For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पुराना बेवारिसे, करोडौं लगानीमा नयाँ बन्दै

byDainik Nepalgunj
January 25, 2024
in News, Sports
0 0
0
पुराना बेवारिसे, करोडौं लगानीमा नयाँ बन्दै
Share on FacebookShare on Twitter

देवेन्द्रराज पौडेल

वि.सं. २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा त्यसबेला बनेका खेल पूर्वाधारका कारण खेल क्षेत्रमा बाँकेको कायापलट हुने विश्वास व्यक्त गरिएको थियो । आठौं राष्ट्रिय खेलकुद हुँदा अधुरा पूर्वाधार पछि पूरा भए ।

पूर्वाधार तयार भएको बर्षौ भएपनि ती खेल पूर्वाधारको स्वामित्व अझै सुनिश्चित हुन सकेको छैन । जसले गर्दा खेल पूर्वाधारको प्रयोग, संरचना मर्मत, सम्भार र संरक्षण हुन सकेको छैन ।

भएका अर्बौको खेल पूर्वाधार उपयोगविहीन भैरहँदा नेपालगन्ज रंगशालामा एथलेक्टिस सेन्थेटिक ट्रयाक निर्माण भैरहेको छ । ११ करोड ६४ लाख ६४ हजारमा लागतमा सेन्थेटिक ट्रयाक निर्माण भैरहेको छ, करिब आधा अर्ब खर्चेर बनाइएको नेपालगन्ज रंगशाला मैदानमा । त्यहीँ सुटिङ्ग रेन्ज, भारोत्तोलन एकेडेमी, अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी छन् ।

अर्बौको पूर्वाधारको उपलब्धी के ? उल्लेखनीय कुनै खेल गतिविधि हुन सकेको छैन, नेपालगन्ज रंगशालामा । लामो समय खेल गतिविधि नै भएको छैन । प्रशिक्षण र प्रतियोगिताको लाभ बाँकेले पूर्वाधार बनेपनि लिन सकेको पाइँदैन ।

त्यसैले होला विहीवार नेपालगन्ज रंगशालमा रहेको कभर्ड हलमा सुरु भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता उद्घाटनका क्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले भने, ‘नयाँ बनाउन अग्रसर हुने तर पुराना संरचनाको बेवास्ता गर्ने ? त्यहीँ लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले रंगशाला देखाउँदै भने, ‘पूर्वाधार बन्यो तर उपयोग हुन सकेन ।’ संरक्षण कस्ले गर्ने भन्ने समस्यामा स्वामित्वको विवादनै कारण रहेको औल्याउँदै थापाले दैनिक नेपालगन्जसँग भने, ‘संरक्षण अभावमा ४० लाखबढी खर्चेर लगाइएको फुटबल मैदानमा बरमुडा घाँसको नामोनिशान देख्न नपाइने भइसक्यो ।’

विहीवारनै प्रदेश खेलकुदका लगायत जिल्ला स्थित खेलपदाधिकारीहरुले रंगशालामै रहेका खेल संरचना प्रयोगको अवस्था अवलोकन गरे । चिन्ता व्यक्त गरे । तर, खेल पूर्वाधारको स्वामित्व लिने र खेल गतिविधि कहिलेबाट सुनिश्चित हुन्छ भन्ने एकीन उनीहरुमा नै देखिंदैन । प्रदेश सदस्य सचिव भट्टराईले नजिकै रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य लेखबहादुर क्षेत्री र दीपेन्द्र विष्टलाई संकेत गर्दै भने, ‘यसरी कहिलेसम्म चल्छ ? ’

आठौं राष्ट्रिय खेलकुद हुँदा नै प्रयोग नगरिएको पौडी पोखरीमा लुम्बिनी प्रदेश स्तरीय एउटा खेल भने केही समय अघि भएको छ । केही समयअघि निजीस्तरमा प्रदेश प्रतियोगिता भएको त्यहीँ यसैवर्ष राष्ट्रिय प्रतियोगिता गर्ने तयारी भैरहेको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसैबेला नेपालगन्ज रंगशालामा प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडीपोखरी, बरमुडा घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ रेञ्ज, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन कोर्ट, बास्केटबल कोर्टलगायतका खेल संरचना निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भट्टराई बाँकेमा आठौं राष्ट्रिय खेलकुद हुँदा बनेका खेल पूर्वाधारहरुको प्रयोगमा आफुहरुको ध्यान पुगेपनि स्वामित्वमा नआउँदा प्रयोगविहीन जस्तो भएको बताउँछन् । ‘यसबारे हामीले पटकपटक राष्ट्रिय खेलकुद परिषद् र केन्द्रमा लेखेर पठाएको छौं, केन्द्र हुने बैठकमा पनि पटकपटक खेल पूर्वाधार स्वामित्वको विषय उठ्ने गरेको छ’, उनी दैनिक नेपालगन्जसँग भन्छन्, ‘तर, अझै स्वामित्व कसले लिने भन्ने टुंगिएको छैन ।’ उनले पूर्वाधार ह्याडओभर गर्न माग गर्दै त्यसो भएमा पूर्वाधारको संरक्षण र खेलकुद गतिविधि परिषद्ले गर्ने बताउँछन् ।

