For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी

byDainik Nepalgunj
October 19, 2026
in मुख्य समाचार
0 0
0
दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी
Share on FacebookShare on Twitter

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण आर्थिक वर्ष २०६८/६९ देखि सुरु भएको थियो । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत छ ।

विद्युत् उत्पादनसँगै सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ।

आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु गरिएको थियो। तर, निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत पुगेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर (सीडीई) भरत पाठकले जानकारी दिए।

मुख्य सिभिल संरचनाको निर्माणमा भएको ढिलाइका कारण त्यसको प्रभाव अन्य निर्माण प्याकेजमा समेत परेको र निर्धारित समयमै आयोजना सम्पन्न गर्न नसकिएको पाठकले बताए। उनका अनुसार अहिले बाँकी कामलाई समयमै सम्पन्न गर्न निर्माणको गति बढाइएको छ।

‘अब बाँकी काम २०८५ असारभित्र सम्पन्न हुने अनुमान छ,’ सीडीई पाठकले भने, ‘आयोजनाको बाँकी काम पूरा गर्न अझै दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ। त्यसअनुसार निर्माणको रफ्तार बढाइएको छ।’

आयोजना सम्पन्न भएपछि विद्युत् उत्पादनसँगै ठूलो क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।

निर्माणका पाँच प्याकेज 

भेरी–बबई डाइभर्सन आयोजनाको सबैभन्दा चुनौतीपूर्ण मानिएको १२.२० किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी निर्धारित समयभन्दा अगावै सुरुङ खनिएको थियो । तर, सुरुङ निर्माण सकिएपछिको दोस्रो चरणको काममा ढिलाइ हुँदा समग्र आयोजना प्रभावित भएको छ ।

आयोजना पाँचवटा मुख्य निर्माण प्याकेजमार्फत अघि बढाइएको छ । पहिलो प्याकेजमा सुरुङ निर्माण सम्पन्न भएको छ । दोस्रो प्याकेजमा बाँध, सर्ज साफ्ट, पेनस्टक र विद्युतगृहलगायत सिभिल संरचना निर्माण गर्नुपर्ने छ ।

तेस्रो प्याकेजमा हाइड्रोमेकानिकल र चौथो प्याकेजमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पर्छ ।

पाँचौँ प्याकेजअन्तर्गत उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण गरिनेछ ।

दोस्रो प्याकेजको काममा भएको ढिलाइले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडानको कामसमेत प्रभावित भएको छ ।

सिभिल संरचना तयार नहुँदा उपकरण जडान र परीक्षणका काम निर्धारित तालिकाअनुसार अघि बढाउन कठिनाइ भएको आयोजनाले जनाएको छ ।

बाँध र विद्युतगृह निर्माण अधुरै

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँधस्थल र विद्युतगृहका सिभिल संरचना निर्माणको जिम्मा ग्वाङडोङ युआन्तियान र रमन जेभीले लिएको छ । २०७६ साउन १३ गते सम्झौता गरी निर्माण अघि बढाएको यस प्याकेजको काममा अपेक्षित प्रगति हुन सकेको छैन ।

आयोजनाको विवरणअनुसार मुख्य बाँधका ६ वटा संरचनामध्ये दुईवटा सम्पन्न हुने चरणमा छन् । सेटलिङ बेसिनको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको छ । पेनस्टक पाइपका लागि एङ्कर ब्लक, विद्युतगृह र सर्ज साफ्ट निर्माणको काम जारी छ ।

सिभिल संरचना पूरा भएपछि मात्रै कतिपय उपकरण जडान र परीक्षणका काम सहज रूपमा अघि बढाउन सकिने भएकाले बाँकी निर्माण कार्यलाई एकैसाथ गति दिनुपर्ने चुनौती आयोजनासामु छ ।

हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम पनि बाँकी

तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल संरचना निर्माणको जिम्मा चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले लिएको छ । २०७८ मंसिर ६ गते सम्झौता गरिएको यस प्याकेजको लागत दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँ छ ।

सम्झौताअनुसार २०८१ पुस ४ गतेभित्र सम्पन्न हुनुपर्ने काममा ढिलाइ भएको छ । आयोजनाको विवरणअनुसार यस प्याकेजको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।

