For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जुन देशमा सबै दङ्ग छन्

byDainik Nepalgunj
September 27, 2024
in विचार
0 0
0
जुन देशमा सबै दङ्ग छन्
Share on FacebookShare on Twitter

नेपालमा कतिपय बुद्धिजिवीहरू निकै दङ्ग छन् उनीहरूलाई महारागन्ज र लैनचौरले राम्रो भन्दिएको छ । पश्चिमा पालित पोषित उपाधिधारीहरूले प्रशंसा गरिदिएका छन् । कतिपय बाआमा दङ्ग छन् उनीहरूका छोराछोरीले तेल लाउने भिसामा यूरोप, अष्टे«लिया र अमेरिकातिर बोलाउने भए भनेर । समाजमा आफ्ना सन्तान विदेश त्यो पनि यूरोप अमेरिका र अष्ट्रेलिया भएको शान झारेर हिँड्न पाउने भएकोमा पनि दङ्ग छन् । उपभोक्तावादको जुठो खाएर हुर्केको पुस्ता यसैपनि झनै दङ्ग हुने भयो उसका बाआमा कोठाभित्र मर्न तयार भएका छन् उनीहरूलाई विदेश पठाएर । पार्टीहरू यसै दङ्ग छन् उनीहरू समृद्धि, नयाँपन, लोकतन्त्र, गणतन्त्र, क्रान्ति, परिवर्तन आदि इत्यादिका झाँसा मै जनतालाई उल्झाउन पाएकोमा । यसैमा उल्झाएर आफुहरू जसरी पनि जहिले पनि सत्ताको मझेरीमा तरमार्न पाएका छन् । घण्टे, चौक,े ढोके, कोठेहरू पनि दङ्ग छन् एकाएक सत्ताको मैजारो पार्न पाएकोमा । हरेक पल हरेक क्षण जनताको खुन पसिना चुच्न र राज्यको ढुकुटी लुट्न पाएको नेता र यसका भरौटेहरू उसै दङ्ग छन् ।

सबै दङ्दास भएको अवस्थामा को कसको स्वार्थमा उपयोग प्रयोग भएको छ भन्ने कतिलाई थाह पाएर दङ्ग छन् त कति लहैलहैमा पनि दङ्ग छन् । घटना एउटा हुन्छ तर अर्थ अर्को ब्याख्या गराएर नेपाली मिडिया त झन तारे होटलको नास्ता, दशैंको खाम, उचालेको नाम, विज्ञापनको बाम, पाएरै दङ्ग देखिन्छन् । जे अराइन्छ देखि लेखिन्छ । स्वार्थ जसकोसुकै होस् ।

श्रीमानहरू खाडीमा सडेर भएपनि मोबाइल स्कूटी होटलतिरका पार्टीसार्टी र कार्यक्रम पिच्छे फरिया फेरेर पेटीकोटहरू पनि दङ्ग छन् । अपराधीलाई बचाउन कस्सिएर लाग्दा आउने मनग्य दामले कालाकोटहरू पनि दङ्ग छन् । ल्याब देखि औषधिसम्ममा आउने कमिशनले सेताकोटहरू पनि दङ्ग छन् ।

विश्वका शक्तिराष्ट्रको स्वार्थमा यहाँ कथा कोरिन्छ, नेता फेरिन्छ, जनताको हवा हेरिन्छ, अनि दङ्दास कार्ययोजनामा काम गरिन्छ । यसैको पछिल्लो उदाहरण हो एमसीसी, इण्डोप्यासेफिक, दरबार हत्याकाण्ड, गणतन्त्र, धर्मनिरपेक्षता, आदि इत्यादि । चरणबद्ध रूपमा काम भै रहेको छ । हामी न नागरिक बन्न सकेका छौं न आफ्नो देशको मान्छे नै बन्न सकेका छौं । आफ्नो अस्मिता आफै लुटाउन तँछाड र मछाड गर्ने जमातमा को नाइके हुने प्रतिष्पर्धा मात्रै छ ।

अब मुस्ताङमा बौद्ध विश्वविद्यालय पनि बन्ला, तराईमा अर्को हवाइ अड्डा पनि बन्ला, नेपालीका छोराछोरीले अमेरिका यूरोपतिर भिसा सजिलै पनि पाउलान् र श्रमिक भिसा पनि खुल्ला । थप विपत्तिको योजनाहरूलाई विकासको पगरी गुँथाएर होटलहरूमा सेमिनारहरू पनि हुनेछन् । खाजा भत्ता र ब्यागहरू पनि वितरण हुनेछन् छात्रवृतिका कोटाहरू पनि बढ्ने छन् । विद्यालय र क्लबहरूले रङ्ग्याएका गाडी र एम्बुलेन्सहरू पनि पाउने छन् । अनि हामी यसै दङ्ग उसै दङ्ग दङ्गै माथि दङ्ग भएर सपनामा खोले खाने छौं ।

