For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    १२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

    १२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

    विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

    बहस

    बहस

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    १२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

    १२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

    विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

    बहस

    बहस

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

byDainik Nepalgunj
November 28, 2026
in विचार
0 0
0
विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता
Share on FacebookShare on Twitter

कुशल बैंकर तेज बहादुर रावल भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । संस्थाको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका रावलले संस्थाको संस्थागत विकास, व्यवस्थापन तथा विस्तारमा निरन्तर नेतृत्व प्रदान गरिरहेका छन् ।

स्थापनाको चौथो वर्ष पूरा गर्दै गर्दा भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ३ हजारभन्दा बढी शेयर सदस्य आबद्ध गराउन सफल भएको छ भने संस्थाको वासलातको आकार १२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । छोटो अवधिमै सदस्यहरूको उल्लेखनीय सहभागिता र संस्थागत विस्तार हासिल गर्नु सहकारीको यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

पछिल्लो समय नेपालको सहकारी क्षेत्र विभिन्न चुनौती, समस्या र अविश्वासको परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सहकारीको मूल मर्म, सदस्यको विश्वास, वित्तीय अनुशासन, सुशासन र पारदर्शितालाई कसरी कायम राख्ने भन्ने विषय महत्वपूर्ण बनेको छ ।

यिनै विषयसँगै भरोसा सहकारीको चार वर्षे यात्रा, संस्थाले हासिल गरेका उपलब्धि, सहकारी क्षेत्रका समसामयिक समस्या, चुनौती, सम्भावना तथा आगामी योजनाका विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रावलसँग दैनिक नेपालगन्ज प्रतिनिधिले गरेको कुरा आजको सहकारी संवाद विशेष ।

सर्वप्रथम भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो स्थापना दिवसको अवसरमा यहाँलाई बधाई तथा शुभकामना । चार वर्षको संस्थागत यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?

सर्वप्रथम सहकारी आन्दोलनमा सधैं संगै रहनुहुने तपाईं र दैनिक नेपालगन्ज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको चौंथो वर्ष पूरा गरी पाँचौंँ वर्षमा प्रवेश गरिरहेको यस सुखद अवसरमा हामी अत्यन्त उत्साहित र गौरवान्वित छौँ ।

हाम्रो चार वर्षको यात्रा केवल समयको गणना मात्र होइन, यो विश्वास निर्माण, सामूहिक प्रयास, संस्थागत सिकाइ, अनुभव र निरन्तर सुधारको यात्रा पनि हो । स्थापनाकालदेखि नै संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाएको छु । यस अवधिमा हामीले सदस्यहरूको आवश्यकता, अपेक्षा र हितलाई केन्द्रमा राखेर संस्थालाई व्यवस्थित, उत्तरदायी र सदस्यकेन्द्रित बनाउने प्रयास गर्दै आएका छौँ ।

यो यात्रामा साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, शुभेच्छुक तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

संस्थाको नाम नै भरोसा छ । नामअनुसार सदस्यहरूको भरोसा जित्न कस्ता प्रयास गर्नुभएको छ ?

वास्तवमा भरोसा हाम्रो संस्थाको नाम मात्र होइन, यो हाम्रो कार्यसंस्कृति र प्रतिबद्धताको आधार हो । सहकारी संस्थाको सबैभन्दा ठूलो पुँजी भौतिक सम्पत्ति वा वित्तीय स्रोत मात्र होइन, सदस्यहरूले संस्थाप्रति गरेको विश्वास हो भन्ने हाम्रो मान्यता छ ।

