For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

उपमहानगरपालिकाले दियो, ठेकेदारलाई मौका

byDainik Nepalgunj
September 21, 2024
in News, मुख्य समाचार
0 0
0
उपमहानगरपालिकाले दियो, ठेकेदारलाई मौका
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

ठेक्का लिने र समयमै काम नसक्ने प्रवृत्तिमा कुनै न कुनै बहानामा म्याद थप हुने गरेको छ । ठेकेदार ठेक्का लिएर काम नगर्दा पनि निर्धारित समयसम्म कुर्नुपर्ने, त्यसपछि ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाँदा थप व्यायभार बढ्ने भएकाले पनि सकभर म्याद थपेर भएपनि निर्माण कार्य सक्ने गरिएको पाइन्छ । तीन तहकै सरकारका पूर्वाधार निर्माणका योजनाहरू समयमा नसकिंदा पटकपटक म्याद थप हुने गरेको छ ।

त्यसको पछिल्लो उदाहरण हो परसपुर–गौघाट सडक खण्ड । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिंदा त्यहाँ २० प्रतिशत मात्र काम भएको थियो । संघीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । नेपालगन्जको परसपुर देखि गौघाट सम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो ।

स्थानीय तहले पनि लगाएका ठेक्काहरू समयमा नसिकने गरेका छन् । समयमा नसकिएका ठेक्काहरूका ठेकेदार म्याद थपका लागि विभिन्न बहाना बनाउने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले गत भदौंमा सम्पन्न नभएका १९ वटा योजनाको म्याद गरेको छ ।

भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण सम्पन्न गर्ने म्याद गुजारेका १९ वटा योजनाहरूको निर्माण सम्पन्न मिति कार्तिक मसान्तसम्म लम्ब्याएको छ । यद्यपि, यसपटक उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाले म्याद थपको निर्णय गर्दा उल्लेख गरेको छ, ‘म्याद भित्र नसकेमा ३ महिना पूर्व निर्धारित क्षतिपूर्ति लिई कार्यान्वयन गर्ने र सो समयावधीभित्र पनि नसकेमा कारवाही प्रक्रिया अगाडि बढाउने ।’

नेपालगन्ज उपमहानगर पालिकाले १५ वटा ठेकेदार कम्पनी र ४ वटा उपभोक्ता समितिबाट अगाडि बढाइएका योजनाहरूको म्याद थप गरेको हो । जसमध्ये अधिकांस सडक निर्माणका योजना रहेका छन् ।

उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार, गत जेठ ३० गते सम्पन्न हुनुपर्ने सुर्जीगाउँचोकदेखि क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी बाटो पिच, असार १५ गते सम्पन्न हुनुपर्ने जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो निर्माण, असार ८ गते सकिनुपर्ने वडा नं. १३ बाबु गाउँ जाने पिच देखि गंगापुर हुँदै पिच बाटोसम्म जोड्ने सडक निर्माण योजना, जेठ १५ मा सम्पन्न हुनुपर्ने वडा नं. १६ सुर्खेतरोड हाइवेदेखि जामा मस्जिद हुँदै शिवमन्दिर जाने बाटो, बसपार्कदेखि सुर्जेगाउँ जाने बाटो र अन्य सडक निर्माणको म्याद थप गरिएको हो ।

त्यस्तै, गत असार ५ देखि १५ गतेसम्म सम्पन्न भैसक्नुपर्ने नगरपालिकाको विभिन्न स्थानामा छुटेको पिच निर्माण, पासाङ्ग ल्हामु मार्ग निर्माण, रत्न राजमार्ग मिडियन व्यवस्था गर्ने, सुर्खेतरोड गणेशमानचोक देखि कारकाँदोचोकसम्म फुटपाथ व्यवस्थापन तथा सौन्दर्यीकरण, बागेश्वरी चिल्डे«न पार्क न्यूरोड निर्माण, जिप्रका पश्चिम रितु पनको घरदेखि सेन्ट थोमस स्कुल हुँदै पूर्व जाने सडक, कुलिङ्ग सेन्टर निर्माण, घर नम्बरिङ्ग योजना, वडा नं. ९ विष्णु लामाको घरदेखि पशुपति मन्दिर जाने सडक मर्मत योजनाको म्याद थप गरेको हो ।

त्यस्तै, उपभोक्ता समितिबाट गत असार १५ गतेसम्म सम्पन्न हुनुपर्ने वडा नं. २ हनुमानगढी निर्माण कार्य, वडा नं. २३ वडा कार्यालय भवन निर्माण कार्य, श्री नेपालगन्ज कन्या मा.वि.मा खानेपानी र मर्मत कार्य, वडा नं. २० खोप केन्द्र निर्माण कार्यको पनि कार्तिक मसान्तसम्म म्याद थप गरिएको छ ।

नेपालगन्ज उपमहानगर पालिकाको गत भदौ ९ गते भएको कार्यपालिका बैठकले निर्माण योजनाको म्याद थप्ने बाहेक विभिन्न सात वटा निर्णय गरेको थियो ।

उपमहानगरपालिका कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको जग्गा प्राप्ति तथा मुआब्जा वितरण कार्यविधि २०८१ र सार्वजनिक निजी साझेदारी मञ्च (कृषक) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ आवश्यक छलफल पछि स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कार्यपालिका बैठकले नेपालगन्ज उपमहानगरपालिकाको बालमैत्री स्थानीय शासन नीतिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि नतिजामूखि कार्ययोजना २०८१÷०८२ स्वीकृत गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, उपमहानगरपालिकाको कार्यपालिका बैठकले अपांगता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि अनुसार स्थानीय समन्वय समितिमा अमृता कुमारी सिंहलाई सदस्य मनोनित गर्ने गर्ने निर्णय गरेको थियो ।

Previous Post

आन्तरिक श्रोत कमजोर भएका प्रदेशलाई संघीय राजस्व बढाउनुपर्छ

Next Post

लायन्सद्वारा रक्तदान

Next Post
लायन्सद्वारा रक्तदान

लायन्सद्वारा रक्तदान

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version