जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।
आज बिहान करिब ०५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ ।
घाइतेहरूको विवरणः
१. जिल्ला बाँके, जानकी गाउँपालिका–५ बस्ने वर्ष २८ का शिवप्रसाद चमार अवस्था मध्यम।
२. ऐ.ऐ. बस्ने वर्ष २२ का रामदिन हरिजन अवस्था मध्यम।
३. ऐ.ऐ. बस्ने वर्ष २४ का प्रेम धोबी अवस्था सामान्य।
Nabil bank
४. ऐ.ऐ. बस्ने वर्ष २९ का दिलीपकुमार यादव अवस्था सामान्य।
५. ऐ.ऐ. बस्ने वर्ष ३५ का लक्ष्मीराम यादव अवस्था सामान्य।
६. भारत, जिल्ला बहराइच, कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद अवस्था सामान्य।
७. ऐ.ऐ. बस्ने वर्ष २४ का नशिव कुमार निषाद अवस्था सामान्य।
८. ऐ.ऐ. बस्ने वर्ष २५ का विनोद कुमार निषाद, अवस्था सामान्य।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर के.सी.को कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ०८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
बिहान ०८:४५ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।






