त्यसैले हामीले सदस्यसँगको सम्बन्धलाई कारोबारमा मात्र सीमित नराखी आपसी विश्वास, पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित बनाउने प्रयास गरेका छौँ । सदस्यहरूको बचतको सुरक्षा, आवश्यकताअनुसार वित्तीय सेवा, नियमित सूचना प्रवाह, जिम्मेवार व्यवस्थापन र संस्थागत अनुशासनलाई प्राथमिकतामा राखेका छौँ ।
हामी विश्वास गर्छौँ कि विश्वास भाषणबाट होइन, व्यवहारबाट आर्जन हुन्छ । त्यसैले भरोसा नामलाई व्यवहारमा प्रमाणित गर्नु नै हाम्रो मुख्य लक्ष्य हो ।

नेपालको सहकारी क्षेत्र अहिले विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको छ । यस अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

सहकारी क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार हो । तर पछिल्लो समय केही सहकारी संस्थामा देखिएका वित्तीय अनियमितता, बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्था, कमजोर व्यवस्थापन, अपारदर्शी कारोबार र सञ्चालकहरूको गैरजिम्मेवारीका कारण समग्र सहकारी अभियानप्रति नै नकारात्मक धारणा विकास भएको छ ।

यद्यपि केही संस्थामा देखिएका समस्याका आधारमा सम्पूर्ण सहकारी क्षेत्रलाई एउटै दृष्टिकोणबाट मूल्याङ्कन गर्नु उचित हुँदैन । आज पनि धेरै सहकारी संस्थाहरू सदस्यको हित, स्थानीय आर्थिक विकास, उत्पादन वृद्धि र सामाजिक रूपान्तरणमा इमानदारीपूर्वक काम गरिरहेका छन् ।

अहिलेको आवश्यकता भनेको सहकारी क्षेत्रभित्रका कमजोरी पहिचान गरी सुधार गर्नु, नियमनकारी निकायलाई सक्षम बनाउनु र असल अभ्यास गरिरहेका संस्थाहरूलाई प्रोत्साहन गर्नु हो । सहकारीको मूल मर्मलाई पुनः स्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ ।

पछिल्ला वर्ष, सहकारी क्षेत्रमा सदस्य तथा बचतकर्ताको विश्वास कमजोर हुँदै गएको देखिन्छ । विश्वास पुनःस्थापित गर्न के गर्नुपर्छ ?

सहकारी क्षेत्रको वर्तमान अवस्थालाई हेर्दा विश्वास पुनःस्थापना सबैभन्दा महत्वपूर्ण कार्य हो । सदस्यको बचत सहकारी सञ्चालक वा व्यवस्थापकको व्यक्तिगत सम्पत्ति होइन, त्यो सदस्यले आफ्नो भविष्य र आवश्यकताका लागि जम्मा गरेको अमूल्य पुँजी हो ।

यसको संरक्षण गर्नु सहकारी संस्थाको नैतिक र संस्थागत दायित्व हो । त्यसका लागि वित्तीय अनुशासन, पारदर्शी कारोबार, नियमित लेखापरीक्षण, कर्जा लगानीको उचित मूल्याङ्कन, प्रभावकारी आन्तरिक नियन्त्रण र सदस्यलाई सही सूचना दिने व्यवस्था हुनुपर्छ ।
त्यसैगरी, सहकारी नियमन गर्ने निकायले पनि नियमित अनुगमन गरी समस्या देखिएका संस्थालाई समयमै सुधारको प्रक्रियामा ल्याउनुपर्छ । सहकारी संस्थाहरूले आफ्नो वित्तीय अवस्थाबारे सदस्यलाई स्पष्ट जानकारी दिन सक्नुपर्छ।
मेरो विचारमा सहकारीप्रतिको विश्वास पुनःस्थापना गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै संस्थाको व्यवहार, वित्तीय अवस्था र सदस्यप्रतिको उत्तरदायित्वमा सुधार ल्याउनु हो ।

सहकारी संस्थाको सफलताका लागि सुशासन कत्तिको महत्वपूर्ण छ? भरोसा सहकारीले यसलाई कसरी आत्मसात् गरेको छ ?

सुशासन सहकारी संस्थाको सफलताको मेरुदण्ड हो । सुशासनविना सहकारीको दीर्घकालीन विकास र स्थायित्व सम्भव हुँदैन ।

हाम्रो संस्थाले सहकारीका मूल्यमान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्थागत निर्णय प्रक्रिया, पारदर्शिता, जवाफदेहिता, वित्तीय अनुशासन र सदस्यको सहभागितालाई महत्व दिएको छ ।

सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीबीच जिम्मेवारीको स्पष्ट बाँडफाँट, नियमित समीक्षा, संस्थागत नीतिको पालना र कानुनअनुसारका प्रक्रियालाई प्राथमिकता दिँदै आएका छौँ ।

हाम्रो बुझाइमा सहकारी संस्था व्यक्तिको इच्छाअनुसार होइन, नीति, विधि, पद्धति र सामूहिक निर्णयका आधारमा सञ्चालन हुनुपर्छ । यही सोचले संस्थालाई सही दिशामा अघि बढाउन मद्दत गर्छ ।

सहकारी संस्थाहरू बचत तथा ऋण कारोबारमा बढी केन्द्रित भएको आरोप लाग्ने गरेको छ । बहुउद्देश्यीय सहकारीका रूपमा तपाईंहरूको सोच के छ ?

यो निकै महत्वपूर्ण विषय हो । सहकारीको अवधारणा केवल बचत संकलन र ऋण लगानीमा सीमित हुनुहँुदैन । सहकारी भनेको सदस्यहरूको आर्थिक, सामाजिक र व्यावसायिक जीवनस्तर सुधार गर्ने सामूहिक अभियान हो ।

बहुउद्देश्यीय सहकारीका रूपमा हामीले सदस्यहरूको आवश्यकता र स्थानीय सम्भावनालाई ध्यानमा राखेर कृषि, उत्पादन, व्यवसाय, उद्यमशीलता, सीप विकास तथा अन्य आर्थिक गतिविधिसँग सहकारीलाई जोड्नुपर्छ भन्ने मान्यता राखेका छौँ ।

हामीले आगामी दिनमा संस्थाको क्षमता, कानुनी व्यवस्था र उपलब्ध स्रोतसाधनअनुसार उत्पादन तथा रोजगारी सिर्जनामा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखेका छौँ ।
सहकारीले सदस्यलाई ऋण उपलब्ध गराउने मात्र होइन, ऋणको सदुपयोग गरी आयआर्जन गर्न सक्ने वातावरण पनि बनाउनुपर्छ ।

तपाईं त बंैकर पनि भएर वित्त परिचालनको अनभव बटुलेको व्यक्ति, सहकारीले स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा कस्तो भूमिका निर्वाह गर्न सक्छ ?

सहकारी स्थानीय अर्थतन्त्रको विकास गर्ने प्रभावकारी माध्यम हो । स्थानीय समुदायमा छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिन्छ ।
कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, व्यापार, पर्यटन र सेवामूलक व्यवसायमा सहकारीले महत्वपूर्ण योगदान दिन सक्छ । यसबाट स्थानीय उत्पादन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुन्छन् ।

विशेषगरी युवा वर्ग तथा महिलालाई उद्यमशीलतासँग जोड्न सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । हामीले पनि सहकारीलाई सदस्यको आर्थिक आत्मनिर्भरता र स्थानीय विकासको माध्यम बनाउने दिशामा अघि बढ्नुपर्छ भन्ने सोच राखेका छौँ ।

सहकारी क्षेत्रमा प्रविधिको प्रयोग र डिजिटल प्रणालीको विकासलाई कसरी लिनुभएको छ ?

