For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

व्यावसायिक बन्दै मुक्तकम्लरी

byDainik Nepalgunj
August 4, 2024
in News, मुख्य समाचार
0 0
0
व्यावसायिक बन्दै मुक्तकम्लरी
Share on FacebookShare on Twitter

जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नुप-यो । विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गर्नुभएकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बस्नुभएको थियो । तर उहाँको पढ्ने सपना पूरा भएन । कम्लरी बसेपछि उहाँले पढाइ छाड्नुप-यो ।

“घरको आर्थिक अवस्था कमजोर थियो । घरमा कामसँगै पढाउने भनेपछि एकजनाको घरमा कम्लरी बसेँ”, उहाँले भन्नुभयो, “कम्लरी बसेपछि पढ्ने सपना पूरा भएन । अरुकै घरमा काम गरेर समय बित्यो ।” कम्लरी छाडेर गाउँमै सञ्चालन भएको नौ महिने अनौपचारिक शिक्षा लिएर पुनः विद्यालय पुग्नुभएकी रीताले ७ कक्षा भन्दा माथी औपचारिक शिक्षा लिन सक्नुभएन । कक्षा ७ उत्तिर्ण गर्नुभएकी उहाँले आर्थिक अवस्थाकै कारण पढ्न सक्नुभएन ।

त्यसपछिका एक दशक अरुकै घरमा ज्याला मजदुरी गरेर जीविका चलाउनुभएकी रीता यतिबेला व्यावसायिक बन्ने प्रयत्नमा हुनुहुन्छ । गाउँकै साथी मुक्तकम्लरी सरस्वती थारूसँग मिलेर यही साउन ६ गतेबाट खाजा, नास्ता पसल सञ्चालन गर्नुभएको छ । नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा १० दिने खाजा नास्तासम्बन्धी तालिम लिनुभएका रीता र सरस्वतीले गाउँमै खाजा पसल सञ्चालन गर्नुभएको हो ।

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँहरूले खाजा पसल सञ्चालन गरेपछि अरुकामा काम गर्नुपर्ने बाध्यता हटेको छ । त्यतिमात्र होइन आफ्नो मेहनतले कमाएको थोरै पैसा पनि ठूलो लाग्ने सरस्वती बताउनुहुन्छ । “दिनभर अरुकामा काम गरेर जीवन चलाउनुपर्ने स्थिति थियो । दश दिनको तालिमले व्यवसायी बनायो”, उहाँले भन्नुभयो, “अब यसैमा मेहनत गरेर सिकेको सीपलाई व्यावसायिक बनाउने सोचाइ छ ।”

संस्थाले ८५ जना मुक्त कमैया महिला, एकल महिला र मुक्तकम्लरीलाई खाजा नास्ताको परिकार बनाउने तालिम दिएको थियो । तालिमसँगै रु २५ हजार बराबरको भाँडाकुँडा पनि सहयोग गरेको छ । भजनी नगरपालिका–४ खैलाडकी मुक्तकम्लरी निलम चौधरीले पनि यही साउन ९ गतेबाट खाजा पसल सुरु गर्नुभएको छ । घरायसी काममा व्यस्त रहने निलम आजभोलि समोसा, चाउमिन, पकौडा, चटपटेलगायत परिकार बनाएर बिक्रि गर्नुहुन्छ । “घरको काम, बालबालिकाको हेरचाहमै दिन बिताउनुपर्ने बाध्यताबाट तालिमले व्यावसायिक बनायो”, उहाँले भन्नुभयो, “अब यही व्यवसायलाई निरन्तरता दिएर आत्मनिर्भर बन्ने आशा गरेकी छु ।”

