For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एआइलाई सिकाइँदै थारुभाषा

byDainik Nepalgunj
September 26, 2026
in News, मुख्य समाचार
0 0
0
एआइलाई सिकाइँदै थारुभाषा
Share on FacebookShare on Twitter

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा एम.टेक विद्यार्थीका १० परियोजना हस्तान्तरण

सजल गैरे

लुम्बिनी प्राविधिक विश्वविद्यालयका प्रविधिमा स्नातकोत्तर (एम.टेक) विद्यार्थीले कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउनेदेखि वडा कार्यालयको सेवा डिजिटल बनाउनेसम्मका प्रविधिमा आधारित परियोजना तयार पारेका छन् । विद्यार्थीले तयार पारेका यस्ता १० वटा परियोजना सम्बन्धित सरकारी, गैरसरकारी तथा निजी संस्थालाई हस्तान्तरण गरिएको हो ।

विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानअन्तर्गत एम.टेक कम्प्युटर साइन्स र एम.टेक इन्फर्मेसन टेक्नोलोजीका दोस्रो सेमेस्टरका विद्यार्थीले विभिन्न संस्थाको आवश्यकता र समस्या पहिचान गरी परियोजना विकास गरेका हुन् । उनीहरूले परियोजना विकास विषयअन्तर्गत तयार पारेका प्रणाली तथा प्रोजेक्ट शुक्रवार औपचारिक कार्यक्रममा सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिलाई बुझाएका हुन् ।

एम.टेक कम्प्युटर साइन्स र एम.टेक इन्फर्मेसन टेक्नोलोजीमा ६० बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी परियोजना निर्माण गराइएको थियो । त्यसमध्ये १० समूहले आ–आफ्नो परियोजनाअनुसार तयार पारेका प्रणाली सम्बन्धित निकायलाई हस्तान्तरण गरेका हुन् ।

परियोजनाको मुख्य उद्देश्य विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई वास्तविक समस्या र संस्थागत आवश्यकतामा प्रयोग गर्नु रहेको विश्वविद्यालयले जनाएको छ । सरकारी, गैरसरकारी तथा निजी संस्थाका आवश्यकता पहिचान गरी त्यसलाई सम्बोधन गर्ने गरी डिजिटल प्रणाली तथा सूचना प्रविधिमा आधारित समाधान विकास गरिएको हो ।

यिनै परियोजनामध्ये थारू भाषामा पाठ उत्पादन गर्ने वेबमा आधारित प्राकृतिक भाषा प्रशोधन प्रणाली पनि विद्यार्थीले तयार पारेका छन् । उक्त परियोजनाले कृत्रिम बुद्धिमत्तालाई थारू भाषा सिकाउने र थारू भाषामै पाठ सिर्जना गर्न सक्ने प्रणाली विकास गर्ने प्रयास गरेको छ ।

परियोजना समूहका अनुसार, अहिले प्रयोगमा रहेका अधिकांश कृत्रिम बुद्धिमत्तामा आधारित उपकरण र भाषिक नमुनामा थारू भाषाको स्रोत तथा समर्थन सीमित छ । यही अवस्थालाई ध्यानमा राखेर थारू भाषालाई एआई प्रणालीमा समेट्ने उद्देश्यले परियोजना अघि बढाइएको हो ।

परियोजनामा थारू भाषाभित्र रहेको भाषिक तथा क्षेत्रगत विविधतालाई पनि समेटिएको छ । राना थारूलगायतका भाषिक प्रयोगलाई समेत अध्ययनको विषय बनाइएको विद्यार्थीहरूले बताएका छन् ।

थारू भाषाका पर्याप्त डिजिटल स्रोत र भाषिक तथ्यांक उपलब्ध नहुँदा प्रणाली विकासको काम अपेक्षाभन्दा केही ढिलो भइरहेको उनीहरूको भनाइ छ । उपलब्ध स्रोतलाई संकलन र प्रशोधन गर्ने काम भइरहेको छ । लोरा प्रविधिमार्फत क्वेन मोडललाई थारू भाषामा अनुकूलन गर्ने कामसमेत भइरहेको विद्यार्थीहरूले बताएका छन् ।

प्रणालीको भाषिक शुद्धता र प्रयोगयोग्यता परीक्षणका लागि थारू भाषा जान्ने व्यक्तिबाट मूल्यांकन र स्तर निर्धारण लिने तयारीसमेत गरिएको छ । ‘यसबाट प्रणालीले उत्पादन गर्ने पाठ थारू भाषाको प्रयोग र भाषिक संरचनासँग कत्तिको मेल खान्छ भन्ने परीक्षण गरिनेछ,’ कार्यक्रममा विद्यार्थीले भने ।

विद्यार्थीले तयार पारेको अर्को परियोजना स्मार्ट वडा सूचना तथा नागरिक सहभागिता प्रणाली हो । वडा कार्यालयमा हुने कागजी काम घटाउने र सेवा तथा सूचनालाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको हो ।

उक्त परियोजना विकास गर्ने विद्यार्थी समूह परीक्षणका लागि नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर ३ मै पुगेको थियो । समूहका लिडर ब्रिजेस बैश्यका अनुसार, वडामा सेवा प्रवाहका क्रममा देखिएका समस्या र नागरिकका आवश्यकतालाई पहिचान गरेर प्रणालीको अवधारणा तयार पारिएको हो ।