मुलुक संघीयतामा गएपनि केन्द्रबाट त्यसको पालना नभएको सदस्य सचिव भट्टराई बताउँछन् । ‘केन्द्र र हाम्रो ऐन बनिसकेको छ, ऐनमै भएको विषय पनि केन्द्रले कार्यान्वयन गरेको छैन’, सदस्य सचिव भट्टराई भन्छन्, ‘कुनै पनि संरचना बनाउँदासम्बन्धित प्रदेशको खेलकुद निकाय वा स्थानीय निकायसँग सहकार्य गर्नुपर्ने हो, तर नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक बनाउँदा हामीसँग समन्वय नै गरिएन ।’ यद्यपि, सेन्थेटिक ट्रयाक निर्माणका क्रममा गुणस्तर सम्बन्धी उजुरीहरु प्राप्त गरेपछि अनुगमन गरेर सुधार्न निर्देशन दिएको उनी बताउँछन् ।

‘केन्द्रले जुन हिसाबले कोर्डिनेसन गर्नुपर्ने हो नगरिदिंदा धेरै खेल संरचनाहरु सही तरिकाले प्रयोग भएका छैनन्’, सदस्य सचिव भट्टराई भन्छन् ।

तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख भीम ओली आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दा बनेका संरचनाहरु खण्डहर हुँदै गएको बताउँछन् । सरकारले करोडौंका संरचना बनाउन बजेट विनियोजन गर्ने तर त्यसको संरक्षण गर्न र खेल गतिविधिका लागि बजेट विनियोजन नगर्दा खेल पूर्वाधारको अपेक्षित उपयोग हुन नसकेको लुम्बिनी खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव ओली बताउँछन् ।

‘खेलको विकासका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्छ’, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख ओली भन्छन्, ‘अन्य ठाउँमा संघीयता आएपनि अझै खेल क्षेत्रमा आएको छैन ।’ कर्मचारी र खेल क्षेत्रमा अधिकार बाँडफाँड भएको नपाइएको उनी बताउँछन् ।

‘राष्ट्रिय इभेन्ट हुँदा चहलपहल हुने र त्यसपछि शुन्यता हुने गरेको छ’, ओली भन्छन्, ‘नियमित खेल गतिविधि गर्ने, खेल्ने वातावरण तयार गर्ने, खेलाडी उत्प्रेरित गर्ने, प्रशिक्षक तथा खेल्ने सामाग्रहरुको व्यवस्थापन गर्ने हो भने मात्रै पूर्वाधारहरुको उपयोग हुन सक्छ ।’

लुम्बिनी प्रदेश सदस्य सचिव सहित शुक्र भलिबल स्टेडियम पुगेका ओलीले स्टेडियममा संरचना निर्माण आवश्यक रहेको ध्यानाकर्षण गराएका थिए ।

Previous Post

नेपालगन्जको प्रवेशद्धारमा प्रहरीका पाँच चेकप्वाइन्ट, तर के का लागि ?

Next Post

सहायक वन अधिकृत घुस रकमसहित प्रकाउ

Next Post
सहायक वन अधिकृत घुस रकमसहित प्रकाउ

सहायक वन अधिकृत घुस रकमसहित प्रकाउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सीमा आवागमनमा थप सहजताको प्रतिबद्धता

सीमा आवागमनमा थप सहजताको प्रतिबद्धता

August 23, 2026
निराश मतदाता, उत्साहित उम्मेदवार

निराश मतदाता, उत्साहित उम्मेदवार

August 22, 2026
‘नो भोट’ पनि !

‘नो भोट’ पनि !

August 22, 2026
वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

August 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version