नेपालगन्ज – ११ स्पोटिज् क्लबले एन्फा सी डिभिजन क्वालिफायर प्रतियोगितामा भाग लिने भएको छ । क्बल अध्यक्ष घनश्याम थापाको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि खेलाडी टिम छनोट गर्ने र प्रशिक्षण सञ्चालन गर्ने र्भको हो ।
‘त्यसका लागि छनोट खेल तय गरिएको छ,’ क्लब अध्यक्ष थापाले जनक केसीलाई मुख्य प्रशिक्षक, रविन श्रेष्ठ, सानु तामाङ र रामजीत थारुलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिंदै भने । उनका अनुसार, आज शनिवार नेपालगन्ज रंगशालामा छनोट खेल गरिंदैछ ।
सी क्वालिफायर खेलका लागि भद्रबहादुर थापालाई टिम म्यानेजर र निर्मल चन्दलाई सहायक टिम म्यानेजर नियुक्त गरेको नेपालगन्ज–११ ले सुर्यमणि अधिकारीलाई वरिष्ठ सल्लाहकार मनोनयन पनि गरेको अध्यक्ष थापाले जानकारी दिए ।






























