For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

गरीब नागरिकलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराउने शंखधर साख्वाः

byDainik Nepalgunj
November 2, 2024
in News, मुख्य समाचार
0 0
0
गरीब नागरिकलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराउने शंखधर साख्वाः
Share on FacebookShare on Twitter

कुनै पनि मुलुकको सम्वत् भनेको समयलाई चिनाउने गणना अर्थात् प्रमुख आधार हो । मानव जातिलाई समयको गणना अपरिहार्य आवश्यक हुन्छ । समयको गणना गर्ने आधार नै सम्वत् हो । इतिहासलाई पल्टाएर हेर्दा नेपालमा धेरै सम्वत्हरु प्रचलनमा आएको र चलनचल्तीमा रहेका देखिन्छन् । जस्तैः विक्रम सम्वत्, ईस्वी सम्वत्, नेपाल सम्वत्, शक सम्वत्, लिच्छवी सम्वत् आदि । इतिहासलाई केलाउँदै, खोज अनुसन्धान गर्दै जाँदा बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातिय, बहुधार्मिक मानिसहरुको बसोबास रहेको नेपालमा यी बाहेक आदिवादी जनजाति, अन्य जातजाति तथा धार्मिक सम्प्रदायका आ–आफ्नै सम्वत् प्रचलनमा ल्याइएको देखिन्छन् । तर, व्यवहारिक रुपमा भने सबै ओझेलमा परेका छन् । अन्य सम्वत्हरु पनि सबै समुदायका मानिसहरुले वर्षमा एक पटक मात्र सम्झने र उजागर गर्ने गरेका पाइन्छन् ।

कुनै पनि मुलुकमा नया“ सम्वत् मूलतः चार तरिका, मापदण्ड र आधारमा प्रचलनमा ल्याइएको देखिन्छ । ती हुन्–

१) कुनै विशिष्ट व्यक्तिको जन्म या मृत्युको दिनदेखि त्यसै दिनलाई आधार बनाएर,
२) गरीब जनताले साहू महाजनस“ग लिएको सम्पूर्ण ऋण तिरी राज्यभित्र अब कसैको ऋण खाएको छैन भन्ने र ऋण मुक्त मुलुकको रुपमा घोषणा गरिएको दिनलाई आधार बनाएर,
३) एउटा युग सिद्धिएर अर्काे युग शुरु भएको दिनलाई आधार बनाएर,
४) राज्यमा एउटा वंश हटेर अर्काे शासक वा वंशको शासन व्यवस्था स्थापना भएको दिनलाई आधार बनाएर ।

नेपाल सम्वत् भने माथिका चार आधारहरु मध्ये दोस्रो आधारमा प्रचलनमा ल्याइएको सम्वत् हो । नेपालमा प्रचलनमा ल्याइएका केही सम्वत्हरु मध्ये एउटा सम्वत् नेपाल सम्वत् पनि हो । नेपाल सम्वत् विक्रम सम्वत् भन्दा करीब ९ सय वर्ष कम मानिन्छ । नेपाल सम्वत् कात्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । प्राचीन समयमा विक्रम सम्वत् पनि कात्तिक महिनाबाटै शुरु भएको थियो । दक्षिण भारतमा अहिले पनि विक्रम सम्वत् कात्तिक महिनाबाटै शुरु गरिने प्रचलन विद्यमान छ भने नेपालमा वैशाख महिनाबाट शुरु हुन्छ ।

अहिलेसम्म उपलब्ध भएका अभिलेखहरुको आधारमा प्राचीन नेपालको इतिहासमा शक सम्वत् सबैभन्दा पहिलेदेखि प्रचलनमा रहेको इतिहासकारहरुको ठहर छ । त्यसैले उनीहरुले शक सम्वत्लाई पुरानो सम्वत् हो भन्ने गरेका छन् । शक सम्वत् १८२५ अर्थात् वि.सं. १९६० सालमा प्रधानमन्त्री चन्द्र शम्शेरले गते सहितो सीर नाम गरेर विक्रम सम्वत्लाई सरकारी स्तरमा लागु गराएका थिए । तर सुन चादीका सिक्का अर्थात् मोहरहरुमा भने श्री ५ पृथ्वी वीर विक्रमको राज्यकालको अन्त्यतिर वि.सं.१९६८ सालसम्म शक सम्वत् नै लेखिएको छ । शक सम्वत् १९३३ सालसम्मका असर्फी र मोहरहरु पाइन्छ । यसरी विक्रम सम्वत् सरकारी स्तरमा लागु गरिएको वि.सं.१९६० सालमा र चा“दी र सुनको टकमा पनि लागू गरिएको वि.सं.१९६० सालमै हो ।