उक्त तालिम लिएका ३२ जना मुक्तकम्लरीले व्यवसाय सुरु गरेका छन् । टीकापुर शिवनगर शिविरमा बस्दै आउनुभएकी पुष्पा थारूको समस्या पनि रीता र सरस्वतीको भन्दा फरक छैन । घरको आर्थिक अवस्थाले कम्लरी बस्नुपरेको बाध्यता छिचोल्दै आउनुभएकी पुष्पाले विगत एक वर्षदेखि खाजा पसल सञ्चालन गर्दै आउनुभएको छ । अरुले पकाएको देखेर सुरु गरेको खाजा पसल चलाउँदै आउनुभएकी पुष्पा १० दिनको तालिमले व्यवसायमा परिपक्व भएको बताउनुहुन्छ । “सीप सिकेर काम गर्दा राम्रो हुँदोरहेछ भन्ने लागेको छ । पहिला व्यापारबाट भविष्य सुनिश्चित नदेखेकी मैले आजभोलि भविष्य देख्न थालेकी छु”, पुष्पाले भन्नुभयो, “कामको सिलसिलामा भारत गएका श्रीमान्लाई बोलाएर यही पेसामा लगाउने सोच छ ।”

टीकापुरकै सङ्गीताले पहिलेदेखि किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । उहाँका श्रीमान्ले फ्रेसहाउस सञ्चालन गर्नुभएको छ । मुक्तकम्लरी सङ्गीताले खाजा बनाउने तालिम लिएपछि किरानासँगै खाजा पसल थप गर्नुभएको छ । व्यावसायिक रूपमा आफू परिपक्व भएको सङ्गीताको भनाइ छ । “हामी पहिले पनि सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका थियौँ”, सङ्गीताले भन्नुभयो, “घरायसी देखि बालबालिकाको स्कुलको खर्च सबै व्यवसायले धानेको छ ।”

कैलारी गाउँपालिका हसुलियाकी निर्मला चौधरी दुई वर्ष कम्लरी बस्नुभयो । पढ्ने समयमा आर्थिक अभावका कारण अरुकोमा कम्लरी बस्नुभएकी निर्मला ७ कक्षाभन्दा माथि पढ्न नसकेकामा दुःख व्यक्त गर्नुहुन्छ । अहिले उहाँ रेष्टुरेन्ट सञ्चालनको तयारीमा हुनुहुन्छ । सरकारले विसं २०७० असार १३ गते कम्लरी मुक्त घोषणा गरेको थियो । विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिम लिएरै आजसम्म छ सयभन्दा बढी कम्लरी आत्मनिर्भर भएका छन् । कैलालीमा चार हजार ७४ जना पूर्व मुक्तकम्लरी छन् । त्यसमध्ये दुई हजार पाँच सयसँग मात्रै कम्लरी परिचयपत्र छ । बाँकीले अझै परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाएकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन नसकेको मुक्तकम्लरीहरू बताउँछन् ।

“राज्यले मुक्तकम्लरीको व्यवस्थापनमा ध्यान नदिँदा आज कैयौँ पूर्वकम्लरीले दुःख पाइरहेको अवस्था छ । सङ्घसंस्थाको सहयोग र समन्वयमा केही मुक्तकम्लरी आफ्नो खुट्टामा उभिन सक्ने भएका छन्”, मुक्तकम्लरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरी भन्नुहुन्छ, “स्थानीय सरकारले मुक्तकम्लरीको अभिभावकत्व निर्वाह गर्नुपर्ने हो, त्यो हुनसकेको छैन ।” आर्थिक अभावकै कारण मुक्त कम्लरीले पढाइ छाड्नुपर्ने स्थिति आएको उहाँको भनाइ छ ।

Previous Post

प्युठान–रोल्पाको दुःखः गर्जेनी

Next Post

कैलालीमा वन मासिनेक्रम बर्सेनि बढ्दै

Next Post
निजी वनको दर्ता अब पालिकाबाट

कैलालीमा वन मासिनेक्रम बर्सेनि बढ्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

गहुँ भण्डारण गर्न किसानलाई आग्रह

April 29, 2026
अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

अवैध रूपमा भारतबाट ल्याइएका ५ हजार ४४० कुखुराका चल्ला बरामद

April 29, 2026
सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक

April 29, 2026
काँग्रेसको जरा अभियान सुरु

काँग्रेसको जरा अभियान सुरु

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version