For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

एमालेको महाधिवेशन र यसले लिनुपर्ने बाटो

byDainik Nepalgunj
December 12, 2025
in News, विचार
0 0
0
एमालेको महाधिवेशन र यसले लिनुपर्ने बाटो
Share on FacebookShare on Twitter

देशका कम्यूनिष्टहरुको ठूलो दल एमालेको भोलीबाट एघारौं महाधिवेशन काठमाण्डौंमा हुन गैरहेको छ । महाधिवेशन प्रतिनिघि छनौटमा विवाद भएको र भदौं विद्रोहले सत्ताच्यूत भएपछि के पी ओलीको विकल्प खोज्ने सहि मौका हो भन्ने ठानेका एमालेका ओली इतरका गुटहरुको रस्साकस्सीका बीच एमालेको महाधिवेशनलाई बिषेश महत्वका साथ देशले हेरिरहेको छ । अहिले देशमा सबैजसो सञ्जाल देखि बिभिन्न राजनीतिक मञ्चहरुमा आफ्नो पार्टीको रुपान्तरण भन्दा पनि एमालेबाट के पी ओलीको राजनीतिबाटै बर्हिगमनको चासो बढि भएको देख्न सकिन्छ । केपी ओलीको साथ र भरपुर सहयोगमा एमालेको राजनीतिमा मात्रै नभएर देशको सर्वोच्व पदमा स्थापित भएर पुन एमालेको राजनीतिमा फर्कन चाहेकी विद्या भण्डारीले एमालेभित्र बनाएको ओली विरुद्धको गुटले खडा गरेको नेतृत्व लिन खोजेको समुहले ओलीलाई गलाउने र पाखा लगाउने योजनामा लागेको छ । हुन त राजनीतिमा कोहि पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने मान्यता छ, यसैले विद्या भण्डारीलाई ओलीले लगाएको हिजोको गुन तिर्न आज ओली विरुद्ध लाग्नै नहुने त होइन तर पनि पार्टीलाई जताततैबाट आक्रमण भैरहेको बेला, पार्टीको अस्तित्व रक्षाको आवश्यकतामा ओली जसरी उभिए र एमालेको शक्तिलाई यहाँसम्म पुर्याए त्यसको नेतृत्वको जस ओलीलाई दिन एमालेका बिभिन्न गुटहरुले कतै न कतै कन्जुस्याइँ पो गरेका हुन कि भन्ने चर्चा पनि हुने गरेको छ ।

एमाले नेपालको वापपन्थी पार्टीहरुको मुख्य धारा बनेको छ । दश दश बर्षसम्म वामपन्थको नाउँमा हत्याहिंसाको बाटोबाट शक्तिमा पुगेको प्रचण्डको पार्टीले आफुलाई नेपालको वामपन्थीको मूलधारको पार्टीको रुपमा खडा गर्न सकेन । २०६४ सालमा एमालेको विकल्प बन्ने दौडमा देखिएको पार्टी दोस्रो निर्वाचन मै तेस्रो बनेर गयो । पछि त त्यो पार्टीले आफ्नो अस्तित्व जोगाउन र संसदीय राजनीतिमा उपस्थिति देखाउन कहिले काँग्रेस त कहिले त्यहि एमालेको ओत लिन जानुपर्ने भयो । प्रचण्डलाई अन्तत्तोगत्वा आफ्नो अस्तित्व जोगाउन त्यहि एमालेभित्र ओली विरुद्ध लागेकाहरुको गुटमा लगेर आफ्नो पार्टी विलय गराउन पर्यो । प्रचण्डपथ भनिने बन्दुक धाक धम्कीको राजनीतिको अवसान गरेर एमालेको बहुदलीय जनवादको बाटोमा सबै वामपन्थी पार्टीहरुको बिलय हुन जानुले पनि एमाले मात्रै वर्तमान नेपाली वाम राजनीतिको मूलधार हो र यसैको वरिपरि नेपाली वामपन्थ घुमिरहन्छ भन्ने प्रष्ट भएको छ ।