नेपालको इतिहासमा उल्लेख भए अनुसार विभिन्न युगमा प्रचलित रहेका सम्वत्हरु यिनै हुन् । मल्लकालीन अभिलेखहरु कुनै कुनैमा कलिगत वर्ष, विक्रम सम्वत्, शक सम्वत् र नेपाल सम्बत् चार वटा सम्वत् एकै साथ प्रयोग गरिएको पनि पाइन्छन् । नेपाल सम्वत् वि.सं.९३६ को शक सम्वत् ८१ साल कात्तिक शुक्ल प्रतिपदाको दिन शुरु गरिएको देखिन्छ । किल हर्न नामक एक विदेशी इतिहासविद्का अनुसार त्यो दिन ईस्वी सन् ८७९ सालको अक्टूवर २० तारिखमा परेको थियो । यो नेपाल सम्वत् भक्तपुरमा राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवको शासनकालमा काठमाडौं निवासी व्यापारी शंखधर साख्वाःलाई काठमाडौं उपत्यकाका गरीब जनतालाई ऋणबाट मुक्त गराएकोमा नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिइएको थियो ।

नेपाल सम्वत् शुरु भएको ११४४ वर्ष पूरा भएर यही २०८१ कार्तिक १७ गते शनिवारका दिन ११४५ प्रारम्भ हुन्छ । नेपालीहरुको महान साँस्कृतिक चाँड तिहारको चौंथो दिन विशेष गरेर नेवार समुदायले मनाउने ‘म्हँ पूजा र नेपाल सम्वत्’ को शुभारम्भ एकै दिन पर्छ । ‘नयाँ सम्वत् भित्राएर ‘म्हँ पूजा’ गर्ने चलन चलाइएको भन्ने सम्बन्धमा प्रसिद्ध संस्कृतिविद् तथा शताब्दी पुरुष स्व. सत्यमोहन जोशीका अनुसार ‘नेपाल सम्वत्’ को प्रचलन शुरु हुनु भन्दा धेरै पहिलेदेखि नै नेवारी समुदायमा ‘म्हँ पूजा’ गर्ने प्रचलन थियो ।’

शंखधर साख्वाःलाई नेपाल सम्वत्को प्रवर्तक हुन् । त्यसैले वि.सं.२०४७ सालमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएपछि २०५६ साल मंसीर २ गते तत्कालीन सरकारले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई नेपालको ‘राष्ट्रिय विभूति’ को सम्मान दिने घोषणा ग¥यो र उनको चित्र छापिएको हुलाक टिकट पनि प्रकाशित गरियो । पछि उनको प्रतिमा भक्तपुरको ठिमीमा स्थापना गरी शंखधर चोक नामाकरण गरिएको छ र शंखधरको नाममा देशका विभिन्न भागमा चोक र मूर्ति स्थापना गरिएका छन् ।

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् हो । आफ्नैपनको आफ्नै मुलुकको नाममा राखिएको हुँदा ‘नेपाल सम्वत्’ मौलिक सम्वत् हो । ‘प्रत्येक सम्वत्मा राजाको नाम हुन्छ, कि त जातिको नाम जोडिन्छ’ संस्कृतिविद् स्व. जोशीको भनाई छ– ‘यसमा नेपाल सम्वत् भनेर देशकै नाम जोडिएको छ । नेपाल सम्वत्लाई किन आफ्नो नमान्ने ?’

