दैलेखी समाजले बुधबार युवा विद्यार्थीहरूलाई लक्षित गरी लागुऔषध विरुद्ध जनेचतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
समाजका अध्यक्ष पूर्णदेव गिरीले विभिन्न संघ, संस्थासँगको समन्वयमा समाजले मध्य तथा सुदूरपश्चिमबाट बाँकेमा अध्ययन तथा बासोबास गर्ने युवा विद्यार्थीहरूलाई लक्षित गरेर लागुऔषध विरुद्ध सचेतनाको कार्यक्रम आयोजना गरेको बताए ।
दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, प्रहरी कमला चौदरी, कमला चन्द, समाजका बरिष्ठ उपाध्यक्ष डिल थापा, सचिव गणेश बहादुर खड्का, सदस्य खेम राज माँझि र विद्यार्थी समाज बाँकेका अध्यक्ष हिरामणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।
१ सय ५० बढी विद्यार्थी सहभागी भएको कार्यक्रममा समाजका अध्यक्ष गिरी, प्रशिक्षण सामुदायिक प्रहरी सेवा केन्द्रका जोशीले गरेका थिए ।





