’वडा कार्यालयमै पुगेर आवश्यक जानकारी तथा समस्या पहिचान गरेपछि त्यसलाई सम्बोधन गर्ने गरी प्रणाली विकास गरिएको हो,’ बैश्यले बताए ।

उनका अनुसार, वडा कार्यालयमा हुने कागजी कामलाई सकेसम्म कम गर्ने र सेवासँग सम्बन्धित सूचना डिजिटल माध्यमबाट व्यवस्थित गर्ने प्रणालीको लक्ष्य रहेको छ । त्यसका लागि कार्यालयको काम गर्ने प्रक्रिया र सेवाग्राहीका आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझेर प्रणाली तयार पारिएको उनले बताए ।

विद्यार्थीका अन्य परियोजनामा क्यूआर कोडमा आधारित रेस्टुरेन्ट अर्डर प्रणाली पनि रहेको छ । ग्राहकले क्यूआर कोडमार्फत रेस्टुरेन्टका सेवा तथा खाद्य सामग्री हेरेर अर्डर गर्न सक्ने अवधारणामा प्रणाली विकास गरिएको हो ।

त्यस्तै, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली, नतिजा व्यवस्थापन प्रणाली, आधुनिक व्यवस्थापन प्रणाली, डिजिटल नागरिक वडापत्र प्रणाली र किसान सदस्यता कार्ड प्रणालीलगायतका परियोजना पनि विद्यार्थीले निर्माण गरेका छन् । यी प्रणालीले सम्बन्धित संस्थाका प्रशासनिक तथा सेवामूलक कामलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयले विद्यार्थीलाई परियोजना तयार पार्दा सम्बन्धित संस्थासँग प्रत्यक्ष जोडिने अवसरसमेत दिएको थियो । त्यसका लागि असोज ७ गते विद्यार्थीलाई सम्बन्धित संस्थासँग आबद्ध गराउँदै ’संस्था–सम्बद्ध परियोजना समन्वय सत्र’ आयोजना गरिएको थियो । त्यसपछि विद्यार्थीले सम्बन्धित संस्थाको आवश्यकता, समस्या र काम गर्ने प्रक्रियाबारे जानकारी लिएर परियोजनालाई अन्तिम रूप दिएका हुन् ।

प्राप्त जानकारी अनुसार, केही परियोजनाको सम्बन्धित संस्थामै पुगेर परीक्षणसमेत गरिएको थियो । यसले कक्षामा तयार गरिएको प्रणालीलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दा देखिने समस्या पहिचान गर्न विद्यार्थीलाई सहयोग पुगेको विश्वविद्यालयले जनाएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका निमित्त प्रमुख, डीन डा. निरज केसीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी वास्तविक समस्या समाधानमा प्रविधिको प्रयोग गर्न सक्ने बनाउने उद्देश्यले यस्ता परियोजा अघि बढाइएको बताए ।

’कक्षाकोठादेखि वास्तविक संसारका डिजिटल समाधानसम्म’ भन्ने अवधारणाअनुसार विद्यार्थीलाई वास्तविक संस्था तथा समुदायका समस्या पहिचान गरी त्यसका लागि प्रयोग गर्न सकिने डिजिटल समाधान विकासतर्फ जोड दिइएको डा. केसीले बताए । उनका अनुसार, कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक संसारका समस्यासँग जोडेर प्रयोग गर्नु परियोजनाको मुख्य उद्देश्य हो ।

यस्ता परियोजनामार्फत विद्यार्थीले समस्या पहिचानदेखि प्रणालीको डिजाइन र विकाससम्मको अभ्यास गरेका छन् । त्यसपछि प्रणाली परीक्षण, प्रयोगकर्ता मूल्यांकन र सम्बन्धित निकायसँग समन्वय गर्ने काम पनि उनीहरूले गरेका छन् ।

यसले एम.टेक तहको पाठ्यक्रममा हुने शैक्षिक अभ्यासलाई वास्तविक संस्थाका आवश्यकता र स्थानीय समस्यासँग जोडेको विश्वविद्यालयको भनाइ छ । ‘विद्यार्थीले तयार पारेका प्रणाली सम्बन्धित संस्थालाई हस्तान्तरण भएसँगै प्रविधि प्रयोगमार्फत सेवा तथा प्रशासनिक कामलाई व्यवस्थित गर्ने सम्भावनासमेत देखिएको छ,’ कार्यक्रममा सहभागीले भने ।

परियोजना हस्तान्तरण तथा समन्वय कार्यक्रम एम.टेक कम्प्युटर साइन्स र एम.टेक इन्फर्मेसन टेक्नोलोजी कार्यक्रम संयोजक सहायक प्राध्यापक प्रकाश गुप्ताको समन्वयमा आयोजना भएको हो ।

Previous Post

बर्षाले जनजीवन प्रभावित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एआइलाई सिकाइँदै थारुभाषा

एआइलाई सिकाइँदै थारुभाषा

September 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

बर्षाले जनजीवन प्रभावित

September 26, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

किसानलाई सतर्क रहन आग्रह

September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी

फुटसल : पहिलो दिन तीन टोली विजयी

September 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version