एनसेलले बाँकेको कोहलपुरमा दशैंको शुभकामना आदान–प्रदानसँगै ‘एनसेल हिरो रिटेलर मिट’ आयोजना गरेको छ ।
शुभकामना आदान प्रदानसँगै त्यस क्षेत्रका रिटेलरलाई लक्षित गरी आयोजित कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवासँगै बिक्री प्रवद्र्धन र सुरक्षित सिम बिक्रीका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा सिम एक्टिभेसन गर्दा अपनाउनुपर्ने सावधानीलाई विशेष प्राथमिकता दिइएको थियो । अवैध तथा जोखिमपूर्ण गतिविधिबाट आफू र ग्राहकलाई सुरक्षित राख्ने उपायबारे पनि सहभागीलाई जानकारी दिइएको थियो । सेवा प्रवाह गर्दा जिम्मेवार र सुरक्षित अभ्यास अपनाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा एनसेल प्रदेश प्रमुख मनोज जोशीले रिटेलर मिटले व्यवसाय विस्तारसँगै ग्राहक सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताए । उनले सुरक्षित र जिम्मेवार रूपमा सिम बिक्री गर्न रिटेलरलाई थप जानकारी तथा मार्गदर्शन आवश्यक रहेको उल्लेख गरे ।

‘यस कार्यक्रमले एनसेल हिरो रिटेलरहरूलाई आफ्नो व्यवसाय विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा सुरक्षित र जिम्मेवार सिम बिक्रीका लागि थप प्रेरणा, जानकारी र मार्गदर्शन प्रदान गरेको छ’, कार्यक्रमका ५० बढी सहभागीलाई सम्बोधन गर्दै जोशीले भने ।
एनसेलका नयाँ सेवा तथा उत्पादनलाई ग्राहकसम्म प्रभावकारी रूपमा पु¥याउने विषयमा पनि कार्यक्रममा छलफल भयो । बिक्री बढाउने उपायसँगै रिटेलरले आफ्नो व्यवसाय विस्तार गरेर आम्दानी वृद्धि गर्न सक्ने अवसरबारे सहभागीबीच अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा देवप्रिय इन्टरनेसनलका सञ्चालक दीपेन्द्र बिष्ट पनि सहभागी थिए ।
यसैसाता, जोशीकै प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा एचबिकेका सञ्चालक हर्षविक्रम खड्काको पनि सहभागिता रहेको थियो ।
दशैंको अवसरमा आयोजित कार्यक्रमले रिटेलरबीच शुभकामना आदान–प्रदानसँगै व्यवसायिक विषयमा छलफल गर्ने अवसरसमेत दिएको आयोजकले जनाएको छ । ग्राहकको सेवा र सिम बिक्रीलाई सुरक्षित तथा जिम्मेवार बनाउनुपर्ने विषयलाई कार्यक्रममा जोड दिइएको थियो ।






























