For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लक्ष्मीको डिजिटल आगमन

byDainik Nepalgunj
November 9, 2026
in Blog, Education, मुख्य समाचार
0 0
0
लक्ष्मीको डिजिटल आगमन
Share on FacebookShare on Twitter

कथा
                                                     -सनत रेग्मी
त्यो वर्ष तिहार अलि अनौठो थियो। घरघरमा झिलिमिली बत्ती बलिरहेका थिए। झ्यालढोकामा सयपत्री र मखमलीका माला झुन्डिएका थिए। तर मानिसहरूका आँखा भने आँगनमा होइन, मोबाइलको स्क्रिनमा थिए। देउसीभैलोको भाका युट्युबमा बजिरहेको थियो। लक्ष्मीपूजाका सामग्री अनलाइन अर्डर भइरहेका थिए। घरको मूलढोकामा रंगोली बनाउने हातभन्दा फेसबुकमा तस्बिर पोस्ट गर्ने औँलाहरू बढी सक्रिय थिए।लक्ष्मीलाई स्वागत गर्न मानिसहरूले यसपालि घरमात्र होइन, आफ्नो वाइफाइको पासवर्डसमेत फेरेका थिए।आकाशमा बसेर पृथ्वी नियालिरहेकी लक्ष्मीले मुस्कुराउँदै भनिन्, “यसपालि त मेरा भक्तहरू निकै आधुनिक भएछन्। अब म पनि पुरानो कमलको फूलमा चढेर होइन, कुनै डिजिटल वाहनमा आउनुपर्ला!”छेउमै बसेका नारदले वीणा बजाउँदै भने, “माताजी, पृथ्वीमा अहिले सबै कुरा डिजिटल भइसकेको छ। मानिसको प्रेम डिजिटल, मित्रता डिजिटल, व्यापार डिजिटल, दान डिजिटल, यहाँसम्म कि धर्म पनि डिजिटल। तपाईंले पनि एउटा एप खोल्नुपर्छ।””एप?””हो नि! लक्ष्मी एप। जहाँबाट भक्तहरूले तपाईंलाई सिधै आमन्त्रण गर्न सकून्।

“लक्ष्मीले हाँस्दै भनिन्, “तर मलाई बोलाउने घरको ढोका त खुला हुनुपर्छ नि!”
लक्ष्मीले हाँस्दै भनिन्, “तर मलाई बोलाउने घरको ढोका त खुला हुनुपर्छ नि!”
नारदले जवाफ दिए, “ढोका बन्द भए पनि हुन्छ माताजी, डिजिटल संसारमा पासवर्ड भए पुग्छ!”
त्यसैबेला यमलोकबाट एउटा विशेष सन्देश आयो। यमराजले लक्ष्मीलाई तिहारको निमन्त्रणा पठाएका रहेछन्। सन्देशमा लेखिएको थियो— ‘यसपालि पृथ्वीको भ्रमण गर्दा मानिसको समृद्धि मात्र होइन, उसको विवेकको अवस्थासमेत निरीक्षण गरियोस्।’

लक्ष्मीले त्यो सन्देश पढिन् र आफ्ना पुराना चार परिचित पात्रलाई सम्झिन्— काग, कुकुर, गाई र यमराज।
“यसपालि तिहारमा हामी चारैजना पृथ्वी जाऔँ,” उनले प्रस्ताव गरिन्।
१. कागको खबर
तिहारको पहिलो दिन काग पृथ्वीमा आइपुग्यो। पहिले ऊ घरघरको छानामा बसेर काँवकाँव गर्दै मानिसलाई खबर सुनाउँथ्यो। यसपालि भने ऊ एउटा अग्लो मोबाइल टावरमा गएर बस्यो।

उसले देख्यो— मानिसहरू बिहान उठ्नेबित्तिकै एकअर्काको अनुहार हेर्दैनन्, मोबाइल हेर्छन्। आमाले छोरालाई बोलाउँदा छोरो कानमा इयरफोन लगाएर बस्छ। बाबुले छोरीसँग कुरा गर्न खोज्दा छोरी अनलाइन संसारमा हराएकी हुन्छे। एउटै घरमा बसेका मानिसहरू अलगअलग डिजिटल टापुमा बसिरहेका छन्।

कागले एउटा बालकलाई सोध्यो, “बाबु, तिमीलाई थाहा छ, आज काग तिहार हो?”
बालकले मोबाइलबाट आँखा नउठाई भन्यो, “थाहा छ। आज कागको फोटो हाल्ने दिन हो।”
“मलाई किन पूजा गर्छौ?”

