- यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
- चालु आर्थिक वर्षको असोजमा कित्ताकाट बढेको छ भने घरजग्गा कारोबार र राजस्व घटेको छ । भदौ सुरु भएयता कित्ताकाट रोकिएपछि साउनको तुलनामा भदौमा कित्ताकाट, घरजग्गा कारोबार र राजस्व घटेको थियो ।
- चालु आर्थिक वर्षको असोजमा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाालीबाट २१ वटा उद्योगमा १५ करोड १० ला रूपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
- काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
- सिरहामा यात्रुवाहक बस पल्टिँदा पाँच जना घाइते भएका छन् । मिर्चैया नगरपालिका-७ बक्री बजारस्थित मिर्चैया-कटारी राजमार्गमा बस पल्टिएको हो ।
- कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका छन् । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ ।
- कैलाली र डडेल्धुराबाट साढे ४ लाख बढी नगदसहित ३७ जना पक्राउ परेका छन् । कैलालीबाट ९ र डडेल्धुराबाट २८ जनालाई चार लाख ६८ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नाराका सहदेब भट्टको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ३२ वर्षीय नेत्र साउदसहित ९ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २६ हजार ४२० रुपैयाँ नगद र तास बरामद गरिएको प्रहरीले जनाएको छ । - पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ ।