धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।