“तिमीलाई पूजा गरे समाचार आउँछ रे!”
कागले लामो सुस्केरा हाल्यो।
“समाचार त म पनि ल्याउँछु बाबु, तर तिमीहरू त समाचार पढेर पनि सत्य चिन्दैनौ। झूटलाई सत्य र सत्यलाई झूट बनाउने कला सिकिसकेछौ।”
उसले आफ्नो चुच्चोले मोबाइलको स्क्रिनमा टकटक गर्‍यो। अचानक संसारभरिका सामाजिक सञ्जालमा एउटा सन्देश फैलियो—
‘सूचना धेरै भएर मात्र मानिस ज्ञानी हुँदैन। सत्य छुट्याउन सक्ने विवेक पनि चाहिन्छ।’
तर मानिसहरूले त्यो सन्देशलाई पनि एउटा रमाइलो पोस्टसमझेर लाइक गरे

२. कुकुरको निष्ठा
दोस्रो दिन कुकुर पृथ्वीमा आयो। उसको घाँटीमा सुनौलो माला थियो। घरघरमा उसको पूजा भइरहेको थियो। कसैले सेलरोटी खुवाइरहेको थियो, कसैले मिठाई।
एउटा महँगो बंगलाको मूलढोकामा पुगेपछि उसले देख्यो— घरको मालिकले आफ्नो कुकुरलाई महँगो विदेशी खाना खुवाइरहेको थियो। तर ढोकाबाहिर बसेको भोकाएको मानिसलाई भने सुरक्षा गार्डले धपाइरहेको थियो।
कुकुरले मालिकलाई भन्यो, “मलाई तिमीले किन यति धेरै माया गर्छौ?”
मालिकले भन्यो, “किनकि तिमी मेरो सबैभन्दा विश्वासिलो साथी हौ।”

कुकुरले सोध्यो, “त्यसो भए ढोकाबाहिर उभिएको त्यो भोकाएको मानिस तिम्रो साथी होइन?”
मालिक झर्कियो, “त्यो मेरो विषय होइन।”
कुकुरले आफ्नो पुव्छरहल्लाउडे
कुकुरले आफ्नो पुच्छर हल्लाउन छाड्यो।
“म त पशु भएर पनि मालिकको दुःखमा साथ दिन्छु। तिमी मानिस भएर पनि अर्को मानिसको दुःख देख्न सक्दैनौ। मेरो निष्ठालाई पूजा गर्छौ, तर आफ्नो व्यवहारमा निष्ठा राख्दैनौ!”
यति भनेर कुकुर मूलढोकाबाट बाहिर निस्कियो।
उसले बाटोमा भेटेका सडकका कुकुरहरूलाई भन्यो, “आज हाम्रो पूजा भइरहेको छ। तर भोलि फेरि हामीलाई ढुङ्गा हानिनेछ। मानिसको पूजा र व्यवहारबीच ठूलो दूरी रहेछ।”

३. गाईको मौन प्रश्न
तेस्रो दिन गाईको पूजा थियो। गाईलाई लक्ष्मीको प्रतीक मान्ने परम्परा छ। घरघरमा गाईलाई माला लगाइयो, निधारमा टीका लगाइयो, मीठो घाँस र रोटी खुवाइयो।
एउटी वृद्ध गाई एउटा आधुनिक सहरको सडकमा उभिएकी थिई। उसको आँखामा गहिरो उदासी थियो।
एउटा बालिकाले उसको निधारमा टीका लगाउँदै सोधी, “गाईआमा, आज तिमी खुसी छ्यौ?”

