बुधबार साँझ र राती नेपालगन्जमा हावाहुरी र बर्षा भएको छ ।
साँझ असिना सहितको सामान्य बर्षा भएकोमा राती हावाहुरी सहित ठूलो बर्षा भएको हो ।
यसैबीच, नेपालगन्जमा बुधबार दिउँसोदेखि विद्युत अनियमित सुरु भएको छ । साँझ राती विद्युत अनियमितता बढेको छ ।
हावाहुरी, बर्षा र गर्मी बढेसँगै नेपालगन्जमा विद्युत अनियमित हुँदै आएको छ ।
हावाहुरीका कारण बजार क्षेत्रमा लगाइएका व्यवसाय प्रवद्र्धनात्मक बोर्डहरुमा क्षति पुगेको छ ।