- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् ।
- अमेरिकी सहयोग नियोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’ मा सरकारसँगै गैरसरकारी क्षेत्रमा कार्यरत संघ, संस्थाहरूले विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
- चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
- झन्डै २३ वर्ष अगाडि १८ कठ्ठा १५ धुर क्षेत्रफलमा ७ वटा टर्फ विकेटसहित वीरगन्जमा निर्माण भएको क्रिकेट मैदान अहिले अलपत्र छ । सरकार र राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदान निर्माण हुने क्रममा केही जग्गा धनीको जग्गाको मुआब्जा विवाद समाधान नगरिदिँदा मैदानको उचित रेखदेख समेत हुन सकेको छैन ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले कमलामा रहेको पुरानो पुललाई मर्मत गर्ने की नया पुल बनाउने विषयमा प्रविधिकहरूले अध्ययन गरिरहेको बताए ।
- सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ ।
- सूचना प्रविधि र टेलिकम्युनिकेसन सेवा निर्यातबाट एक महिनामै ८३ करोड २७ लाख रुपैयाँ खुद विदेशी मुद्रा आर्जन भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
- त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका हुन् ।