नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिकले कोहलपुरमा शाखा विस्तार गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बिहिवार गणपति डेन्टल क्लिनिकको कोहलपुर शाखा शुभारम्भ गरे ।
दन्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठको सञ्चालनमा करिब आठ वर्षअघि सेवा सुरु गरेको गणपति डेन्टल क्लिनिकले कोहलपुरमा आफनो तेस्रो शाखा बिस्तार गरेको हो । डाक्टर श्रेष्ठले मुख स्वास्थ्य सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्दै आधुनिक उपकरणहरू प्रयोग गरि गुणस्तरीय उपचार प्रदान गर्न कोहलपुरमा शाखा बिस्तार गरेको बताए ।
क्लिनिकले नयाँ शाखाबाट दात सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ । सेवा प्रारम्भको उपलक्ष्यसँगै दशै, तिहारको अवसरमा क्लिनिकले सवै दन्त सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको समेत सञ्चालक श्रेष्ठले जानकारी दिए ।
क्लिनिकले नेपालगन्ज मेडिकल कलेज नजिक र लाइफ लाइन जनरल हस्पिटल नेपालगन्जबाट निरन्तर आफ्नो सेवा दिइरहेको छ ।
गणपति डेन्टल क्लिनिकका संरक्षक अशोक श्रेष्ठले भविष्यमा अन्य जिल्लामा पनि शाखा बिस्तारको योजना रहको बताए । उनले बिरामीको घरदैलोमै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्य रहेको पनि जानकारी दिए ।