    कुकुरले आफ्नो पुच्छर हल्लाउन छाड्यो।
“म त पशु भएर पनि मालिकको दुःखमा साथ दिन्छु। तिमी मानिस भएर पनि अर्को मानिसको दुःख देख्न सक्दैनौ। मेरो निष्ठालाई पूजा गर्छौ, तर आफ्नो व्यवहारमा निष्ठा राख्दैनौ!”
यति भनेर कुकुर मूलढोकाबाट बाहिर निस्कियो।

उसले बाटोमा भेटेका सडकका कुकुरहरूलाई भन्यो, “आज हाम्रो पूजा भइरहेको छ। तर भोलि फेरि हामीलाई ढुङ्गा हानिनेछ। मानिसको पूजा र व्यवहारबीच ठूलो दूरी रहेछ।”
३. गाईको मौन प्रश्न
तेस्रो दिन गाईको पूजा थियो। गाईलाई लक्ष्मीको प्रतीक मान्ने परम्परा छ। घरघरमा गाईलाई माला लगाइयो, निधारमा टीका लगाइयो, मीठो घाँस र रोटी खुवाइयो।
एउटी वृद्ध गाई एउटा आधुनिक सहरको सडकमा उभिएकी थिई। उसको आँखामा गहिरो उदासी थियो।

एउटा बालिकाले उसको निधारमा टीका लगाउँदै सोधी, “गाईआमा, आज तिमी खुसी छ्यौ।
गाईले भनिन्, “आज म खुसी छु छोरी। आज मानिसहरूले मलाई आमा भन्छन्। तर मलाई एउटा कुरा बुझाइदेऊ— हिजो र अस्ति मलाई सडकबाट लखेट्ने, प्लास्टिक खान बाध्य पार्ने, दूध सकिएपछि बूढी भनेर छाडिदिने मानिसहरू आज मलाई किन यति धेरै माया गर्छन्?”
बालिका निरुत्तर भई।

गाईले फेरि भनी, “लक्ष्मीलाई घरमा भित्र्याउनुअघि मानिसले आफ्नै घरअगाडिको फोहोर हटाउनुपर्छ। मलाई पूजा गरेर मात्र हुँदैन, मेरो बाच्ने अधिकार पनि स्वीकार गर्नुपर्छ।”
बालिकाले गाईको घाँटीमा हात राखी।
त्यो स्पर्शमा कुनै मन्त्र थिएन, कुनै अनुष्ठान थिएन, केवल करुणा थियो।
४. यमराजको डिजिटल अभिलेख
लक्ष्मीपूजाको रात थियो।
घरघरमा दीप प्रज्वलित थिए। मानिसहरू ढोकाबाट भित्र लक्ष्मीका पाइला बनाइरहेका थिए। कतै शंख बजिरहेको थियो, कतै आरती। कतै पटाका पड्किरहेका थिए।
त्यसैबेला आकाशमा एउटा अनौठो दृश्य देखियो। कालो बादलभित्रबाट एउटा विशाल डिजिटल पर्दा प्रकट भयो। त्यसमा यमराजको अनुहार देखियो।

उनले घोषणा गरे—
“पृथ्वीका मानिसहरू हो! आज म मृत्युको देवता भएर होइन, समयको साक्षी भएर आएको छु। तिमीहरूले मलाई वर्षमा एकपटक सम्झन्छौ। तर म तिमीहरूलाई हरेक क्षण सम्झिरहेको हुन्छु।”
मानिसहरूका मोबाइलमा एकैपटक एउटा सूचना आयो—

यमलोकको विशेष सूचना : मानव जीवनको लेखाजोखा सुरु हुँदैछ।
यमराजको हातमा चित्रगुप्तको पुरानो बही थिएन। एउटा विशाल डिजिटल ट्याब्लेट थियो। त्यसमा प्रत्येक मानिसको कर्मको विवरण थियो।
कसले कति धन कमायो भन्ने मात्र होइन, कसले कति मानिसलाई ठग्यो, कसले कति झूट फैलायो, कसले कति निर्दोषको आँसु बगायो, कसले कति असहायलाई सहयोग गर्‍यो— सबै लेखिएको थियो।