नेपालको वामपन्थी राजनीतिको इतिहासमा वामपन्थीहरुले सबै किसिमका प्रयोगहरु गरिसकेका छन् । नामको पछाडी जुनसुकै पुच्छर झुण्ड्याएपनि नेपालका वामपन्थीहरुको मुल सिद्धान्त भनेको बन्दुको नालबाट शक्ति आर्जन गर्ने र त्यसैलाई समाजवादको रंङले लेपन गरेर सर्वहाराको अधिनायकत्व भन्दै व्यक्तिको अहंकारवादमा स्टालिनवाद खडा गर्दै राज्यका सबै श्रोत साधनहरु आफु, आफ्ना आफन्त र कार्यकर्ताको लागि थुपार्ने, दोहन गर्ने पार्टीलाई देशभन्दा सर्वोपरि राख्ने नेपाली वामपन्थीको चरित्र नै बनिसकेको छ । यो चरित्रमा बाटो मात्रै भिन्न भिन्न अंगिकार गरिएको हो । खासमा सबै उस्तै हुन । यहाँसम्म कि पछिल्ला बर्षहरुले देखाइसकेको छ कि हँसिया हथौडा, चारतारा, हलो घण्टी सबैजसो पार्टीका नीति सिद्धान्त र मूल उद्देश्य नै एउटै रहेका छन् दोकान र झण्डा मात्रै फरक हुन ।

मदन भण्डारीको बहुदलीय जनवादको बाटो बन्दुक इतरको बाटो मानिन्छ । यहि बाटोमा दशकौं हत्याहिंसाको बाटोबाट र बन्दुको नालबाट सत्ताको शिखरमा पुग्ने सपना पालेपनि र छद्दम पार्टीनाम बनाएर चुनाव लडेपनि नेपालका जुनसुकै वापन्थी गुटहरुले मानेपनि नमानेपनि नेपालको वामपन्थीको मूल हाँगो र बाटा भने एमाले कै बहुदलीय जनवाद कै हो भन्ने कुरा प्रष्ट भैसकेको छ । किन कि नेपालमा सबैखाले वामपन्थी प्रयोग भैसकेपछि पनि अन्तिममा समाहित हुन आउने वामपन्थीको घर भनेको एमाले र बहुदलीय जनवादको घर नै रहेछ भन्ने कुरा विगत देखि हालसम्म भएका वामपन्थीहरुका टुटफुट मोर्चाबन्दी घेराबन्दी सबैखाले गुटउपगुटहरुको फुर्तिफार्ति पछि अन्तिममा लिने गरेको नीतिले प्रष्ट्याएको छ ।

होला एमाले आफैमा वामपन्थी विचारको नभएको अन्य गुटहरुलाई लाग्नसक्ला तर नलागे पनि र अरुले जतिसुकै र जुनसकुै हत्कण्डा अपनाएर हिँडेपनि एमालेलाई गलत सावित गरेर आफुलाई अब्बल वामपन्थी साबित गर्न कुनै वामगुटले सकेका छैनन् ।

अहिले नेपाली वापपन्थ गुटरक्षा र गुटसेचनको श्रोत भनेको नै जम्माजम्मी एमाले नै हो । एमाले बिना नेपालमा वामपार्टीहरुको अस्तित्व लगभग देखिँदैन । अन्य सबै प्रयोगबाट असफल भएपछि टाक्राटुक्री असन्तुष्टिहरु बटुलेर अर्को वामपन्थी पार्टी बनाउने बाहेक छुट्टै श्रोतबाट अब नेपालमा अर्को वामपन्थी पार्टी खडा गर्न सक्ने अवस्था रहेन । यसैले पनि एमाले भनेको हालसम्मको नेपालको शक्तिशाली वामपन्थी पार्टी हो र यसले बनाउने नेतृत्व र यसले लिने नीतिले नेपाली वामपन्थको दिशा र दशा तय गर्दछ भन्दा अतिशोक्ति हुँदैन ।

वामपन्थको पुरातन विचार र कामकारवाही अहिलेको वर्तमान युगमा मितिगुज्रेको राजनीति भैसकेको छ । हो कुनै समय थियो जनताहरु जागृत थिएनन्, सूचना र प्रविधि टाढा थियो । मानिसहरुमा आधुनिक चेतनाको अभाव थियो । सञ्चारको पहुँच थिएन । जसका कारण सधैंभरि गरिबी अशिक्षा र अभावको चुलीमा चढेर वामपन्थी राजनीतिको खिचडी पकाउन सजिलो थियो । आम नेपालीहरुको पहुँच र प्रत्यक्ष देखाइ भोगाइ भन्दा परका वामपन्थीका रसिला कथाहरु सुनाएर, नेपालसँग कुनै साथ सम्बन्ध र साइनो नभएका माक्र्स लेनिन र अन्य तानाशाहहरुका गाथाहरु पस्केर नेपाली जनताको दिमाग भुट्न र साम्यवादका सपना बाँडेर नेपालमा वामपन्थीको राजनीति गर्न निकै सहज पनि थियो तर अब त्यो कसैलाई पनि सम्भव छैन । अधिकांश नेपालीले अब माक्र्स लेनिन देखि नेपाली वामपन्थीका आर्दश बनेका बिभिन्न तानाशाहरुको कटु यर्थाथ बुझ्न वामपन्थीहरुका रेडिमेट भाषणहरु र पोथ्राहरु सुनिरहन पढिरहन र विश्वास गरेर हामफाल्न आवश्यक नै रहेन । यो कुरा मदन भण्डारीले बुझेरै नेपालमा वामपन्थको बिउ जिउँदो राख्नैका लागि बहुदलीयता नै आवश्यक हो भन्ने नीति लिए जसलाई एमालेले आफ्नो आर्दश बनायो र आज नेपालको वामपन्थीको मूल घर नै एमाले बनेको छ ।