हिजो नेपाली आपसमा लडेर मर्दा को आयो बचाउन ? आज बंङ्गाली आपसमा लडदै गर्दा को गाछ बचाउन ? आगो लगाउने भटिन्छन् तर निभाउने भेटिन्नन् ।

कतिपयलाई लाग्ने गर्छ ‘नेपालको बारेमा के को चिन्ता लिनु ? देशको चिन्ता लिनु पर्दैन । कमाउने हो खाने पिउने रमाउने हो । बरु गाडी सस्तो हुनुपर्छ । एनजिओको कार्यक्रमहरूमा गैरहन र आसनग्रहण गरेर भत्ता बुझिरहन पाए हुन्छ । खल्तीमा पैसा र समानमा च्वाइस हुनु पर्यो, टिकटक, रिल, इन्स्टा र पोर्न साइडहरू खुलिरहनु पर्यो बस । देश जो जो ले जता जता लैजाए पनि लैजाओस् ।’ यो लगभग आम सोचाइ मात्रै होइन विद्यालय पढ्ने केटाकेटी देखि चिया पसलमा बसेर गफ चुट्ने सम्मको आम बोली बनि सकेको छ अहिले । सबै दङ्ग छन् यसैमा ।

यहाँ केहि सकारात्मकताको अलाप गरेर कहिल्यै नथाक्ने स्वघोषित बौद्धिक जमात छ जसलाई बिग्रेको भत्केको नैतिक पतन भएको आदि इत्यादिमा पनि न भन्ने शब्द नलगाइकन बोलेपछि सबै सप्रिन्छ भन्ने लाग्छ । चोरलाई चोर र वेश्यालाई वेश्या भन्ने आँट यो समाजबाट लुप्त भैसकेको छ । लिएर नतिर्ने, तिर्न परे अधिकार खोज्ने गरिन्छ । चोर, ठकहरूको जुलुसमा अधिकार खोजिन्छ । बैंक र सहकारी ठगहरूको लावालस्कर देखिन्छ । बलात्कारीको वकिल पनि गतिलो र सित्तै भेटिन्छ ।

हरेक दश बर्षमा नयाँ काण्ड हुन्छ नेपालमा । १९८७ को मकैको खेती काण्ड देखि २०७२ सम्मको संविधान काण्डसम्म सबैको फ्रिक्वेन्सी दश दश बर्ष नै छ । यो संयोग हो या प्रयोग अब पनि भनि रहन पर्छ जस्तो लाग्दैन । अब ८२ आउँदै छ । भन्न त मिसन ०८४ भनेका छन् । तर २०८२ सालमा मकैको खेती काण्डको ८४ बर्ष पुरा हुने भएकोले मिशन ८४ भनेको बिक्रम संवत २०८२ नै पनि हुनसक्छ । यहाँसम्ममा नेपालीको पुरै हुर्मत काण्ड देखि डलरको खेती काण्ड सम्म थप मौलाउनेमा कसैले शंका गर्ने ठाउँ छ जस्तो लाग्दैन ।

इण्डो प्यासफिक रणनीतिको बेसक्याम्प बंङ्लादेशमा तयार हुँदैछ । नागा, मणिपुर मिजोरममा पहिल्यै आगो बालेर सेक्ने काम भैसकेको छ । आसामतिर पनि बल्दै छ । नेपालमा श्रीलंङ्का र बंङ्गलादेशको जस्तो बनाउने धाकधम्की र घुर्कीहरूको बर्षात जारी छ । यसैका केहि समुहहरू दङ्ग छन् ।

चीनको आर्थिक ऋण सहयोगबाट बनेकै कारण पोखरा विमास्थल चल्न दिइएन । लुम्बिनीमा चिनियाँ ठेकेदारले बनाएको कारण खण्डहर बनाइँदैछ । चीनको लगानी भएको कारण आफ्नै नागरिकले बनाएको कम्पनी भए पनि भारतले सिमेन्ट किन्दैन । चिनको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता भएको जलविद्युत कम्पनीको बिजुली किन्दैन । तर यहाँ त बने सबथोक बने भनेर नेपाली दङ्ग छन् ।

भारतका तीन राज्य यूपी, बिहार र बंगाल जसको जनसंख्या नै पुरै भारतको झण्डै आधा छ । जहाँ सबैभन्दा ठूलो धार्मिक दङ्गाको आधारभूमि तयार छ । यहिँ कम्यूनिष्ट समाजवादीको लागि उर्वरक समाजिक संरचना छ । गरिबी र अशिक्षा छ । यहाँ नै जन्मदर सबैभन्दा बढि छ । यहाँको विकास भन्दा निकै कम विकास हुन दिने साउथब्लकको नीतिमा नेपालको समृद्धिको कथा लेख्नेहरू यसै दङ्ग उसै दङ्ग छन् । अब कसो गर्ने ? कति उफ्रिने ?