जातिय विभेद्का विरोधि राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा पूर्ण रुपमा हुन सकेको छैन । राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिन अझै बाँकी छ । राष्ट्रिय विभूति शंखधरले वि.सं. ९३६ मा तत्कालीन उपत्यकाका गरीब नागरिकलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएका थिए । त्यसकै सम्मानमा तत्कालीन मल्ल राज्यकालमा नेपाल सम्वत् शुरु गरिएको थियो । एकातिर गरीब जनतालाई ऋणको बोझबाट मुक्त गर्नु र अर्कोतिर जातिय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शंखधर साख्वाःबाट आजका पुस्ताले प्रेरणा लिनु जरुरी छ ।

राजनीतिक रुपमा सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्घोषसहित सबै क्षेत्र र समुदायका अधिकार संविधानमा उल्लेख गरे पनि व्यवहारतः अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको पनि बताउनुभयो । राजनीतिक व्यवस्था परिवर्तन भएर राजनीतिक रुपमा सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्य सहित सबै जानताति, क्षेत्र र समुदायका अधिकार गणतान्त्रिक नेपालको वर्तमान संविधानमा उल्लेख गरिए पनि व्यवहारमा अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको अवस्था विद्यमान नै छ ।

विक्रम सम्वत् १९६० अघिसम्म नेपाल सम्वत्ले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाएको थियो भने भारत आसामको कुच विहारका राजा प्राण नारायणले नेपाल सम्वत् अंकित मुद्रा प्रचलन ल्याएको पनि भेटिन्छ । नेपाल सम्वत् प्रचलनमा ल्याइनुका कारणबारे थुप्रै भनाईहरु छन् । इतिहासकार बावु राम आचार्य, डा. डिल्लीरमण रेग्मी र इटालियन इतिहासकार लुसियानो पेटेकले पशुपतिनाथको सम्मान गर्दै नेपाल सम्वत् प्रचलनमा ल्याइएको अड्कल काटेका छन् ।

तर, नेपाल सम्वत् नेवारहरुको मात्रै सम्वत् हो भन्ने जुन भ्रम फैलाएर ओझेलमा पार्न खोजिएको छ । त्यो भने दुखद् पक्ष हो । जुनसुकै जातिका व्यक्तिले शुरु गरेको भए पनि नेपाल सम्वत् हरेक दृष्टिले नेपाल र नेपालीहरुको मौलिक सम्वत् हो भन्ने इतिहासले सावित गरेको छ । यस बारेमा संस्कृतिविद् स्व.सत्यमोहन जोशीको कथन स्मरणीय छ– ‘नेपाल सम्वत् भनेको मुलुकको नाम जोडिएको सम्वत् हो । कसरी नेवारहरुको मात्रै सम्वत् हुनसक्छ ?’ मुलुकमा प्रजातन्त्रको स्थापनापछि नेवार समुदायका प्राज्ञिक, वौद्धिक, राजनीतिक नेता तथा सामाजिक तथा भाषिक अभियन्ताहरुले नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता दिन अभियान थालैकै कारण २०५६ साल मंसीर २ गते तत्कालीन मन्त्री परिषद्ले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई ‘राष्ट्रिय विभूति’ को रुपमा सम्मान गरेर घोषणा ग¥यो भने २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गर्नु भयो । चन्द्र शम्शेरले प्रतिबन्ध लगाएको एक सय वर्षपछि नेपाल सम्वत्ले पुनः राष्ट्रिय मान्यता पाउनु आफैमा ऐतिहासिक महत्वको रुपमा मान्न सकिन्छ ।

