नेपालगन्जमा दुई हजार बढी गोलीका खोका सहित स्थानीयबासीले दुई जनालाई नियन्त्रणमा लिएका छन् ।
स्थानीयले नियन्त्रणमा लिएका व्यक्तिलाई वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाइएको छ ।
नेपालगन्ज वडा नं. ३ मा चोरीको घटनापछि स्थानीयले राती गस्ती गर्दा करिब ३ बजे १ जना र थप एक जनालाई विहान नियन्त्रणमा लिएका हुन् ।
वडा नं. ३ का वडाध्यक्ष अयुब सिद्दिकीले चोरीको जनगुनासो पछि नियमित टोलबासीले राती गस्ती गर्दै आएको बताए । ‘राती ३ बजेतिर २÷३ जनाले ढुंगामुढा गरेपछि जनताले लखेटे र एकजनालाई समातेका थिए’, उनले भने, ‘२ हजार ९७ वटा जति प्रयोग भैसकेको गोलीको खोका बरामद भएको छ ।’
स्थानीयबासीले चोरले चोरी गर्ने सूचना समेत केही दिन अघि टाँसेपछि चोरीको डरले रातभर मानिसहरु राम्र्रोसँग नसुत्ने गरेको बताए ।