त्यस्तै, चौथो प्याकेजअन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि जारी छ । चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले जिम्मा लिएको यस प्याकेजको लागत तीन अर्ब २८ करोड रुपैयाँ छ । यसको भौतिक प्रगति ५५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

यस प्याकेजअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेनको उत्पादन कार्य सम्पन्न भएको छ । अब ती उपकरण आयोजनास्थलमा जडान गर्नुपर्नेछ ।

उपकरण जडानसँगै परीक्षण र सञ्चालनको तयारीसमेत गर्नुपर्ने भएकाले सिभिल संरचना निर्माणको प्रगतिले आयोजनाको समग्र सम्पन्नतामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

प्रसारण लाइन निर्माण अर्को चुनौती

आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पाँचौँ प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यसका लागि हात्तीखालस्थित विद्युतगृहदेखि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म करिब एक हजार ७०० मिटर लामो प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन् । तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र ६ वटा मध्यवर्ती क्षेत्रमा पर्ने विवरण सार्वजनिक भएको छ । प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रक्रिया अघि बढाइएको थियो । प्रसारण लाइन निर्माणको प्रक्रिया पूरा नभएसम्म आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्ने काम पनि प्रभावित हुने छ ।

५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइको लक्ष्य

भेरी–बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । यसबाट कृषि उत्पादन र उत्पादकत्व बढाउनुका साथै किसानलाई वर्षायाममा मात्रै निर्भर रहनुपर्ने अवस्थाबाट मुक्त गर्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११ चिप्लेमा भेरी नदीमा बाँध निर्माण गरी पानीलाई सुरुङमार्फत बबई नदीमा खसालिनेछ । आयोजनाको योजनाअनुसार ११४ मिटर लामो ब्यारेज, १५८ मिटर लामो डिसेन्डिङ बेसिन र ४.२ मिटर व्यासको १२.२० किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी स्थानान्तरण गरिनेछ ।

हात्तीखालस्थित विद्युतगृहबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसरी आयोजना सिँचाइ र विद्युत् उत्पादन दुवै उद्देश्य पूरा गर्ने गरी निर्माण भइरहेको छ ।

आयोजनाको अद्यावधिक गुरुयोजनाअनुसार कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

आयोजना सम्पन्न भएपछि विद्युत् उत्पादनबाट वार्षिक चार अर्ब तीन करोड रुपैयाँ र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधाबाट तीन अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक लाभ प्राप्त हुने लक्ष्य राखिएको छ ।

दुवै क्षेत्रबाट वार्षिक कुल सात अर्ब १३ करोड रुपैयाँ बराबरको लाभ प्राप्त हुने आयोजनाको अनुमान छ ।

भेरी–बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि सिँचाइ सुविधाको विस्तार, कृषि उत्पादन वृद्धि र विद्युत् उत्पादनमार्फत अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा छ । तर, लामो समयदेखि जारी निर्माणमा ढिलाइ हुँदा आयोजनाबाट अपेक्षित लाभ लिन अझै पर्खनुपर्ने अवस्था छ ।

आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान र प्रसारण लाइन निर्माणको काम पूरा हुन बाँकी छ । यी सबै संरचना तयार भएपछि मात्रै आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिनेछ ।

आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा गर्न निर्माण व्यवसायीको कार्यसम्पादन, बाँकी संरचनाको निर्माण, उपकरण जडान र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ ।

अन्यथा, निर्माण अवधि लम्बिँदा आयोजनाबाट अपेक्षित सिँचाइ र विद्युत् उत्पादनको लाभ प्राप्त गर्ने समयसमेत पछि धकेलिनेछ ।

(अनलाइनखबर का लागि पत्रकार हेमन्त केसीको यो समाचार बाँके बर्दियाका लागि निकै महत्व राख्ने भएकाले साभार गरिएको छ ।)

Previous Post

बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण

Next Post

आफ्नै देश फर्किँदा पनि सास्ती

Next Post
आफ्नै देश फर्किँदा पनि सास्ती

आफ्नै देश फर्किँदा पनि सास्ती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

October 19, 2026
मुशायरासँगै कोपिला र आचार्य सम्मानित

मुशायरासँगै कोपिला र आचार्य सम्मानित

October 19, 2026
आफ्नै देश फर्किँदा पनि सास्ती

आफ्नै देश फर्किँदा पनि सास्ती

October 19, 2026
दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी

दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी

October 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version