यसै सन्दर्भमा सरकारी कार्यालयहरुमा नेपाल सम्वत्लाई पनि प्रचलनमा ल्याउने निर्णय तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारले गरे तापनि त्यो निर्णय कागजमा मात्र सीमित रह्यो भने पछिल्लो समयमा तत्कालीन माओवादी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नेपाल सम्वत् राष्ट्रिय गौरवको सम्वत् भएकोले यसलाई नोट र सिक्कामा अंकित गर्न आफुले पहल गर्ने, नोट र सिक्कामा अंकित गर्न नेपाल राष्ट्र बैंकसंग छलफल गरेर चा“डै निर्णय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने नेपाल सम्वत् राष्ट्रिय सम्वत् घोषणा भइसकेको अवस्थालाई मध्यनजर गरी यसको प्रवद्र्धन गर्न सबै नेपालीहरु लाग्नुपर्ने खा“चो औंल्याउ“दै उहा“ले नेपाल सम्वत्को व्यवहारिक प्रयोग स्वरुप आफ्नो लेटरप्याडमा प्रयोग गर्ने बचनवद्धता पनि व्यक्त गर्दै कार्यान्वयनमा पनि ल्याउनु भएको देखिन्छ ।

यति मात्र होइन, त्यसपछिका नेपाल सरकारका प्रधानमन्त्रीहरुले नेपाल सम्वत् शुभारम्भको अवसरमा नेपाल सम्वत्को ऐतिहासिक, सामाजिक र साँस्कृतिक महत्वका बारेमा सकारात्मक अभिव्यक्ति र प्रतिवद्धता व्यक्त गरेको देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३९ को शुभारम्भको अवसरमा राष्ट्रका नाममा २०७५ कार्तिक २२ गते दिनु भएको शुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको ‘मौलिक सम्वत्’को रुपमा रहेको ‘नेपाल सम्वत्’ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने आशा व्यक्त गर्नु भएको छ ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर साख्वा शताब्दीऔं पछि स्मृतिमा जीवित रहेको बताउनु भएको थियो । नेपाल सम्वत्को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाःकै योगदानका कारण नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुष्ण राख्न समेत ‘नेपाल सम्वत्’ले झकझक्याउँदै आएको बताउनु भएको थियो ।

तत्कालीन ओली सरकारले नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गर्दै नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्धता व्यक्त गरेको थियो । राजनीतिक दलका शीर्ष नेताहरु र सरकार प्रमुखहरुले नेवार जातिलाई खुशी पार्ने मनसायले क्षणिक आश्वासन र प्रतिवद्धता व्यक्त गरेर मात्र पन्छिनु हुँदैन । 

गत वर्ष नेपाल सम्वत् ११४४ को सुरुवातदेखि नै विक्रम संवत् उल्लेख गर्ने तत्कालीज सरकारको घोषणा पछि सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्न शुरु गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मान र नेपालको मौलिक संवत्को कार्यान्वयनको सवालमा ऐतिहासिक निर्णय भएका छन् ।

यसअघिका प्रधानमन्त्रीहरु सबैले सरकारी पत्राचारमा ‘नेपाल सम्वत्’लाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय र प्रतिवद्धता नगरिएका होइनन् । तर, विडम्वना नै भन्नु पर्छ कि कार्यान्वयन भने हुन सकेको छैन । नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् सरह व्यवहारिक रुपमा कार्यान्वयन गर्ने पहल राज्य गम्भीर भएको देखिंदैन । यद्यपि यस वर्ष पनि नेपाल सम्वत् ११४४ को अवसरमा वर्तमान माओवादी नेतृत्वको गठवन्धन सरकारले नेपालभरका स्थानीय तहदेखि केन्द्रीय सचिवालयसम्म सरकारले प्रयोग गर्ने लेटरप्याड र पत्राचारमा नेपाल सम्वत् र तिथि मिति उल्लेख गर्ने गराउने निर्णय गरेर परिपत्र जारी गरेको थियो ।

