अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व. २०८१÷०८२ को हालसम्म ३ सय ७५ वटा उजुरी परेका छन् ।
बाँकेसहित दाङ्ग, बर्दिया र रोल्पा कार्यक्षेत्र रहेको अख्तियारको सम्पर्क कार्यालयमा चालु आ.व.को साउन महिनामा सबैभन्दा बढी ७१ वटा उजुरी परेका हुन् ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा भदौ महिनमा ४१, असोज महिनामा ३१, कार्तिक महिनमा २८, मंसिर महिनमा ३७, पुस महिनमा ४०, माघ महिनमा ३१, फागुन महिनामा ५३ र चैत्रको हालसम्म ४३ वटा उजुरी परेका हुन् ।
अख्तियारमा पर्ने उजुरी मध्ये न्यून मात्रै बिस्तृत अनुसन्धान तथा छानबिनमा पर्ने गरेका छन् ।
पछिल्लो समय पूर्वाग्रही ढंगले उजुरी पर्दा विकास निर्माणका कामहरू समेत अवरुद्ध हुने गरेको सरकारी कार्यालयका कर्मचारीले बताउँदै आएका छन् ।