आज नेपाली वामपन्थको त्यहि मूल घर समालेको पार्टी एमालेको एघारौं महाधिवेशन हुँदैछ । यहाँ स्यालले शिकार गर्न चौर कुरे झैं प्रचण्ड माधवहरु एमालेभित्रको कलह ( छैठौं र दशौं महाधिवेशन पछिको एमालेको जस्तो ) होस् र त्यसका असन्तुष्टहरुको बुइ चढेर फेरि अर्को निर्वाचनसम्म शक्तिमा पुग्ने भर्याङ बनाउन पाइयोस् भन्ने कल्पनामा बसेका देखिन्छन् । प्रचण्डका हालैका अभिव्यक्तिहरु पनि त्यसैको सेरोफेरोमा आएका छन् । आफ्नो पार्टी बचाउन र बनाउन नसक्ने र अरुको पार्टी फुटोस् र म बनुँला भन्ने ढैया थापेर बस्ने वामपन्थीहरुको दोकान नेपालमा आजपनि छन् ।

एमाले पार्टी मनमोहनको नेतृत्वमा सरकारमा गएयता कुनै न कुनै रुपमा सत्ताको वरिपरि रहेको छ । यो तीस बत्तीस बर्षमा एमालेले आफैले नै छ पटक सत्ताको नेतृत्व गरेको छ भने राप्रपा देखि काँग्रेस माओवादीको नेतृत्वको सरकारमा सत्तामा पटकपटक पुगेको छ । यो सत्तारोहणको तीन दशकमा एमालेले देशका अधिकाशं निकायहरुमा आफ्नो दरबिलो घुसपैठ बसाएको मात्रै छैन पार्टीको लागि स्थायी श्रोतको ब्यवस्था पनि गरेको छ । कार्यकर्ताहरुलाई बिभिन्न आइएनजिओमा लगाएर टिकाएको छ । कार्यकर्ताको लागि स सानो काम गरिदिने देखि निकै इन्टिमेसी देखाउने गरेर समेत देशैभरि लाखौं सदस्य बनाएको छ । कतिपयले अहिले विश्लेषण गरिरहेका छ् कि एमालेका आधाभन्दा बढि कार्यकर्ताले सदस्यता नविकरण गरेनन् यसकारण एमाले अब सक्कियो । मेरो विश्लेषणमा एमालेका ती कार्यकर्ता भलै सदस्यता नविकरण नगरेका हुन तर भोट हाल्ने बेला भने ती अरु पार्टीका त हुँदै हुँदैनन् । यो कुरा एमालेले बुझेको छ । अरुले खयाली पुलाउ पकाइरहेका छन् ।

यस्तो दलको महाधिवेशन निकै तामझामका साथ हुनु र सबैको चासो हुनु कुनै नौलो पनि भएन । अनि यो महाधिवेशनमा अरुको पनि बिशेष नजर नरहने कुरा पनि भएन । आखिर जे जे भएपनि आजसम्म एमाले यो देशको एउटा प्रमुख शक्ति हो र यसको विकल्पमा अझै कुनै अर्को वामपन्थी पार्टी तयार भएको पनि छैन । बहुदलीयतामा बलिया पार्टीहरु चाहिन्छ नत्र देशमा बहुदल कायम रहन सक्दैन । यस मानेमा एमालेको शक्ति क्षीण हुनेगरि भद्रगोल होस् भन्ने अपेक्षा राख्नुपर्ने कुनै कारण छैन ।

एमालेको यो महाधिवेशन हुँदै गर्दा एमालेले लिने नीति र चुन्ने नेतृत्वको कुरा उसको पार्टीभित्रको मात्रै चासो र सरोकारको बिषय हुनसक्दैन । आजपनि देश हाँक्ने पार्टी काँग्रेस र एमाले नै भएको परिप्रेक्ष्यमा यिनीहरुको नेता कस्तो र नीति कस्तो भन्ने कुरा देश विदेश सबैको चासोको बिषय अवश्य हो र हुनुपर्दछ ।

