नेपालगन्जमा धार्मिक आस्थाको केन्द्र हडियाबाबामा आगामी कार्तिक २१ गतेदेखि २५ गतेसम्म पाँच दिने धार्मिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष हडियाबाबा धार्मिक मेला लाग्ने गर्दछ ।
नेपालगन्ज–६ रामनगरमा करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर सहित गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हिडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो । तर, विभिन्न मेला बाहेक दर्शनार्थी कम नै हुने गर्दछन् ।
मन्दिरको प्रचारप्रसार नहुँदा नियमित पुजाआजा गर्न जानेको श्रद्धालुहरू कम भएपनि विभिन्न पर्वका बेला भने घुइँचो लाग्ने गरेको छ ।
हडियाबाबा आश्रम सीमित चन्दादाता र मन्दिरको आन्तरिक आयबाट चलिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । ‘हडियाबाबा प्रति मेरो बुबा निकै आस्था थियो, उहाँको आशिर्वादले नै म सफल छु’, आश्रमको नेतृत्व लिएको बारे धारणा राख्दै अध्यक्ष वैश्यले भने ।
मन्दिर शान्त, सफा र सुन्दर छ, यहाँ गौशाला, हनुमान मन्दिर, त्रैम्बकेश्वर महादेव मन्दिर, लक्ष्मीनारायण ९रामजानकी० मन्दिर, सत्संग हल, पार्क रहेको छ ।
आश्रम परिसरमा रहेको मन्दिरमा टाढाबाट आउने दर्शनार्थीलाई निशुल्क भोजनको समेत व्यवस्था गर्दै आएको पुजारी बताउँछन् । ‘यो आस्थाको केन्द्र हो, धार्मिक पर्यटनको सम्भावना पनि रहेको छ, तर यसको अझै प्रवद्र्धन आवश्यक रहेको छ’, व्यवस्थापन समिति भन्छ ।
आश्रम व्यवस्थापन समितिका अध्यक्ष वैश्यले आगामी कार्तिक २१ ५ गते हुने धार्मिक मेलाका लागि जिम्मेवारी पनि बाँडफाँड गरिरहेको बताउँछन् । त्यसका लागि मन्दिर व्यवस्थापन समितिको आइतबार कार्यसमिति बैठक पनि भएको थियो । ‘विगत जस्तै भव्य रूपमा मेलाको आयोजना हुनेछ, हजारौं दर्शनार्थी, भक्तजन, बाबाहरू मेलामा आउनु हुनेछ’, आइतबार विहान मन्दिर परिसरमा भेटिएका अध्यक्ष वैश्यले मेला तयारीकै लागि नियमित आश्रम आउने गरेको जानकारी दिंदै भने ।
‘नगद सहयोग भन्दा पनि मेलाका बेला कसैले कुनै दिन खानाको, कसैले ध्वनिका लागि दाउराको, कसैले साधुसन्तलाई कम्बलको जिम्मेवारी लिने विश्वास रहेको छ’, अध्यक्ष वैश्यले भने ।
मन्दिर व्यवस्थापन समितिले मेलामा आवश्यक पर्ने दाउरा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका र वन डिभिजन कार्यालय बाँकेले अनुरोध गर्ने निर्णय गरेको छ । शान्ति, सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
भण्डारा व्यवस्थापनका लागि भण्डारादातालाई तिथिमिति तय गर्ने जिम्मेवारी आश्रमका उपाध्यक्ष तेजराम बर्मालाई, रुख विरुवा रंगरोगन
गर्नका लागि आजीवन सदस्य सन्तोष कुमार सिंहलाई जिम्मेवारी दिइएको छ ।