For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि

byDainik Nepalgunj
May 29, 2024
in News, मुख्य समाचार
0 0
0
देशमा आजः ८ बजे ८ खबर
Share on FacebookShare on Twitter

मंगलबार संसद्मा प्रस्तुत भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न वस्तु तथा सेवामा करका दर हेरफेर गरेको छ । आर्थिक विधेयकमार्फत उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम कायम गरेको छ । औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगलगायतका कच्चापदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ । आलु, प्याज, स्याउलगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज भएको छ । मदिरा, बियर, सूर्ति र चुरोटमा लगाइएको अन्तःशुल्क बढेको छ ।

पेट्रोलियम पदार्थ र कोइलाजन्य वस्तु आयातमा हरित कर लगाइएको छ । मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्ड वृद्धि गरी तीस लाख पु¥याइएको छ । दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फार्म तथा उद्योगले पैठारी गर्ने ‘स्टिल मिल्क क्यान’मा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ एक प्रतिशत मात्र कायम गरिएको छ । निकासी कर्ताले विदेशी मुद्रा प्राप्तिको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पु¥याइएको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुको आयातमा भन्सार विन्दुमा लाग्ने कृषि सुधार शुल्क पाँच प्रतिशतबाट बढाएर नौ प्रतिशत कायम गरिएको छ । ‘प्यासिफिक सालमोन’, ‘सोले’, ‘स्पिकज्याक टुना’, ‘डगफिस’ तथा अन्य ‘सार्क’हरु, ‘अल्बाकोर’ तथा लामो पखेटा भएका टुनालगायत माछाको आयातमा शुल्क नौ प्रतिशत पु-याइएको छ ।

मुसुरोको दाल (स्प्लिट रेड लेन्टिल्स) को निकासीमा प्रति किलोग्राम रु एक निकासी महसुल लाग्दै आएकोमा त्यसलाई हटाइएको छ । ‘पोलिप्रोपलिन’, ‘पोलिआइसोब्युटलिन’, ‘प्रोपलिन कोपोलिमर’ जस्ता वस्तुमा प्रति किलोग्राम रु पाँच बराबर निकासी महसुल लाग्ने गरी परिवर्तन भएको छ । काठमा कोणधारी (कोनिफेरस), गैरकोणधारी (नन्को-निफोरस) मा दुई सय प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारिएको छ । सल्लो, देवदारु, भोजपत्र, लहरे पिपललगायतका काठमा लाग्ने निकासी महसुल घटेको हो । यसअघि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा भन्सार महशुल नलाग्ने र योभन्दा बढी परिमाणमा आयात भएको एक सय ५० ग्रामसम्मको सुनमा तीन प्रतिशत भन्सार महशुल तिरेर ल्याउन सक्ने व्यवस्था रहेकोमा अब भन्सार तिरेर थप ५० ग्राम सुन मात्रै ल्याउन पाइनेछ । अस्थायी पैठारीमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि परिवर्तन गरिएको छ । एलपी ग्याँस ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्य स्थलमा अनलोड गर्न वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि रु एक हजार पाँच सय कर लगाउने नयाँ व्यवस्था ल्याइएको छ । एलपी ग्यासबाहेक अन्य ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर ट्याक्टर र अन्य ढुवानीका साधनलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कनका लागि वस्तु जाँचपास भएको ७२ घण्टासम्मको लागि रु एक हजार पाँच सय रुपैयाँ शूल्क लाग्नेछ ।

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कुटरमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । त्यस्तै, विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका ‘डिप साइकल लिड एसिड ब्याट्री’ मा पनि शून्य दरको भ्याट कायम गरिएको छ । मूल्य अभिवृद्धि कर २०५२ को दफा ५ को उपदफा ३ सँग सम्बन्धित आधारभूत कृषिवस्तु आलु, प्याज, छ्यापी, लसुन, डुण्डु, स्याउ, नास्पाती, ‘क्विन्स’लगायत उत्पादनहरुमा भ्याट नलाग्ने व्यवस्था गरिएको छ । जलविद्युत् उत्पादन, वितरण तथा प्रसारणलाइन आयोजनाका लागि आवश्यक पर्ने निर्माण उपकरण, मेसिनरी औजार र त्यससँग सम्बन्धित पाटपुर्जा आयात गर्दा सम्बन्धित निकायको सिफारिसमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था राखिएको छ । विसं २०८२ चैत महिनासम्म वित्तीय व्यवस्थापन सम्पन्न भएका दुई सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशययुक्त जलविद्युत् आयोजनाको लागि लगानी बोर्डको सिफारिस र अन्य आयोजनाको हकमा विद्युत् विकास विभागको सिफारिसमा निर्माण उपकरण, प्लान्ट मेसिनरी औजार तथा त्यसका पाटपूर्जा, विस्फोटक पदार्थ, पेनस्टक पाइपलगायतका वस्तुमा भ्याट छुट दिइएको छ । आर्थिक विधेयकले सुकाएको नरिवलको गुदी (कोप्रा) मा १५ प्रतिशत अन्तःशूल्क लगाइएको छ । उखुको खुदोमा प्रति क्विन्टर रु एक सय पाँच बराबर अन्तःशूल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु एक सय १० बनाइएको छ । बलगर गहुँ, कर्नफ्लेक्स र तौलमा कोकोको मात्रा छ प्रतिशत भन्दा बढी भएका चकलेटमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ । भोगटे, पमेलो, भुईकटहर, क्यानबेरी, आँपलगायतका जुसमा १३ प्रतिशत अन्तःशूल्क लाग्दै आएकोमा ५० पैसा थप गरिएको छ ।

