For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने

byDainik Nepalgunj
October 24, 2024
in News, मुख्य समाचार
0 0
0
देशमा आजः ८ बजे ८ खबर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

थालेका काम समयमा पूरा नहुने र नयाँनयाँ आयोजना थपिने क्रमलाई अन्त्य गर्न सरकारले विशेष ध्यान दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिने कार्यअवधिमा भएका प्रगति सार्वजनिक गर्ने क्रममा आज आफूले जनताको विश्वास र भरोसाका आधारमा जनताका नाममा खाएको शपथलाई जनताकै लागि समर्पित गर्ने अठोट पनि अभिव्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साउन ६ प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा सरकारका पाँचवटा प्राथमिकता प्रस्तुत गर्दा ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको सुनाउनुभएको थियो । सिंहदरबारबाट सम्बोधन गर्दै सय दिनेको उपलब्धि सार्वजनिक गर्दा उहाँले आफ्ना ती भनाइलाई पुनःस्मरण गराउँदै संसद्मा गरिएको प्रतिबद्धताबाट अविचतिल रहने स्पष्ट गर्नुभयो ।

सरकारको पहिलो सय दिनभित्र गर्ने कामको सङ्ख्या दुई सय ७४ वटा पुगेका छन् । तीमध्ये एक सय ८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्ने थियो भन्ने प्रधानमन्त्री ओलीको स्पष्ट सन्देश रहेको छ । गत असोज १० देखि १३ गते अकल्पनीय बाढीपहिरोको चपेटामा मुलुक पर्न गयो । यसै अवधिमा देशभर सात हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्‍यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।

विपत्तिबाट प्रभावित नागरिकको परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढायो । पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनमा सरकारलाई केन्द्रित गर्‍यो । बाढीपहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाको परिवारले रु दुई लाखका दरले राहत पाए । बाढीपहिरोबाट प्रभावित दुई हजार पाँच सय ५५ परिवारलाई रु चार करोड ५० लाख तत्काल राहत प्रदान गरिएको छ । सङ्कटग्रस्त क्षेत्रका ७१ वटा स्थानीय तहमा रु ४३ करोड विनियोजन गरिएको छ । सरकारले बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेको छ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेको छ ।

“ठाउँ–ठाउँमा बाटाहरू भत्किएका थिए, सडकहरू पहिरोले पुरिएका थिए, र पुलहरू बाढीले बगाएका थिए । राजधानी आउने/जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त मानिसहरू डराएका थिए–सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने डर थियो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तर, सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यो । परिणामस्वरूप, राजधानी आउने बाटाहरू चालु अवस्थामा पु¥याए, अब बन्दै बन्दैन भनिएको राजमार्ग हुँदै सवारी साधन चल्न सुरु गरे । यस वर्षको दशैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्षजस्तै करिब आठ लाख १४ हजार दुई सय ४६ पुग्यो । दशैँमा एक लाख ११ हजार एक सय ५४ सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।”

प्रधानमन्त्री ओलीले एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पले अस्थायी बासको लागि दिइने २५ हजार राहतमै पुनःनिर्माण कार्य अल्झिएकामा नयाँ सरकारले कामलाई गति दिएको छ । विपद्का समस्यालाई समेत सम्बोधन गर्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनःनिर्माणको काम अघि बढाउन सरकारले आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेको छ । अब, एक वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएका घरहरू र यस वर्षको बाढी र पहिरोले पीडित नागरिकको आवास पुनःनिर्माण सँगसँगै अघि बढ्ने प्रधानमन्त्री ओलीको उद्घोष थियो ।

उपप्रधानमन्त्री, मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिवसहित उच्चपदस्थ अधिकारी सहभागी सम्बोधन कार्यक्रममा प्रधानमन्त्री ओलीले लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरू दूधको भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको अवगत गराउनुभयो । त्यसैगरी, करिब ७५ हजार उखु किसानहरूले आफ्नो अनुदानबापतको भुक्तानी पाइसकेका छन् । कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहतको श्वास फेरेका छन् । बितेका एक सय दिनमा, तिनीहरूको बीमाबापतको भुक्तानी गर्न रु ८० करोड बीमा प्राधिकरणको खातामा पठाइएको छ । हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको छ । निर्माण सम्पन्न गरेर भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूलाई सङ्घीय मन्त्रालयहरूबाट रु छ अर्ब ७५ करोड यस अवधिमा भुक्तानी दिइसकिएको छ । सुरुआती दिनदेखि नै सरकारले उद्यमशीलताको प्रवद्र्धन गरिरहेको छ । “काम गर्ने युवालाई देशमा केही अवसर छैन, विदेश नै भासिनुपर्छ भन्ने समाजमा जबर्जस्त भाष्य छ । उद्योग मन्त्रालयले एक सय ६५ जना युवालाई खुला आवेदनको माध्यमबाट बिना धितो रु २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेका थियो । ती युवाले आफ्नो व्यवसाय सञ्चालन गरेर कर्जाको सावा/ब्याजको किस्ता भुक्तानीसमेत सुरु गरेका छन् ।” प्रधनमन्त्रीको सम्बोधनमा भनिएको छ । यस वर्ष पाँच हजार एक सय ५८ जना उद्यमीले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गरेका छन् । प्राप्त प्रस्तावमध्येबाट स्टार्टअप उद्यमी छनोट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी गरिएको छ ।

“कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउँछौँ । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौँ ।” भनी संसद्मा गरिएको प्रतिबद्धताबमोजिम काम सुरु भएको पनि प्रधानमन्त्री ओलीले देशवासीलाई अवगत गराउनुभयो ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

Next Post
देशमा आजः ८ बजे ८ खबर

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

    August 16, 2025
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version