्न भएको छ ।

मूलबाँधको दायाँतर्फ कमाण्ड क्षेत्रसम्म ५० क्युमेक्स क्षमताको ४५.२५ किलोमिटर लामो मूल नहर निर्माण भएको छ । त्यस्तै, बायाँतर्फ १४.५ क्युमेक्स क्षमता भएको पूर्वी मूल नहरको ५३.५ किलोमिटरमध्ये चैनेज ३७+६७५ सम्मको निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत कुल ४०५.५९ किलोमिटर शाखा, उपशाखा तथा प्रशाखा नहर निर्माण गर्नुपर्नेमा हालसम्म १५०.५९ किलोमिटर नहर निर्माण भइसकेको छ । यसबाट आयोजनाको कमाण्ड क्षेत्रका कृषकलाई सिँचाइ सुविधा विस्तारमा सहयोग पुगेको छ ।

त्यसैगरी, सिंचित क्षेत्र बचावट कार्यक्रमअन्तर्गत कुल १२५ किलोमिटरमध्ये हालसम्म ३८.५ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । नहर तथा अन्य संरचना निर्माणका लागि हालसम्म १८६ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

आयोजनाले सामाजिक सरोकार र जलस्रोत संरक्षणका क्षेत्रमा समेत विभिन्न काम अघि बढाएको छ । सामाजिक सरोकारअन्तर्गत परुवा बाँध निर्माण गरिएको छ भने जलस्रोत संरक्षणका लागि थारुठन्हवा, डल्लीचौर, डहर चण्डी र डौना जलाशय निर्माण भएका छन् ।

पारम्परिक सिँचाइ प्रणालीको संरक्षण तथा पुनरुत्थानअन्तर्गत ठुरे तथा राजकुलोको मर्मत तथा पुनरुत्थान गरिएको छ । यी कार्यबाट करिब २०० हेक्टर क्षेत्रमा थप सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ । साथै टिकुलीपुर, रानीघाट, जामुने खोला, सुतैया खोला, जेठी नाला र दुई खोलीलगायत विभिन्न स्थानमा सिंचित क्षेत्र बचाउका कार्यसमेत सञ्चालन गरिएको छ ।

यसैगरी कचनापुर, बालापुर र ढकेरीमा लिफ्ट सिँचाइ प्रणाली निर्माण गरी कृषिका लागि थप १५० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

Previous Post

आज हरितालिका तीज

Next Post

मनाइयो तीज

Next Post
मनाइयो तीज

मनाइयो तीज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रुपमा ल्याइएका कुखुराका चल्ला बरामद

अबैध रुपमा ल्याइएका कुखुराका चल्ला बरामद

September 14, 2026
मनाइयो तीज

मनाइयो तीज

September 14, 2026
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

सिक्टा सिँचाइ आयोजना : ५१ प्रतिशत भौतिक प्रगति

September 14, 2026
असारमै तीज गीत

आज हरितालिका तीज

September 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version