१. प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसद्ले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।
२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभामा उत्पन्न भएको यो विधेयकलाई राष्ट्रिय सभाले आइतबार पारित गरेको थियो ।
३. मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले
४. नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए ।
५.जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आइतबार १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।
६. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।
७. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष महान्यायाधिवक्ताले प्रस्तुत गरेका हुन् ।
८. तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् ।