सूर्तीरहित पान मसलामा प्रतिकिलो रु आठ सय ५० अन्तःशुल्क लाग्दै आएकोमा रु आठ सय ७५ बनाइएको छ । सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो रु तीन सय ६५ लाग्दै आएको अन्तःशूल्कलाई रु तीन सय ७५ बनाइएको छ । अल्कोहल रहित बियरमा प्रतिलिटर रु ३५ बाट रु ४५, ‘इनर्जी ड्रिङ्स’मा प्रतिलिटर रु ५० बाट रु ५२ पु¥याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर रु १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर रु १९ बराबर अन्तःशुल्क बढाइएको छ । त्यस्तै, छ्याङ (कन्ट्रि बियर) मा प्रतिलिटर रु ४३ रहेको अन्तःशूल्कलाई रु ४८ पु¥याइएको छ । १५ युपि शक्तिको ४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्राण्डीमा प्रतिलिटर रु एक हजार आठ सय बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु एक हजार आठ सय ६० पु-याइएको छ । २५ युपि शक्ति भएको यस्तो प्रकृतिको ब्राण्डीमा प्रतिलिटर रु ४५ कर बढाइएको छ । सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली रु ३० अन्तःशूल्क लाग्दै आएकोमा रु ३१ बनाइएको छ । त्यस्तै, फिल्टर नभएको चुरोटमा प्रति एम रु सात सय ३० बराबर लाग्दै आएको अन्तःशुल्क लाई बढाएर प्रतिएम रु सात सय ५५ बनाइएको छ । त्यस्तै, फिल्टर भएको रु ७० मिलिमिटरसम्मको चुरोटमा प्रति एम रु ५० अन्तःशुल्क बढाइएको छ । यसअघि प्रति एम रु एक हजार छ सय ९० बराबर अन्तःशुल्क लाग्दै आएको त्यसलाई बढाएर रु एक हजार सात सय ४० पु-याइएको छ ।

त्यस्तै, जर्दा, खैनी, नस गुट्खा र यस्तै सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलोग्राम रु आठ सय ५० बराबर लाग्दै आएको अन्तःशुल्कलाई रु प्रति किलोग्राम रु आठ सय ८० बनाइएको छ । खुद्रा बिक्रीको लागि राखिएको काटिएको सुर्ती तथा धुलो सुर्ती (डस्ट टोबाको) को प्रति किलोग्राम रु चार सय ७५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई रु चार सय ८० बनाइएको छ । चुना मिलाई खाने खुद्रा बिक्रीको लागि प्याकिङ गरिएको सुर्तीमा प्रति किलोग्राम रु ४५ बराबर अन्तःशुल्क बढेको छ । हुक्का फ्लेबरमा प्रतिकिलोग्राम रु एक हजार चार सय बराबर लाग्दै आएको अन्तःशुल्क बढेर रु एक हजार पाँच सय पुगेको छ । विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ । सुगन्धित अत्तर (बडि स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा रु १५ बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु २० पु-याइएको छ । टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ) को अन्तःशुल्क पाँच प्रतशितबाट बढेर १० प्रतिशत पुगेको छ । फलाम वा अमिश्रित इस्पात (नन एल्बाए स्टील) का अर्धतयारी उत्पादनको अन्तःशूल्क हटाइएको छ । ल्यापटप तथा नोटबुकमा पाँच प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । पिक पावर ५० किलोवाटभन्दा कमका विद्युतीय सवारीलाई पाँच प्रतिशत अन्तःशुल्क लगाइएको छ भने ५० देखि सय किलोवाटसम्मका विद्युतीय सवारी साधनलाई १५ प्रतिशत लगाइएको छ । पेट्रोलियम पदार्थमा हरित कर लगाइएको छ । बिटुमिन कोइलालगायत वस्तुमा प्रतिकिलो ५० पैसा र डिजेल तथा पेट्रोलमा प्रतिकिलो रु एक बराबर हरित कर लगाइएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक

Next Post
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक

लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता जागरुक नहुँदा ठगी

उपभोक्ता जागरुक नहुँदा ठगी

March 16, 2026
नेकपामा नोकझोक

नेकपामा नोकझोक

March 16, 2026
बजारमा नक्कली ब्रान्डका चुरोट

बजारमा नक्कली ब्रान्डका चुरोट

March 16, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version