बाँके प्रहरीले फरार अपराधी तथा अभियुक्तहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकले अदालत तथा प्रहरीमा रहेको मुद्दामा फरारहरूको खोजीलाई तिव्रता दिएको छ ।
जिल्लामा विभिन्न अपराधमा सजाय पाएका तथा मुद्दा परेपछि प्रहरी तथा अदालतमा हाजिर नभएकाहरूलाई प्रहरीले खोज्ने अभियान नै सुरु गरेको हो । प्रहरीले अदालतबाट सजाय तोकिएका तथा मुद्दा परेपछि भागेकाहरूको धमाधम खोजी गर्दै पक्राउ गरिरहेको छ ।
गत असारमा मात्रै बाँके प्रहरीले ६४ जना फरार अपराधी पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् । जसबाट ३ बर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७ सय २७ जरिवाना असुल उपर गरिएको बताएको छ ।
जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधिश भिष्मराज प्रसाईलेगत आ.व.मा लक्ष्य अनुसार फैसला कार्यान्वयन हुन नसकेको जानकारी दिए ।
बाँके जिल्ला अदालतले बार्षिक ६५ दशमलव ९० कैद र ६३ दशमलव १२ जरिवाना उठाउने लक्ष्य हासिल गरेको छ । फैसला कार्यान्वयनका लागि १ हजार ६ सय ५७ निवेदन परेकोमा ९१७ अर्थात ५५ दशमलव ३४ फछ्यौट भएको छ ।