हुन त एमालेहरुलाई कसैको सुवेच्छाको आवश्यकता नहोला, किन कि उनीहरुभन्दा जान्ने सुन्ने, यो देशमा बुद्धि विचार धन बल भएको अरु कोहि छैन भन्नेहरुलाई कोहि कुनै निम्छरो जनताको आवाज वा सुझावले के माखो मार्ला र ? तर पनि यो देशकोे एउटा दरबिलो पार्टी पटकपटक पथभ्रष्ट हुँदा पक्कैपनि देशलाई घाटाहुन्छ र पटकपटक भएको पनि छ । चाहे त्यो रत्नपार्कका रेलिङ भाँचेर होस् या महिनौंसम्म संसद अवरुद्ध गरेर या भदौ विद्रोह निम्त्याएर एमालेको नीति र नेतृत्वको गलत बाटोले देशलाई हानी पुगेकै छ र फेरिपनि त्यसै नहोस् भन्ने अपेक्षा मात्रै हो । भ्रष्टाचार नगर्ने त नेपालमा २००४ साल यताका पार्टी हुन या २०७९ मा जन्मेका कोहि पनि कत्तिपनि कम रहेका छैनन् ।

आज देश इतिहास कै सबैभन्दा कमजोर र गम्भीर अवस्थामा छ । भोलि के हुन्छ यसै भन्न नसकिने अवस्था छ । विद्रोह आन्दोलनको नाउँमा देशले अति नै कष्टकर परिस्थितिको सामना गरेको छ । यसको अन्तहुने छाँटकाँट देखिएको छैन । विकास भन्दा बिनासको श्रँखला बढि हुँदै गर्दा र विकासभित्रको भ्रष्टाचारले देशका साधनश्रोत सबथोक अपुग हुने अवस्था भएको छ । देशलाई सधैं पार्टी भन्दा तल राख्ने चरित्रको एमालेले नीति र नेतृत्व चयन यो महाधिवेशनले नगरोस् । गुटभित्र गुटका झुण्डहरु बनाएर सत्ताको मझेरीमा बुर्कुसी मार्ने र कसैलाई काखा कसैलाई पाखा लगाउने मेलोमेसो गर्नु मात्रै एमालेको चरित्र नबनोस् ।

देश रहे भोली एमाले भन्ने पार्टी र यसका कार्यकर्ता रहने हुन र सत्ताको हालिमुहाली पनि रहने हो । हिजो एमलेले दिएको गलत नीति र नेतृत्व कै कारण देशमा हत्याहिंसा र आतंकको खतीउपति गर्नेहरुको दोकान मौलाएको कुरा पनि बिर्सिनु हुँदैन यसका कार्यकर्ताले ।

हुन त वामपन्थ भनेको नै विचार नमिल्नेहरुलाई निषेध गरेर जाने पन्थ हो । नेपालमा यसैबाट प्रशिक्षित भएका पार्टीहरुले देशका मूल कुल धर्म सँस्कृति भाषा सभ्यता, नेपाली मौलिकता, नेपाली ज्ञानपद्धति सबैलाई निषेध गर्ने बाटोमा गएका छन् । यसैलाई नै विकास र समृद्धि भन्नेहरुको लामको मुख्य पार्टी एमाले पनि हुन गयो । जुन मदन भण्डारीको बहुदलीय जनजवादको त्यान्द्रोले एमाले आज आफुलाई मूलधारको वामपार्टीको रुपमा उभ्याउन सकेको छ त्यहि बहुदलीयता र देशको अत्तिवको लागि देशको स्थायी संस्थाको आवश्यकताको कुरा गरेका मदनको कुरा एमालेले त्याग्यो जसका कारण देशमा बेलाबेलामा अस्थिरता आउने गरेको छ । देश संकटमा पर्ने गरेको छ । देशको अभिभावक नभएको अवस्था बनेको छ । एमालेले जुनसुकै वाद लिओस् त्यो उसको पार्टीभित्रको सरोकारको बिषय हो तर यो देश बनाउनेहरु, देशको सार्वभौमसत्ता जोगाउनेहरुलाई सम्मान गर्दै तिनलाई आर्दश मान्दै नेपाली वामपन्थभित्र पृथ्वीपथको तड्का लगाएर देश सापेक्षतावादको नीति र नेतृत्वको बाटो लिनुपर्ने एमालेको टड्कारो आवश्यकता हो । एघारौं महाधिवेशन सफलताको एमालेजनलाई हार्दिक शुभकामना !

Previous Post

आयोगले फेरि सुरु गर्यो काम

Next Post

ध्यानाकार्षण कृतिमाथि अन्तरक्रिया

Next Post
ध्यानाकार्षण कृतिमाथि अन्तरक्रिया

ध्यानाकार्षण कृतिमाथि अन्तरक्रिया

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version