For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

मालपोत र राजस्व कार्यालयमा ‘रेड–स्टीकर’

byDainik Nepalgunj
September 21, 2025
in Blog
0 0
0
मालपोत र राजस्व कार्यालयमा ‘रेड–स्टीकर’
Share on FacebookShare on Twitter

भौतिक क्षतिको प्राविधिक जाँच गर्दै इन्जिनियर टोली

गत भाद्र २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका बाँकेका सरकारी तथा सामुदायिक भवनहरूको स्थलगत प्राविधिक अवस्था अध्ययन गरिएको छ ।

नेपाल इन्जिनियरिङ एशोसियसन, सहरी तथा भवन डिभिजन कार्यालय बाँके र प्रदेश सहरी विकास तथा भवन कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार र शनिवार जिल्लाका सबैजसो क्षति भएका कार्यालयहरुको प्राविधिक अवस्था अध्ययन गरेको हो ।

‘बढी क्षतिग्रस्त करिब सबैजसो कार्यालय भवनको प्राविधिक अवस्था अध्ययन गरिसकेका छौं,’ नेपालगन्ज उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले दैनिक नेपालगन्जसँग भने, ‘यसका आधारमा कार्यालय भवन मर्मतसम्हार र पुनःनिर्माणका आवश्यक प्रक्रिया थालिनेछन् ।’

भवन डिभिजन विभागबाट तयार गरिएको गाइडलाइनको आधारमा टोलीले बाँके जिल्लाभित्रका सम्पूर्ण भौतिक संरचनाको अवस्था चेकजाँच गरी ग्रेडिङ गर्ने काम पुरा भएकोे जनाएको छ । अध्ययनअनुसार, क्षति पुगेका भवनहरूको प्राविधिक मूल्याङ्कन र भविष्यमा मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक सिफारिससमेत गर्ने तयारी भइरहेको छ ।

इन्जिनियर शर्माका अनुसार, अध्ययनका क्रममा जिल्ला मालपोत कार्यालय बाँके, आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालय कोहलपुरको भवनमा रातो स्टीकर लागेको छ । ‘यी कार्यालयहरुमा कागजपत्र बढी भएकाले होला, निकै ठुलो क्षति भएको पाइयो,’ अध्ययन कार्यदलका सदस्य शर्माले भने, ‘यी कार्यालयका विभिन्न भागलाई रेक्ट्रोफिटिङ गरेर खतरा मुक्त बनाएपछिमात्रै सञ्चालनमा ल्याउन सकिने हुनसक्छन् ।’

जिल्ला प्रशासन कार्यालय बाँकेको भवनमा पहेँलो स्टीकर लागेको छ । ‘कतिपय कोठामा निकै क्षति पुगेकाले बनाएरमात्रै कार्यालय सञ्चालनमा ल्याउनुपर्ने हुन्छ,’ अध्ययन कार्यदलमा सहभागी इन्जिनियर प्रदीप पराजुलीले दैनिक नेपालगन्जसँग भने, ‘सिडिओ कार्यालयमा पहेँलो स्टीकर लगाइएको छ ।’

जिल्ला अदालत, उच्च अदालत, कृषि ज्ञान केन्द्र, मालपोत, नापी, सरकारी वकिलका कार्यालय, भन्सार कार्यालय लगायतका सबैजसो क्षतिग्रस्त कार्यालयको प्रारम्भिक प्राविधिक क्षति जाँच गरिसकिएको अध्ययन कार्यदलले जनाएको छ । ‘भन्सार, कृषि ज्ञान केन्द्र, सरकारी वकिलको कार्यालयको अवस्थाले ग्रीन स्टीकर लागेको छ,’ इन्जिनियर शर्माले भने ।

संयुक्त टोलीले तोकिएको मापदण्डअनुसार प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्ने जनाएको छ । ‘हाम्रो टोलीले आवश्यक अध्ययन सकेकाले त्यसको अध्ययन प्रतिवेदन सम्बद्ध निकायलाई बुझाइनेछ,’ टोलीका सदस्य इन्जिनियर प्रदीप पराजुलीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, नेपाल इन्जिनियरिङ एशोसियसन लुम्बिनी प्रदेशका प्रतिनिधि रुपेश परियार, नेपालगन्ज उपमहानगरपालिकाबाट निमेष शर्मा, सुरज शर्मा, सहरी विकासबाट कृष्ण आचार्यसहितको टोली यो अध्ययनमा सक्रिय रह्यो ।

