- सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताएका छन् ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगी व्यवसायी र प्राधिकरणले न्याय पाउने ढोका खोल्दै तत्कालका लागि उद्योगमा काटिएको लाइन जोड्ने बताएका छन् । ‘उद्योगको लाइन काट्दा मजदुरको रोजीरोटी पनि जान्छ । रोजीरोटी मारेर र मुलुकलाई पर्ने ठूलो समस्या बनाउने गरी लाइन काट्नु हुँदैन,’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले भने ।
- सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
- न्युज एजेन्सी नेपालसँग माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।
- बाढीपहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर मंगलबार बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन् । बाढीपहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि दसैं, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालबस्तु एक महिनादेखि रोकिएका थिए ।
- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश विरुद्धको साफ वुमन्न च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन् । अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।
- तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु खुला रहने भएको छ ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । - नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको निरीक्षण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् ।