वास्तवमा नेपालका गरीब जनताको ऋणमोचन गरेर ऐतिहासिक योगदान दिए वापत राष्ट्रिय विभूतिको रुपमा राज्यबाट सम्मानित शंखध्वर साख्वाः जस्ता महान् व्यक्ति एवम् देशको सार्वमौमिकताको रक्षा, प्रजातन्त्रको स्थापना र जनाधिकारका लागि वलिदान दिने व्यक्ति र अमर शहीदहरुको सम्मान र सम्झनाको लागि पनि उनीहरुको नाममा ठाउँ–ठाउँमा मूर्ति स्थापना, चोक नामाकरण जस्ता काम गरिनु पर्दछ । जस्ले गर्दा विश्व सामु नेपाल र नेपालीको शिर ठाडो हुँदै जाओस् । तर, मुलुकमा बदलिंदो राजनीतिक परिवेशबाट गुज्रीरहेको वर्तमान समयमा देश र जनताको लागि आत्माहुति गर्ने व्यक्तित्वहरुको नाममा स्थापना गरिएका शालिक, मूर्ति, चोकहरु भत्काउने र इतिहासलाई मेट्ने प्रवृत्ति यदाकदा देखिनु दुःखद् पक्ष हो । कुनै पनि आस्था, विचार वा संकीर्ण विचारबाट प्रेरित भएर, अरुको अस्तित्व अस्वीकार गरेर इतिहासलाई मेट्ने प्रयास गर्नु अवश्य पनि राम्रो कुरा होइन । यस्तो प्रवृत्ति झाङ्गिदै गयो भने भोलिका पुस्ताले हामीलाई चिन्न सक्दैनन् र हाम्रो अस्तित्व पनि मेटिंदै जान्छ ।

बाँके जिल्लामा नेवारी भाषा, संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि नेपाल सम्वत् ११२० अर्थात् वि.सं.२०५६ सालमा स्थापित र क्रियाशील नेवाः पुचः बाँके र नेवा देय दबू बाँके शाखाको अगुवाई र अग्रसरतामा बाँके जिल्लामा पनि नेवारी संस्कृति परम्पराको जगेर्ना गर्न विभिन्न गतिविधिहरु सञ्चालन गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान र नेपाल सम्वत्को महत्वको बारेमा नयाँ वर्षको शुभारम्भ म्हँः पूजाको दिन शुभकामना आदान प्रदान तथा न्हुँ दँयाः भिन्तुना ¥यालीको आयोजना गर्दै सचेतना फैलाउने काम गर्दै आएको छ । यस वर्ष पनि शनिवारका दिन नेपालगन्जको गणेशमान चोकबाट शुरु गरिने ¥यालीले नेपालगन्जको विभिन्न टोलको परिक्रमा गर्दै राँझा विमानस्थल स्थित भीमसेन थान मन्दिर परिसरमा पुगेर शुभकामना आदान प्रदान र सगुन दिने कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय विभूति शंखधर शाख्वाः कुनै जातजातिको नभई राष्ट्रिय व्यक्तित्व हुन्, जसले तत्कालीन समयमा मुलुकभरका ऋणीहरुले राज्यबाट लिएको ऋण चुक्ता गरिदिएर ऋण मुक्त देशको रुपमा नेपालको पहिचान गराएकै कारण नेपालको नामबाट मौलिक सम्वत् नेपाल सम्वत्को प्रतिपादन गरेर प्रचलनमा ल्याउन सफल भएका थिए । यस्ता व्यक्तित्वलाई कुनै जातजाति, समुदाय, भाषाभाषी, आस्था भन्दा माथि उठेर संकुचित सोंच भन्दा माथि उठेर अलग रहेर सम्मान गर्नु आफ्नो र देशकै सम्मान बढ्नु हो भन्ने सकारात्मक सोंचको विकास हुनु आवश्यक छ ।
नेपाल सम्वत् र ‘म्हँ पूजा’ ः

तिथिको हिसाबले नेपाल सम्वत् र ‘म्हँ पूजा’ एकै दिन अर्थात् कार्तिक प्रतिपदाको दिन पर्दछ । ‘म्हँ’ को शाब्दिक अर्थ नेवारी समुदायमा ‘म्हँ पूजा’ धुमधामका साथ मनाउने प्रचलन रहेको छ । नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता भए जस्तै ‘म्हँ’ को शाब्दिक अर्थ ‘देह या शरीर’ भन्ने बुझाउँछ र यसर्थमा ‘म्हँ पूजा’को अर्थ आफ्नो देहप्रतिको आदरयुक्त याचना हो । ‘म्हँ पूजा’ कै दिन आत्मतत्वलाई वोध गराउने अनि सजीवताको आभास गराउने दिन पनि हो । नेवारी भाषामा ‘म्हँ’ शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा व्यापक रूपमा बोलिचालीका वाक्याँशमा प्रयोग भएको पाइन्छ ।

