विपद कति बेला आउँछ भन्ने कुराको कुनै ठेगान नै हुदैन । विपदबाट बच्नका लागि तथा विपद आउँदा त्यसबाट हुने क्षतिलाई न्युनिकरण गर्नका लागि पुर्व तयारीमा सम्पुर्ण निकायहरु रहनु पर्ने देखिन्छ । बाँकेमा विपदलाई न्युनीकरण गर्नका लागि पुर्व तयारी पुर्ण रुपमा भएको बताइएको छ ।
विहिबार बाँकेको नेपालगंजमा आयोजना गरीएको जिल्ला तहमा ’महामारी समिक्षा दुर्त प्रतिकार्य टोली गठन,पुर्नगठन र टोलीलाई अभिमुखिकरण तथा पुर्व तयारी बैठकमा गरीएका प्रस्तुतीबाट जिल्ला बाँके विपद व्यवस्थापनका लागि तयारी अवस्था रहेको देखिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा गरीएको कार्यक्रममा बोल्दै जिल्ला प्रशासन प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र प्रसाद रिजालले विपद भन्ने कुरा बाजा बजाएर नआउने भएको हुदाँ विपदबाट हुन सक्ने क्षतिलाई कम गर्नका लागि पुर्व तयारी अवस्थामा बस्नु पर्ने सबै सरोकारवाला निकायहरुको जिम्मेवारी भएको बताउँदै भने,‘स्वास्थ्य कार्यालय पनि विपद व्यवस्थापनका लागि महत्वपुर्ण अंग हो तर पनि व्यवस्थापन निकै जटिल विषय हो ,यसको व्यवस्थापनका लागि सबैको उत्तिकै महत्वपुर्ण भुमिका हुने गर्दछ ,अतिरिक्त स्रोत आवश्यकता पर्ने भएको हुदाँ हामी जतीपनि विपद व्यवस्थापनको विषयमा सरोकार राख्ने निकायहरुको सक्रियतामा खाचो पर्दछ ।’
यसैगरी जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले गर्मीको मौसममा विभिन्न स्वास्थ्यका समस्याहरु,महामारी आउने भएको हुदाँ स्वास्थ्य मन्त्रालय लगायत सबैको सहयोग तथा समन्वय हुदै आएको अवस्था रहेको बताउँदै भने,‘हामीले महामारी हुने समय आएको हुदाँ गर्मीयाम लगायका सन्देशहरु संचारगृह मार्फत प्रवाह गरी सकेका छौ भने अन्य पुर्व तयारीका विषयमा स्थानिय तहमै गएर कार्यक्रमहरु गर्दै आएका छौ ।’
यसैगरी वरिष्ठ फिजिसियन तथा भेरी अस्पाताल नेपालगंज बाँकेका सुचना अधिकारी डाक्टर संकेत रिसालले बाँके जिल्ला पश्चिम क्षेत्रको मुख्य केन्द्र तथा भेरी अस्पातालले सबै प्रकारका विपदहरुमा आफ्नो तर्फबाट सक्दो सेवा दिदै आएको बताउँदै भने,‘भेरी अस्पातालले सबै किसिमबाट विपदमा प्रत्येक्ष सेवा दिदै आएको भएता पनि आवश्यक जनशक्तिका अभाव रहेको छ ,विपदमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न सके अझै राम्रोसँग सेवा दिन सकिन्छ ।’
यसैगरी कार्यक्रममा रेडक्रस सोसाइटी बाँकेका दोलख डाँगीले गर्मीयाममा तराईमा हुने तातो हावाको लहर लुको जोखिम सचेतनाका बारेमा बताउँदै भने,‘देशकै अत्याधिक गर्मि हुने स्थान भनेर परिचित बाँकेमा खास गरी खुल्ला आकाशमा काम गर्ने सबै तातो हावाबाट प्रभावित हुन्छन जसका लागि स्थानिय तह लगायतले यसका विषयमा सचेतनात्मक कार्याक्रमहरु गर्दै जानु पर्ने हुन्छ ,जसमा आम सचेतना ,विद्यालय सचेतना जस्ता कार्यक्रम समेत रहन्छन ।’
यसैगरी नेपालगंज उपमहानगरपालिका विपद व्यवस्थापन विभागका रुपन ज्ञवालीले विपद व्यवस्थापनको पुर्व तयारी भएको बताउँदै भने,सबै पालिकाहरुमा खुला स्थान,सेल्टर हाउस ,हेली प्याडको पहिचान भएको छ,पालिकाहरुमा जोखिमयुक्त बस्तिहरुको पहिचना गरिएको छ,मनसुनको ३ दिने सुचना नियमित रुपमा सरोकारवालालाई पठाउने तथा जोखिमयुक्त क्षेत्रमा मोवाइल सन्देश लगायतका क्रियाकलापमा सक्रिय हुदै आएका छौ ।’
यसैगरी कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजनाका बारेमा बताउँदै भने,‘गर्मिका कारण हुने लु र त्यसको व्यवस्थापन समेत तराईका जिल्लामा आउँने विपदको उदाहरण भएको हुदाँ सम्पुर्ण पालिका तहले समेत विपद व्यवस्थापनका विषय विषेश ध्यान दिन जरुरी देखिन्छ, भने अहिले पालिका तहमा विपद व्यवस्थापनका लागि दुर्त प्रतिकार्य टोली समेत गठन भएको अवस्था हो ।’यसैगरी भेरी अस्पताल नर्सिङ प्रशासन आशा पन्थले कार्तिक १७ गतेको जाजरकोट रामिडाँडा केन्द्रविन्दु बनाई आएको भुँइचालोबाट घाइते विरामीको व्यवस्थापन गरीएको बारेमा प्रस्तुति दिएकी थिइन ।
कार्यक्रममा बाँकेका डुडुवा गाउँपालिका,बैजनाथ गाँउपालिका र नेपालगंज उपमहानगरपालिकाले विपद व्यवस्थापनको विषयमा प्रस्तुतकरण दिएका थिए भने स्वास्थ्य कार्यालय बाँकेका फोकल प्रसन श्रेष्ठले विपद व्यवस्थापनको परिमार्जित निर्देशिकाका बारेमा अभिमुखीकरण दिएका थिए ।