बाँकेमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना वृद्धि भैरहँदा बाँके प्रहरीले मोटरसाइकल चोरीका घटनामा चासो दिएर अनुसन्धान अगाडि बढाएको छ । मोटरसाइकल चोरी विरुद्ध विशेष प्रहरी परिचालन गरेको बाँके प्रहरीले चार जनालाई नौ वटा मोटरसाइकल सहित पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले खजुरा गाउँपालिका वडा नं. बस्ने बहुर वर्मा, फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
‘पक्राउ परेका ४ जना ब्यक्तिहरूलाई चोरी कसूरमा सम्मानित बाँके जिल्ला अदालतबाट दिन ५ म्याद थपको अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको छ,’ प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोटसाइकल नम्बरहरू जारी गर्दै सम्बन्धी धनीलाई कागजात सहित सम्पर्क गर्न आग्रह पनि गरेको छ ।