वर्तमान समय प्रविधिको समय हो। अब सहकारी संस्थाले परम्परागत कार्यशैलीमा मात्र सीमित भएर अघि बढ्न सक्दैनन्। डिजिटल प्रणालीले वित्तीय कारोबारलाई सहज, छिटो, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पु¥याउँछ ।
सदस्यको अभिलेख व्यवस्थापन, बचत तथा ऋणको विवरण, लेखा प्रणाली, वित्तीय प्रतिवेदन, सूचना प्रवाह र आन्तरिक नियन्त्रणमा प्रविधिको प्रयोग आवश्यक छ ।
तर प्रविधि प्रयोग गर्दा साइबर सुरक्षा, तथ्याङ्कको गोपनीयता र प्रणालीको विश्वसनीयतालाई पनि उत्तिकै महत्व दिनुपर्छ । आगामी दिनमा सहकारी क्षेत्र प्रविधिमैत्री, सुरक्षित र आधुनिक व्यवस्थापन प्रणालीतर्फ अघि बढ्नुपर्छ ।

सहकारीको दिगो विकासका लागि राज्य, नियमनकारी निकाय र सहकारी अभियानबीच कस्तो समन्वय आवश्यक छ ?

सहकारी क्षेत्रको दिगो विकासका लागि राज्य, नियमनकारी निकाय, सहकारी संघसंस्था र सदस्यबीच प्रभावकारी समन्वय आवश्यक छ ।

राज्यले सहकारीमैत्री नीति तथा कानुन निर्माण गर्ने, नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्ने र सहकारी संस्थाले कानुन तथा सिद्धान्तअनुसार जिम्मेवार ढङ्गले काम गर्ने वातावरण हुनुपर्छ ।
साथै, सहकारी शिक्षालाई व्यापक बनाउँदै सदस्यलाई आफ्नो संस्थाको गतिविधि बुझ्ने, प्रश्न गर्ने र जिम्मेवारीपूर्वक सहभागी हुने वातावरण निर्माण गर्नुपर्छ ।

सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीबीचको सम्बन्ध तथा जिम्मेवारी कस्तो हुनुपर्छ ?

सहकारी संस्थाको सफल सञ्चालनका लागि सञ्चालक समिति र व्यवस्थापनबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण हुन्छ । सञ्चालक समितिले नीतिगत नेतृत्व, रणनीतिक दिशा र संस्थागत निगरानीको जिम्मेवारी लिनुपर्छ भने व्यवस्थापनले स्वीकृत नीति तथा कार्यक्रमअनुसार दैनिक प्रशासनिक र व्यावसायिक कार्य सञ्चालन गर्नुपर्छ ।
दुवै पक्षबीच आपसी सम्मान, विश्वास, समन्वय र जिम्मेवारीको स्पष्टता हुन आवश्यक छ । सञ्चालक समिति र कर्मचारीबीचको सम्बन्ध व्यक्तिगत आग्रह वा पूर्वाग्रहमा आधारित नभई संस्थाको उद्देश्य र सदस्यको हितमा केन्द्रित हुनुपर्छ । यसले संस्थाको कार्यसम्पादन र संस्थागत संस्कृतिलाई बलियो बनाउँछ ।

चार वर्षको अवधिमा प्रमुख कार्यकारी अधिकृतका रूपमा तपाईंले प्राप्त गर्नुभएको सबैभन्दा महत्वपूर्ण अनुभव के हो ?

मेरो लागि सबैभन्दा महत्वपूर्ण अनुभव भनेको सहकारी संस्था सञ्चालन गर्नु केवल आर्थिक कारोबार व्यवस्थापन गर्नु होइन भन्ने बुझाइ हो । यो मानिसको विश्वास, अपेक्षा, आवश्यकता र भविष्यसँग जोडिएको जिम्मेवारी हो ।

स्थापनाकालदेखि संस्थामा कार्यरत रहँदा विभिन्न परिस्थितिको सामना गर्ने, नयाँ कुरा सिक्ने, समस्या समाधान गर्ने, सदस्यका अपेक्षा बुझ्ने र टिमसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको छ ।
यस यात्राले मलाई नेतृत्व भनेको पद मात्र होइन, जिम्मेवारी र जवाफदेहिताको अभ्यास हो भन्ने सिकाएको छ । संस्थाको सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन। यसमा सञ्चालक समिति, कर्मचारी, सदस्य र सम्पूर्ण सरोकारवालाको सामूहिक योगदान आवश्यक हुन्छ ।

आगामी पाँच वर्षमा भरोसा बहुउद्देश्यीय सहकारी संस्थालाई कस्तो रूपमा विकास गर्ने लक्ष्य राख्नुभएको छ ?

