नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आफ्नै लगानीमा बागेश्वरी मन्दिरमा ढोका लगाएका छन् । करिब पौने तीन लाख लागतमा बर्माले बागेश्वरी मन्दिरको पश्चिम मूल गेटमा ढोका निर्माण गरी लगाएका हुन् ।
‘पहिले देखि नै बागेश्वरी मन्दिरमा केही भौतिक निर्माण गर्ने चाहना थियो, पश्चिम ढोका जीर्ण भएको देखेपछि ढोका निर्माण गरी लगाएका हो’, वडाध्यक्ष बर्माले भने । उनले अध्योध्या स्थित राम मन्दिरमा रहेको जस्तै कलात्मक ढोका लगाएको जानकारी दिएका थिए ।
वडाध्यक्ष बर्माका बुबा राम बहुरी बर्मा लगायत परिवारका सदस्यहरुले पुजाआजा सहित मन्दिरमा ढोका जडान गरेका हुन् ।
कार्यक्रममा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