चीन बोल्दैन, बिर्सेका पहाड हिमालतिर साँधी ढुङ्गो सारेको नेपाल दरबारबाट देखिन्न, जनता त्यहाँ पुग्न सक्दैन । मिडियाले त्यहाँ गएर खाम पाउँदैन । जाने दुरबीन लिएर उतै अमेरिका र भारततिरका हुन कि तिब्बती हुन । उनीहरूलाई त्यो साँधीढुङ्गो मुद्दा नै होइन । मुद्दा त चीनले के गर्यो भन्ने चियो चर्चो हो, नेपालको कुन ठाउँमा कस्तो समाजिक संरचना बनाउँदा आफ्नो स्वार्थलाई टेवा पुग्छ भन्ने हो । यसैले नेपाल आउने जति सबै दङ्ग छन् ।

नेपालीले आफ्नो स्वाधिनताको रक्षा गर्दा पानीको धारा काट्ने, दशगजामा बसेर नेपालतिर ढुङ्गा हान्ने, नाकाबन्दी लगाएर तमाशा गर्ने, कि धर्म फेर कि मर भनेर च्याँखे थाप्ने विदेशी नेपालको कल्याणको लागि आएको भनेर भन्ने लेख्ने र बोल्नेहरू आज समाजिक प्रतिष्ठा कमाएको भनेर दङ्ग छन् । म मेरो देशमा आफ्नो स्वनिर्णय गरेर बाँच्न र स्वतन्त्र रहन पाउनुपर्छ भन्नेहरू नै तल्लो बाटो विदेश गएर शराणार्थी पाउँ भनेर निवेदन हाल्न पाउँदा दङ्ग छन् ।

नेपाल र नेपालीको स्वार्थमा कोहि कसैले काँथ थाप्न आएको छैन र भोलिपनि आउँदैन । यो कुरा हरेक नेपालीले बुझ्न जरुरी छ । अँग्रेजी भाषाको नाउँमा नेपाली सकेर हामी कति सभ्य भयौं ? आफ्नालाई मारेर हामी कति स्वतन्त्र भयौं ? कति परिवर्तन र विकास गर्यौं ? धर्म मासेर पूजाका थानमा मुतेर कत्रो क्रान्ति गर्यौं ? आफ्नो सँस्कृतिलाई परसँस्कृतिकरण गरेर कति नै सम्पन्नता हासिल गर्ने हौं ? त्यो पनि हेक्का राखौं । यसैमा दङ्ग नपरौं ।

माक्र्स लेनिन, सटालिन, गान्धी, लोहिया, चे ग्वेभेरा, माआ,े ताओ नेल्शन आदिको कथा हालेर, तिनका तस्वीरमा माला र सलाम ठोकेर नेपाल बन्ने भयो भनेर दङ्ग हुँदै गर्दा विगत आठ आठ दशकमा सबैथोक बनिसक्नु पर्ने होइन र ? तर झन भन्दा झन तन्नम, कुटनीतिक रूपमा फितलो र अस्तित्वहीन, राजनीतिक दुराग्रहको मैदान, समाजिक विग्रह र वैमनश्यतको चुलीमा नेपाल किन पुग्यो त ? यो दङ्दासको पनि हिसाबकिताब हुनुपर्छ, बहस हुनुपर्छ । नेपालको लागि अबको बाटो के हो ? त्यसको खोजी पनि हुनुपर्छ । दुनियाँ शीतयुद्ध देखि बिभिन्न युद्धैयुद्धको लामो कालखण्डबाट आज बहुध्रुबीय अवस्थातिर अग्रसर भैरहँदा नेपालको अबको बाटोको बारेमा बहस घनिभूत रूपमा हुनु पर्छ । असंलग्नताको नीतिमा एकाएक आएको प्रो अमेरिकन नीतिप्रतिको योजनाले नेपाललाई हित गर्नै सक्दैन भन्ने बारे जागरण पनि जरुरी भएको छ । अब यस्सो यतातिर पनि दङ्ग हुने कि !

Previous Post

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

Next Post

उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

Next Post
प्रदूषणमा संलग्नलाई कारबाही गर्न आयोगको आग्रह

उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

July 30, 2026
राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

July 29, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

सरकार–चिकित्सक संघ पाँचबुँदे सहमति

July 29, 2026
खेलाडीले गरे गुरु सम्मान

खेलाडीले गरे गुरु सम्मान

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version