हाम्रो आगामी यात्रा अझ जिम्मेवार, व्यवस्थित र परिणाममुखी हुनेछ। हामी संस्थालाई सदस्यको विश्वास जितेको, सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र आर्थिक रूपमा सबल सहकारी संस्थाका रूपमा विकास गर्न चाहन्छौँ ।
यसका लागि मुख्यतः निम्न विषयलाई प्राथमिकतामा राख्ने हाम्रो सोच छः
ड्ड सदस्यकेन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने।
ड्ड वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई सुदृढ गर्ने।
ड्ड उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीलाई जोड्ने।
ड्ड आधुनिक प्रविधि र डिजिटल प्रणालीको प्रयोग विस्तार गर्ने।
ड्ड कर्मचारीको क्षमता विकास र संस्थागत दक्षता अभिवृद्धि गर्ने।
ड्ड सदस्य शिक्षा, वित्तीय साक्षरता र सहभागिता बढाउने।
ड्ड संस्थाको दिगोपन र दीर्घकालीन संस्थागत विकास सुनिश्चित गर्ने।
हामी ठूलो संस्था बन्ने आकांक्षा भन्दा पनि असल, विश्वसनीय र उदाहरणीय संस्था बन्ने लक्ष्यलाई बढी महत्व दिन्छौँ ।

अन्त्यमा, चौँथो स्थापना दिवसको अवसरमा सदस्य, कर्मचारी तथा शुभेच्छुकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
सर्वप्रथम भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडप्रति विश्वास, माया र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

संस्थाको पाँच वर्षको यात्रा यहाँसम्म आइपुग्नुमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, सदस्य, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाको महत्वपूर्ण योगदान रहेको छ ।
हामीलाई विश्वास गर्नुहुने सदस्यहरूको विश्वासलाई अझ बलियो बनाउँदै लैजानु हाम्रो प्रमुख जिम्मेवारी हो । कर्मचारी साथीहरूलाई पनि इमानदारी, अनुशासन, सेवाभाव र व्यावसायिक दक्षताका साथ काम गर्न आग्रह गर्दछु ।

अन्त्यमा, सहकारी भनेको केही व्यक्तिको आर्थिक लाभको माध्यम नभई सामूहिक समृद्धि र सामाजिक रूपान्तरणको अभियान हो भन्ने कुरा सबैले आत्मसात् गर्न आवश्यक छ ।
हाम्रो प्रतिबद्धता स्पष्ट छ, भरोसा केवल नाममा होइन, काममा पनि देखिनुपर्छ । सदस्यको विश्वास हाम्रो सम्पत्ति हो, पारदर्शिता हाम्रो पहिचान हो र सदस्यको समृद्धि हाम्रो गन्तव्य हो । चौँथो स्थापना दिवसको अवसरमा सम्पूर्ण सदस्य, कर्मचारी, शुभेच्छुक तथा सहकारी अभियानमा आबद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद !

Previous Post

बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

विश्वास, पारदर्शिता र सदस्यको समृद्धि नै हाम्रो प्राथमिकता

November 28, 2026
बहस

बहस

November 28, 2026
१२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

१२औँ धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली खेलाडी जुलियस मुरियुकोलाई

November 28, 2026
साधारणसभा गर्दै महेन्द्र पुस्तकालय

साधारणसभा गर्दै महेन्द्र पुस्तकालय

November 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version