For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

काम एक वर्षमा, भुक्तानी अर्को वर्ष

byDainik Nepalgunj
November 1, 2026
in News
0 0
0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर
Share on FacebookShare on Twitter

बाँकेका विभिन्न स्थानीय तहमा आर्थिक वर्ष समाप्त भएपछि पनि अघिल्लो वर्षका योजनाको भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणपछि सार्वजनिक गरेको प्रतिवेदनले स्थानीय तहहरूमा विगत वर्षको दायित्व व्यवस्थापन, बजेट कार्यान्वयन र भुक्तानी प्रक्रियामा कमजोरी रहेको औँल्याएको हो ।

प्रतिवेदनअनुसार कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ, जानकी र राप्तीसोनारी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षका योजना तथा कार्यक्रमको भुक्तानी अर्को आर्थिक वर्षमा गरेका छन् । कतिपय स्थानीय तहले पुराना योजनाको भुक्तानी गर्दा आवश्यक प्रमाण कागजातसमेत व्यवस्थित नराखेको पाइएको छ । यसले दोहोरो भुक्तानी, बढी भुक्तानी तथा खर्चको औचित्य पुष्टि गर्न कठिनाइ हुने जोखिम बढाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पाँच स्थानीय तहमध्ये कोहलपुर नगरपालिकामा अघिल्लो आर्थिक वर्षका बिल तथा प्रमाण कागजातका आधारमा सबैभन्दा ठूलो रकम भुक्तानी भएको देखिएको छ । नगरपालिकाले ३ सय १४ पटकको कारोबारमार्फत ९ करोड ४४ लाख ५९ हजार रूपैयाँ भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाको सूत्र प्रणालीमा रहेको खर्च विवरण परीक्षण गर्दा विभिन्न बजेट कम्पोनेन्ट तथा शीर्षकअन्तर्गत अघिल्लो आर्थिक वर्षका बिल र प्रमाण कागजात संलग्न गरी उक्त रकम भुक्तानी गरिएको पाइएको हो । तर पुँजीगततर्फको भुक्तानीमा गत वर्षका प्रमाण कागजातसँगै खर्च पुष्टि गर्ने दर विश्लेषणलगायत आवश्यक कागजात संलग्न नगरिएको प्रतिवेदनले औँल्याएको छ ।
केही योजनाको सम्झौता छोटो समयावधि राखेर गरिने र तोकिएको समयमा काम सम्पन्न नभए पनि भुक्तानी बाँकी रहने गरेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएको कामको भुक्तानी पछिल्लो आर्थिक वर्षमा गर्दा खर्चको औचित्य पुष्टि गर्ने प्रमाणको अभाव हुन सक्ने जोखिम रहेको महालेखाको निष्कर्ष छ । नगरपालिकाले बजेट तथा कार्यक्रममा समावेश गरेर भुक्तानी गरेको भए पनि सम्बन्धित आर्थिक वर्षमै भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पनि अघिल्लो आर्थिक वर्षको भुक्तानी दायित्व ठूलो देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तमा बजेट रोक्का भएको कारण देखाउँदै भुक्तानी दिन बाँकी रहेको विवरण प्रमाणित गरिएको र उक्त रकम आर्थिक वर्ष २०८१÷०८२ मा भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ । उपमहानगरपालिकाले चालुतर्फ १८ वटा भौचरमार्फत ९९ लाख ८ हजार रूपैयाँ र पुँजीगततर्फ २३ वटा योजनामा १ करोड ६७ लाख ९० हजार रूपैयाँ भुक्तानी गरेको छ । यसरी कुल २ करोड ६६ लाख ९८ हजार रूपैयाँ अघिल्लो आर्थिक वर्षको भुक्तानीका रूपमा गएको देखिन्छ । तर भुक्तानी दिन बाँकी रहेका योजनाको लागत अनुमान, दर विश्लेषणलगायतका प्रमाण कागजात व्यवस्थित रूपमा नराखिएको महालेखाले जनाएको छ । कतिपय पुराना योजनाको भुक्तानी गर्दा भुक्तानी बाँकीको कच्चावारी मात्र संलग्न गरिएको पाइएको छ ।

स्रोत सुनिश्चितता प्राप्त गरी खरिद व्यवस्थापन गरिएका योजनाको निर्माण कार्यको भुक्तानी गर्न पुग्ने गरी बजेट विनियोजन नभएको कारण भुक्तानी बाँकी रकम बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । यसले योजना कार्यान्वयनमा प्रतिकूल असर पार्नुका साथै आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुने र पछिल्लो समयमा खर्च पुष्टि गर्न समस्या उत्पन्न हुने जोखिम रहेको महालेखाको ठहर छ ।
बैजनाथ गाउँपालिकाले पनि विगत वर्षका योजनाको भुक्तानी गर्दा आवश्यक प्रक्रिया र कागजात व्यवस्थापनमा कमजोरी गरेको पाइएको छ । गाउँपालिकाले अघिल्लो वर्षको भुक्तानी बाँकी विवरण महालेप फाराम नं. २२१ तयार गरी प्रमाणित गरेको देखिएको छैन । भुक्तानी बाँकीको दायित्व विवरणमा रकम समावेश गरेको भए पनि समयमै भुक्तानी गर्न नसक्नुको कारण र भुक्तानी दिन बाँकीको विवरण संलग्न नगरिएको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले विगत वर्षको भुक्तानी गर्दा सम्झौता, लागत अनुमान, दर विश्लेषण, अघिल्लो भुक्तानीको अवस्था देखाउने योजनागत खाता लगायतका प्रमाण कागजात व्यवस्थित रूपमा श्रेस्तासाथ राखेको देखिएन । आवश्यक नापजाँचका आधारमा कार्यसम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिकाले ४७ लाख ८० हजार ९०० रूपैयाँ भुक्तानी गरेको महालेखाले जनाएको छ ।
योजनागत खाता नराखी रनिङ बिलका आधारमा भुक्तानी गर्दा एउटै काममा दोहोरो भुक्तानी हुने वा वास्तविक कामभन्दा बढी रकम भुक्तानी हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ । सम्झौताअनुसार काम समयमै सम्पन्न गराउने र एक आर्थिक वर्षको कामको दायित्व अर्को आर्थिक वर्षमा सर्न नदिने व्यवस्था गर्न गाउँपालिकालाई सुझाव दिइएको छ ।

