नेपालगन्ज उपमहानगरपालिका स्थित वडा प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा रहने पशुचौपायालाई रिफ्लेक्टिभ स्टिकर बाँधिदिएको छ ।
सडकमा छाडा छाडिएका पशुचौपायाका कारण सवारी साधन दुर्घटना हुँदा मानव तथा पशु दुवै घाइते हुने तथा ज्यान जाने भएकाले त्यसबाट जोगाउनका लागि प्रहरीले पशु, चौपायालाई रातीको समयमा चम्किलो देखिने स्टिकर टाँस गरेको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार, वडा प्रहरी र अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राचोकदेखि वडा नं. ४ सल्यानीबागसम्म फेला परेका २५ वटा छाडा पशुचौपायाको शरीरमा चम्किलो स्टिकर टाँस गरिएको हो ।