‘म्हँ पूजा’ कै दिन नेपाल उपत्यका भित्र, बाहिर र विदेशमा रहेका जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल सम्वत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हू दँ या भिन्तुना” (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातिय एकता र पुख्र्यौली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको ‘म्हँ पूजा’लाई आफ्नो–आफ्नो परम्परागत र प्रचलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाउने गरिन्छ ।

नेपाल सम्वत् भक्तपुरमा राजा आनन्द देव (वि.सं.९३०) र ललितपुर र काठमाण्डौंमा राजा राघवदेवको शासनकालमा प्रचलनमा ल्याइएको ‘नेपाल सम्वत् र म्हँ पूजा’को बारेमा कक्षा–६ को पाठ्यपुस्तकमा लेखिएको छ– ‘कात्तिक शुक्लपक्षको प्रतिपदाका दिन भव्य समारोह गरेर ऋण मोचनको घोषणा गरिएको थियो । उक्त समारोहमा तत्कालीन मल्ल राजाले के भनेका थिए भने ‘मानवता नै सबैभन्दा ठूलो कुरा हो । बाहिरको ईश्वरभन्दा मानिसको आत्मामा बास गर्ने ईश्वरको पूजा गर्नु नै मानिसको कर्तव्य हो ।’ उनले यस्तो तर्क राखेपछि मानिसको पूजा वा आत्मपूजाका रूपमा ‘म्हँ पूजा’ गर्ने प्रचलन पनि चलेको भन्ने किम्बदन्ती छ । त्यसैले नेवारी समाजमा आज पनि म्हँ पूजाको विशेष महत्व रहेको छ । शंखधरले मानव सेवा, परोपकार र मानव कल्याणका लागि मानव पूजा गर्नुपर्छ भन्ने विचार राखेको पाइन्छ । “परमात्माभन्दा आत्मा नै महान्” भन्ने पवित्र विचारले कालान्तरमा ‘‘म्हँ पूजा’’ प्रचलित हुन गएको पाइन्छ ।

नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाः
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हू दँ या भिन्तुना’ भन्दै नेपालभर र विदेशमा समेत ‘भिन्तुना ¥याली’ निकाल्ने गरिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम सम्वत्को कार्तिक शुक्ल पक्षका दिनमा नेपाल सम्वत्को प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शम्शेरको पालासम्म सरकारी कार्यालयमा नेपाल सम्वत्को प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस सम्वत्मा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको छ र यस सम्वत्मा ३५४ दिनको एक वर्ष हुन जान्छ ।

नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः १. कछला २. थिंला ३. पोहेंला ४. सिल्ला ५. चिल्ला ६. चउला ७. वछला ८. तछला ९. दिल्ला १०. गुँला ११. येंला १२. कउला नामाकरण गरिएको छ ।

प्रत्येक महिनाको पहिलो पक्षलाई ‘थ्व’ र पछिल्लोलाई ‘गा’ जोडेर नामाकरण गरिएको छ । त्यसैले १५ दिनको एक महिना हुन्छ । जस्तै ः ‘कछलाथ्व’ र ‘कछलागा’ भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस सम्व्तलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा भने यस सम्वत्को व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।

नेपाल र नेपालीको आफ्नै मौलिक सम्वत् “नेपाल सम्वत् ११४५” को शुभारम्भको अवसरमा सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ०००

 (लेखक नेवाः पुचः बाँकेका संरक्षक परिषद्का संस्थापक पार्षद् तथा २०३२ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा क्रियाशील छन् । –सम्पादक)

Previous Post

स्वागत गरिंदै नेपाल सम्वत्

Next Post

नेपाल संवत् ११४५ सुरु

Next Post
नेपाल संवत् ११४५ सुरु

नेपाल संवत् ११४५ सुरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version