For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

byDainik Nepalgunj
October 14, 2026
in News, मुख्य समाचार
0 0
0
सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग
Share on FacebookShare on Twitter

मिटर ब्याज, लघुवित्त तथा वित्तीय शोषणबाट पीडित किसान र मजदुरले सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् । बाँकेमा मात्रै करिब ७ सय र पश्चिम नेपालका पाँच जिल्लामा करिब २ हजार ७ सय व्यक्ति पीडित रहेको जनाउँदै उनीहरूले न्यायका लागि गरिएका सम्झौता कागजमै सीमित भएको गुनासो गरेका छन् ।

मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले मंगलवार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन् । पीडितका समस्या समाधान गर्ने प्रतिबद्धतासहित भएका सहमति कार्यान्वयनमा ढिलाइ हुँदा न्याय पाउने प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव दामोदर ढकालले दुवै आन्दोलन आर्थिक शोषणको अन्त्य र सामाजिक न्याय स्थापनाका लागि केन्द्रित रहेको बताए । पीडितले वर्षौंदेखि न्यायको माग गर्दै आए पनि सरकारले गरेका प्रतिबद्धता व्यवहारमा लागू नभएको उनको गुनासो छ ।

‘हामी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छौँ । सरकारसँग भएका सम्झौता कार्यान्वयनमा अब गम्भीर हुनुपर्छ’, ढकालले पत्रकारसँग भने । उनका अनुसार, जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बारा जिल्लाको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा सहमति गर्ने समझदारी भएको थियो । त्यसैअनुसार साउन १ गते काठमाडौंमा ९ बुँदे सहमति भएको थियो ।

उक्त सहमतिमा गृह मन्त्रालयले ३ महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन निर्माण गर्ने उल्लेख छ । प्रस्तावित व्यवस्थामा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन गर्ने, पीडितको सम्पत्ति फिर्ता गर्ने र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने विषय समेटिएका छन् । वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गर्ने तथा आपराधिक लाभ वा भ्रष्टाचारबाट प्राप्त रकम मिटरब्याजमा लगाउनेमाथि कडा कारबाही गर्ने व्यवस्था पनि सहमतिमा छ ।

नयाँ कानुनमा वास्तविकभन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई साँवामा जोड्ने, ऋणीलाई भर्पाई नदिने र बढी ब्याज असुल्ने कार्यलाई अपराध मान्ने भनिएको छ । ऋणीलाई धम्क्याउने, शारीरिक तथा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबर्जस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई समेत अपराधको दायरामा ल्याउने सहमति भएको ढकालले बताए ।

मिटरब्याजीमाथिको अनुसन्धानमा लिखतको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी र सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन फौजदारी कार्यविधिअनुसार गर्ने व्यवस्था पनि सहमतिमा छ । अदालतमा विचाराधीन मुद्दामा पीडितलाई न्याय दिलाउन कानुनी अड्चन फुकाउने विषयसमेत समेटिएको छ ।

पीडितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने सहमति भएको थियो । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीडितका ३ प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी ६ महिनाभित्र सबै उजुरी फछ्र्यौट गर्ने व्यवस्था पनि गरिएको थियो । यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने उल्लेख छ । ’सहमतिको विषय राजपत्रमा प्रकाशित गर्नेबाहेक अरु प्रगति भएको छैन’, ढकालले भने ।

त्यसैगरी, गत साउन २८ गते अर्थ मन्त्रालयका सचिव महेश आचार्यलगायत उच्चस्तरीय सरकारी टोली र लघुवित्त पीडितबीच ७ बुँदे सहमति भएको थियो । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र पीडितबीच भएको सम्झौतामा ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने र किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरपकड गर्नेजस्ता कार्य नियन्त्रण गर्ने विषय समेटिएका छन् । कानुनविपरीतका यस्ता गतिविधिमा कानुनी कारबाही गर्न निर्देशन दिने सहमति भएको थियो ।

लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीसँग सम्बन्धित समस्या समाधानका उपाय पहिचान गर्न उच्चस्तरीय लघुवित्त वित्तीय संस्थाका समस्या समाधान समिति गठन गर्न सिफारिस गर्ने सहमति पनि भएको थियो । तर, दुवै सम्झौतामा समेटिएका विषय कार्यान्वयन गर्न सरकारले आवश्यक पहल नगरेको ढकालको आरोप छ ।

मिटरब्याजमा चर्को ब्याज असुली, ऋणका नाममा आर्थिक शोषण र असुलीका क्रममा हुने विवाद पीडितका प्रमुख समस्या हुन् । लघुवित्त तथा अन्य वित्तीय संस्थाबाट ऋण लिएका कतिपय नागरिकले किस्ता तिर्न नसक्दा आर्थिक र सामाजिक दबाब खेप्नुपरेको गुनासो गर्दै आएका छन् ।

आन्दोलनरत पक्षले पीडितका उजुरीको निष्पक्ष छानबिन, प्रभावकारी सुनुवाइ र न्यायोचित समाधानको व्यवस्था गर्न माग गरेका छन् । आर्थिक रूपमा कमजोर किसान, मजदुर र विपन्न परिवारलाई वित्तीय शोषणले थप संकटमा पार्ने भएकाले यसलाई ऋण लेनदेनको विषयमा मात्रै सीमित नगरी सामाजिक न्याय र आर्थिक सुरक्षासँग जोडेर सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

आन्दोलनकारीका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा मिटर ब्याज, लघुवित्त तथा वित्तीय शोषणबाट पीडितको संख्या करिब २ हजार ७ सय छ । पीडितको वास्तविक अवस्था पहिचान, उजुरीको वर्गीकरण र समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ । कार्यक्रम मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल बाँकेका अध्यक्ष जितबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

Previous Post

दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

Next Post

जुवा खेल्ने १२ पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

जुवा खेल्ने १२ पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चार थान भरूवा बन्दुक बरामद

जंगलबाट पाँच थान भरुवा बन्दुक बरामद

October 14, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

जुवा खेल्ने १२ पक्राउ

October 14, 2026
सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

सहमति कार्यान्वयन गर्न मिटर ब्याज र लघुवित्त पीडितको माग

October 14, 2026
दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

दसैँ–तिहारमा बजार अनुगमन र यातायात भाडामा निगरानी

October 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version