एउटा धनी व्यापारीले गर्वका साथ सोध्यो, “यमराज! मेरो बैंक खातामा करोडौँ रुपैयाँ छ। मेरो घरमा लक्ष्मीको पूजा भव्य रूपमा भइरहेको छ। मेरो भाग्य कस्तो छ?”
यमराजले स्क्रिनमा हेरेर भने, “तिम्रो बैंक खातामा धन प्रशस्त छ, तर तिम्रो मानवीय खातामा ऋण धेरै छ।”
अर्को मानिसले सोध्यो, “मेरो हजारौँ फलोअर छन्। म समाजमा प्रसिद्ध छु।”
यमराजले भने, “तिम्रो पछाडि हजारौँ मानिस छन्, तर दुःख पर्दा तिम्रो साथमा कोही छैन।”

एउटी वृद्धाले हात जोडेर सोधिन्, “महाराज, मसँग धन छैन। मैले जीवनभरि अरूको दुःखमा साथ दिएँ। मेरो हिसाब के छ?”
यमराजको अनुहार उज्यालो भयो।

“तिम्रो नाम चित्रगुप्तको बहीमा होइन, मानिसहरूको हृदयमा लेखिएको छ। त्यही सबैभन्दा ठूलो सम्पत्ति हो।”
५. लक्ष्मीको वास्तविक खोज
५. लक्ष्मीको वास्तविक खोज
यमराजको घोषणापछि लक्ष्मी पृथ्वीमा अवतरित भइन्।

उनी कुनै सुनको रथमा थिइनन्। न कमलको फूलमा थिइन्। उनी एउटा सामान्य वृद्ध महिलाको रूप लिएर एउटा सानो घरको ढोकामा पुगिन्।
घरमा धन थिएन। झिलिमिली बत्ती थिएन। महँगा सजावट थिएनन्। तर घरकी बुहारीले वृद्ध सासूलाई खाना खुवाइरहेकी थिई। एउटा बालकले सडकबाट ल्याएको घाइते कुकुरको घाउ सफा गरिरहेको थियो। घरको कुनामा वृद्ध बाबुले एउटा भोको कागलाई भात दिइरहेका थिए। आँगनमा गाईलाई स्नेहपूर्वक घाँस खुवाइँदै थियो।
लक्ष्मी केही क्षण त्यहीँ उभिइन्।
उनले ढोकामा बनाइएका आफ्ना पाइला हेरिन्। ती पाइलाहरू साना थिए, तर तिनमा प्रेमको ठूलो संसार थियो।

उनले घरकी बुहारीलाई सोधिन्, “छोरी, तिमीले आज लक्ष्मीपूजा गरिनौ?”उनले घरकी बुहारीलाई सोधिन्, “छोरी, तिमीले आज लक्ष्मीपूजा गरिनौ?”
बुहारीले मुस्कुराउँदै भनी, “गर्‍यौँ आमा। तर लक्ष्मीलाई त हामीले पूजा गरेर मात्र हुँदैन, व्यवहारमा पनि राख्नुपर्छ भन्ने लाग्छ।”
लक्ष्मीको आँखामा चमक आयो।