अध्ययनका लागि इन्जिनियर प्रदीप पराजुली, सुरेन्द्र बोहरा, मोहन ओली, हेमन्त बुढाथोकी, यज्ञ खत्री लगायतका प्राविधिकहरु प्राइभेट कन्सल्टेन्टका रुपमा नेपाल इन्जिनियरिङ एशोसियसनले जिम्मेवारी दिएको बताइएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा अराजक समूले बाँकेका दुई दर्जनबढी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका कारण निकै ठ्ुलो क्षति पुगेको छ ।

आगजनी र लुटपाटका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा निकै ठुलो क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको अवस्था उस्तै छ ।

न्यायिक केन्द्र बाँके जिल्ला अदालत र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासको कार्यालय भवनमात्रै ध्वस्त भएन, त्यहाँ रहेका न्यायका अपीलहरु खरानी भएका छन् । न्यायका विरोधी अपराधीहरुले आफुविरुद्धका फाइल खोजीखोजी जलाएको प्रत्यक्षदर्शी बताउँछन् ।

दशौं हजार नागरिकका सम्पत्तिको दस्तावेज रहेको भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्जका कागजपत्र ध्वस्त पारिएका छन् । ‘कतिपयले कागजपत्र जलाउने नियत राखेका देखिन्थे भने अधिकाँश चाहिं सामान लुटपाटमा व्यस्त देखिन्थे,’ प्रत्यक्षदर्शीले दैनिक नेपालगन्जसँग भने ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई पनि आगजनी गरेर ठुलो नोक्सानी पारिएको छ । नेपालगन्ज भन्सार कार्यालय लुटेर सकिएपछि आगजनी गरिएको थियो भने, इलाका प्रहरी कार्यालय जयसपुर, ट्राफिक कार्यालय नेपालगन्जलाई हमला गरेपछि प्रहरीबिहीन भएको थियो । त्यसपछि आजगनी गरिएको थियो ।

जिल्लाबासीको नागरिक अधिकार, सुरक्षा र परिचयको केन्द्र जिल्ला प्रशासन कार्यालय बाँकेमा धावा बोलेको अपराधिक समूहले आन्दोलनकारी युवा जेनजीका आडमा आगजनी गरे, किसानका लागि सहयोग सहजीकरण गर्न खुलेको कृषि ज्ञान केन्द्रसमेत ध्वस्त पारियो ।

जिल्ला हुलाक कार्यालय, जमुनाहा हेल्थ डेस्क,नरैनापुर गाउँपालिकाको कार्यालय

नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय, नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा पनि क्षति पुग्नेगरि आजननी र आक्रमण गरिएको सरकारी तथ्यांकमा उल्लेख छ ।

नेपालगन्जमा रहेका नेपाली कांग्रेस बाँकेको कार्यालय, नेकपा एमाले बाँकेको कार्यालयमा पनि आगजनी गरिएको थियो ।

कोहलपुर क्षेत्रमा आगजनी भएका संरचनाको सूची पनि सानो छैन । कोहलपुर नगर कार्यपालिकाको कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घर, कोहलपुर वडा नम्बर ८, ९, ११ र १२ को कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुरमा आगजनी गरिएको छ । त्यसक्रममा उप–प्रमुखदेखि वडाध्यक्षका घरमा पनि क्षति पुगेको बताइएको छ । ठुला राजनीतिक पार्टीका कार्यालयमा पनि धावा बोलिएको छ ।

कोहलपुर नगर विकास समितिको कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर, कोहलपुर नगरपालिका रोजगार शाखा, नगरस्तरीय युवा सञ्जाल, मालपोत कार्यालय कोहलपुर, नापी कार्यालय कोहलपुर, यातायात व्यवस्था कार्यालय कोहलपुर डेस्क, नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रकोहलपुरमा पनि गत्तिकै क्षति पुग्ने गरि आक्रमण गरिएको थियो ।

नेपालगन्जस्थित, पुष्पलाल चोक, गणेशमान चोक, बीपी चोक र सेतु विक चोक पूर्णतया क्षति पुग्ने गरि त्यसैदिन आक्रमण गरिएका छन् ।

Previous Post

जाजरकोटका युवालाई ‘पब्लिक स्पिच नेपाल अवार्ड’

Next Post

दुई हजार बढी गोलीको खोका सहित दुई पक्राउ

Next Post
दुई हजार बढी गोलीको खोका सहित दुई पक्राउ

दुई हजार बढी गोलीको खोका सहित दुई पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version