विश्व वातावरण दिवसका अवसर पारेर बुधबार नेपालगन्जनमा साइकल र्याली निकालिएको छ ।
नेपालगन्ज साइक्लिङ्ग क्लबले डिभिजन वन कार्यालय नेपालगन्जसँगको समन्वयमा वातावरण जगाउने सन्देश सहित साइकल र्याली निकालेको हो ।
डिभिजन वन कार्यालय नेपालगन्जबाट सुरु भएको साइकल र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको क्लब अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिएका छन् ।
साइकल र्यालीको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय नेपालगन्जका प्रमुख अजित कुमार कर्ण, बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, क्लब अध्यक्ष प्रदीप सापकोटा लगायतले गरेका थिए ।