“त्यसो भए तिमीलाई लक्ष्मी भनेको के हो भन्ने थाहा रहेछ?”
बुहारीले उत्तर दिई, “लक्ष्मी भनेको धन मात्र होइन आमा। घरमा अन्न हुनु, मनमा शान्ति हुनु, सम्बन्धमा विश्वास हुनु, व्यवहारमा दया हुनु र समाजमा न्याय हुनु पनि लक्ष्मी नै हो।”
त्यति सुन्नासाथ वृद्ध महिलाको रूप हरायो। त्यहाँ चार हात भएकी दिव्य लक्ष्मी प्रकट भइन्।
तर यसपालि उनको हातबाट सुनका सिक्का झरेनन्। बरु एउटा हातबाट करुणा, अर्कोबाट विवेक, तेस्रोबाट सद्भाव र चौथोबाट सन्तोषको प्रकाश फैलियो।
६. नयाँ तिहारको घोषणा
भोलिपल्ट भाइटीकाको दिन थियो
काग, कुकुर, गाई र यमराज फेरि लक्ष्मीको वरिपरि जम्मा भए।
कागले भन्यो, “मानिसले मलाई समाचारवाहक ठान्छ। तर उसले सत्यको आवाज सुन्न सिक्नुपर्छ।”
कुकुरले भन्यो, “मानिसले मेरो निष्ठाको पूजा गर्छ। तर उसले आफू पनि निष्ठावान् बन्नुपर्छ।”
गाईले भनिन्, “मानिसले मलाई लक्ष्मीको प्रतीक मान्छ। तर उसले प्रकृति र जीवप्रति दयालु हुनुपर्छ।”
यमराजले गम्भीर स्वरमा भने, “मानिसले मृत्युबाट डराउनुभन्दा जीवनको मूल्य बुझ्नुपर्छ। समय सकिएपछि धन, पद, प्रतिष्ठा र प्रविधि केही पनि साथ जाँदैनन्।”
लक्ष्मीले चारैजनालाई हेरेर भनिन्—
“अब पृथ्वीमा तिहारको नयाँ अर्थ फैलाउनुपर्छ। साइबर युगले मानिसलाई संसारसँग जोडेको छ, तर मानिसको मन मानिससँग टाढिएको छ। प्रविधि साधन हो, साध्य होइन। डिजिटल उज्यालोले घर झिलिमिली बनाउनसक्छयर मनकोउज्उल
त्यसपछि उनले एउटा अद्भुत वरदान दिइन्।
“आजदेखि जसले आफ्नो मोबाइलको स्क्रिनभन्दा नजिक बसेको मानिसको अनुहार पढ्न सक्छ, जसले धनभन्दा ठूलो मानवीय सम्बन्धलाई सम्झन्छ, जसले पशुपक्षी र प्रकृतिको अस्तित्वलाई सम्मान गर्छ, जसले आफ्नो कमाइमा इमान र व्यवहारमा करुणा राख्छ— उसकै घरमा म स्थायी रूपमा बास गर्नेछु।”
त्यसै क्षण संसारभरिका मोबाइलमा एउटा नयाँ सूचना चम्कियो—
लक्ष्मी एपको नयाँ संस्करण उपलब्ध भयो।

तर यसपालि त्यसमा डाउनलोड गर्ने बटन थिएन। एउटा मात्र वाक्य थियो—
‘लक्ष्मी प्राप्त गर्नुअघि आफ्नो हृदय अपडेट गर्नुहोस्।’
मानिसहरू एकछिन अलमलिए। कसैले स्क्रिनमा औँला राख्यो, कसैले एप खोल्न खोज्यो। तर एप खुलेन।

मानिसहरू एकछिन अलमलिए। कसैले स्क्रिनमा औँला राख्यो, कसैले एप खोल्न खोज्यो। तर एप खुलेन।
किनकि त्यसको पासवर्ड कुनै प्रविधिले बनाएको थिएन।
त्यसको पासवर्ड थियो— मानवता।
राति आकाशमा एउटा तारा झर्‍यो। कागले टाढाबाट काँवकाँव गर्‍यो। कुकुरले पुच्छर हल्लायो। गाईले शान्त आँखाले चन्द्रमातिर हेरी। यमराज आफ्नो कालो वाहनमा यमलोक फर्किए।

लक्ष्मी भने त्यही सानो घरको आँगनमा केही बेर बसिरहिन्।
बाहिर संसार डिजिटल उज्यालोले चम्किरहेको थियो। भित्र एउटा सानो दियो बलिरहेको थियो।
त्यो दियोको प्रकाशमा एउटा बालकले आफ्नी हजुरआमालाई सोध्यो—
“हजुरआमा, लक्ष्मी साँच्चै हाम्रो घरमा आउनुभयो त?”

हजुरआमाले उसको टाउको मुसार्दै भनिनय
बालकले मोबाइल बन्द गर्‍यो र हजुरआमाको काखमा टाउको राख्यो।
त्यो रात पहिलोपटक घरको वाइफाइभन्दा मानवीय सम्बन्धको सञ्जाल बलियो भयो।
तिहारको उज्यालो घरमा मात्र होइन, मानिसको चेतनामा पनि फैलियो।
— कथा समाप्त — 

Previous Post

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्मीको डिजिटल आगमन

लक्ष्मीको डिजिटल आगमन

November 9, 2026
भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

November 9, 2026
नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

November 9, 2026
व्यवसायिक वस्तीतिर लक्ष्य

व्यवसायिक वस्तीतिर लक्ष्य

November 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version