राप्तीसोनारी गाउँपालिकामा पनि बैजनाथकै जस्तै समस्या देखिएको छ । गाउँपालिकाले विगत वर्षको भुक्तानी बाँकी विवरण महालेप फाराम नं. २२१ तयार गरी प्रमाणित गरेको देखिएको छैन । दायित्व विवरणमा रकम समावेश गरे पनि समयमै भुक्तानी गर्न नसक्नुको कारण र भुक्तानी दिन बाँकीको विवरण संलग्न नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले अघिल्लो वर्षका योजनाको भुक्तानी गर्दा सम्झौता, लागत अनुमान, दर विश्लेषण तथा विगतमा भएको भुक्तानीको स्थिति देखाउने योजनागत खाता लगायतका प्रमाण कागजात व्यवस्थित रूपमा राखेको पाइएन । उपभोक्ता समितिले पेस गरेको नापजाँचअनुसारको परिमाणका आधारमा कार्यसम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिकाले ६१ लाख ९३ हजार ९७१ रूपैयाँ भुक्तानी गरेको छ । योजनागत खाता नराखी रनिङ बिलका आधारमा भुक्तानी गर्दा दोहोरो तथा बढी भुक्तानी हुन सक्ने जोखिम रहेको महालेखाले औँल्याएको छ । सम्झौताअनुसारको काम समयमै सम्पन्न गराउने र आगामी आर्थिक वर्षमा दायित्व सिर्जना नहुने गरी भुक्तानी व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

यता जानकी गाउँपालिकाले पनि अघिल्लो आर्थिक वर्षका बिल तथा प्रमाण कागजातका आधारमा ८३ लाख ३८ हजार ९६६ रूपैयाँ भुक्तानी गरेको छ ।
नमुना छनोट गरी गरिएको लेखापरीक्षणमा गत आर्थिक वर्षका बिल तथा प्रमाण कागजात संलग्न गरेर भुक्तानी गरिएको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले बजेट तथा कार्यक्रममा समावेश गरेर भुक्तानी गरेको भए पनि सम्बन्धित प्रयोजनको भुक्तानी सम्बन्धित आर्थिक वर्षमै गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ९ (घ) मा बहुवर्षीय खरिद र विशेष परिस्थितिबाट सिर्जना भएको दायित्वमध्ये आगामी वर्ष भुक्तानी गर्नुपर्ने बाँकी रकमसमेत समावेश गरेर बजेट निर्माण गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (२) ले चालु आर्थिक वर्षको बजेटले नखाम्ने र बढी खर्च हुने गरी दायित्व सिर्जना गर्न नहुने व्यवस्था गरेको छ । नियमावलीको नियम ३९ (१३) अनुसार चालु वर्षको बजेटले नखामेको खर्च व्यहोर्नुपर्ने उचित आधार र पर्याप्त कारण भएमा बिल भरपाईका आधारमा आगामी वर्ष भुक्तानी दिने गरी भुक्तानी दिन बाँकीको विवरण तयार गर्नुपर्छ । यस्तो विवरण आर्थिक वर्ष समाप्त भएको सात दिनभित्र कोष तथा लेखा नियन्त्रक कार्यालय वा आन्तरिक लेखापरीक्षकबाट स्वीकृत गराई राख्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, नियमावलीको नियम २१ (३) मा आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गर्दा सो वर्षमा खर्च हुने प्रतिबद्धताको रकम बजेटमा विनियोजन गरिसकेपछि मात्र अन्य कार्यक्रममा बजेट प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । तर बाँकेका स्थानीय तहमा पुराना योजनाको भुक्तानी गर्दा आवश्यक विवरण प्रमाणित गर्ने, खर्च पुष्टि गर्ने कागजात सुरक्षित राख्ने र सम्बन्धित आर्थिक वर्षमै भुक्तानी गर्ने व्यवस्थामा कमजोरी देखिएको महालेखाले औंल्याएको छ ।

Previous Post

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

Next Post

सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

Next Post
सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

November 1, 2026
सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

सरकारले सबैतिर निराश मात्र बनायो : उपेन्द्र यादव

November 1, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

काम एक वर्षमा, भुक्तानी अर्को वर्ष

November 1, 2026
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

November 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version