For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मकर संक्रान्तिमा खिचडी परम्पराको महत्व

byDainik Nepalgunj
January 15, 2026
in विचार
0 0
0
मकर संक्रान्तिमा खिचडी परम्पराको महत्व
Share on FacebookShare on Twitter

(पश्चिम नेपालको अवधी समुदायको सन्दर्भमा)

मकर संक्रान्ति (खिचडी पर्व) पश्चिम नेपालको अवधी समुदायले विशेष श्रद्धा, उत्साह र सांस्कृतिक गौरवका साथ मनाउने एक प्रमुख लोक–धार्मिक पर्व हो । यस पर्वले सूर्यको मकर राशिमा प्रवेशलाई जनाउँछ र प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइन्छ । मकर संक्रान्तिसँग सम्बन्धित खिचडी खाने तथा दान गर्ने परम्परा केवल खाद्य संस्कारमा सीमित नरही कृषि प्रणाली, ऋतु परिवर्तन, धार्मिक आस्था र सामाजिक समरसताको सशक्त प्रतीकका रूपमा विकसित भएको छ । यस दिन खिचडीको सेवन र दानसँग जोडिएको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पोषणात्मक महत्त्व अवधी समुदायको जीवनशैलीसँग गहिरो रूपमा आबद्ध रहेको पाइन्छ ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँका पर्व–त्योहारहरू प्रकृति, ऋतु परिवर्तन र कृषि चक्रसँग घनिष्ठ रूपमा सम्बन्धित छन् । मकर संक्रान्ति यस्तै एक महत्वपूर्ण पर्व हो, जसलाई देशका विभिन्न भूभागमा फरक–फरक नाम, विधि र परम्पराका साथ मनाइन्छ । पश्चिम नेपालको तराई तथा भित्री मधेस क्षेत्रमा बसोबास गर्ने अवधी समुदायमा यस पर्वलाई विशेष रूपमा “खिचडी पर्व” का रूपमा मनाउने चलन रहेको छ, जसलाई सामाजिक तथा आध्यात्मिक—दुवै दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

मकर संक्रान्तिको धार्मिक तथा ज्योतिषीय महत्व
हिन्दू पञ्चाङ्ग अनुसार मकर संक्रान्ति त्यो दिन हो, जब सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्छ । यस दिनलाई शुभ कालको आरम्भका रूपमा लिइन्छ । अवधी समुदायको धार्मिक विश्वासअनुसार यस दिन गरिने दान, जप, तपस्या तथा पुण्यकर्मले विशेष फल प्राप्त हुन्छ । सूर्य उपासना, तीर्थ स्नान तथा दान–पुण्यको परम्परा यसै धार्मिक मान्यतासँग गहिरो रूपमा सम्बन्धित छ ।

खिचडीको ऐतिहासिक पृष्ठभूमि
खिचडी पश्चिम नेपालको अवधी समुदायमा प्राचीन कालदेखि नै प्रचलित परम्परागत भोजन हो । आयुर्वेदिक ग्रन्थ तथा प्राचीन साहित्यमा खिचडीलाई सरल, सुपाच्य र सन्तुलित आहारका रूपमा वर्णन गरिएको पाइन्छ । मकर संक्रान्तिमा खिचडी खाने परम्पराको विकास शीत ऋतुमा शरीरलाई आवश्यक ऊर्जा, पोषण र ताप प्रदान गर्ने उद्देश्यसँग जोडिएको मानिन्छ ।

मकर संक्रान्तिमा खिचडी परम्परा (अवधी समुदाय)
पश्चिम नेपालका अवधी समुदायमा मकर संक्रान्तिलाई विशेष रूपमा खिचडी पर्वका रूपमा मनाइन्छ । यस दिन प्रचलित प्रमुख परम्पराहरू निम्नानुसार छन् —
 प्रत्येक घरमा नयाँ चामलमा उर्द(मास) मिसाएर खिचडी पकाइन्छ र परिवारका सदस्यहरू सामूहिक रूपमा भोजन गर्छन् ।
 गरिब, साधु, ब्राह्मण तथा असहाय व्यक्तिहरूलाई खिचडी, तिल, गुड तथा वस्त्र दान गरिन्छ ।
 विभिन्न स्थानमा आयोजना गरिने खिचडी मेला तथा सामूहिक भोजले समुदायगत एकता र सामाजिक सद्भावलाई मजबुत बनाउँछ ।
 बिहान ब्रह्म मुहूर्तमा नदी, खोला वा जलाशयमा स्नान गरी सूर्यलाई अर्घ दिने, तिलको तिल्ली बालेर ताप लिने, अन्न दान गर्ने तथा दिउँसो खिचडी चामल भुनेर खाने चलन पनि प्रचलित छ ।
 साँझ विवाहित छोरी–ज्वाइँलाई माइतीमा निम्तो दिई उर्दको दाल, श्यामजीरा वा अन्य चामलको भात तथा उर्दको दाल, दहीमा भिजाएर बनाइने बरिया, गुलगुला जस्ता परम्परागत परिकार खुवाउने परम्परा अवधी संस्कृतिको महत्वपूर्ण परम्परा हो ।

सांस्कृतिक तथा सामाजिक महत्व
अवधी समुदायमा खिचडी परम्परा सामाजिक समरसताको सशक्त प्रतीकका रूपमा स्थापित छ । खिचडी यस्तो भोजन हो, जसलाई धनी–गरिब, सानो–ठूलो सबै वर्गका मानिसले समान रूपमा स्वीकार गर्छन् । सामूहिक भोजन, दान तथा पारिवारिक भेटघाटको संस्कारले समाजमा सहयोग, करुणा, समानता र आपसी सद्भावलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेल्दछ ।

खिचडीको पोषणात्मक तथा आयुर्वेदिक महत्त्व
खिचडी दाल र चामलबाट बनाइने सन्तुलित आहार हो, जसले प्रोटिन र कार्बोहाइड्रेटको उचित मात्रा प्रदान गर्छ। आयुर्वेद अनुसार—
 यसले त्रिदोष (वात, पित्त र कफ) को सन्तुलन कायम गर्न सहयोग गर्छ ।
 शीत ऋतुमा शरीरलाई आवश्यक ताप प्रदान गर्छ ।
 पाचन प्रणालीलाई सुदृढ र सक्रिय बनाउँछ ।

आधुनिक समयको शहरीकरण र बदलिँदो जीवनशैलीका बाबजुद पनि अवधी समुदायमा मकर संक्रान्तिमा खिचडी खाने परम्परा जीवन्त रूपमा कायम छ। यस पर्वमा परम्परागत भोजन ग्रहण गरी मानिसहरूले आफ्नो सांस्कृतिक पहिचान र मौलिकतासँग आत्मीय सम्बन्ध अनुभूत गर्छन् । यसरी खिचडी परम्पराले अवधी लोकसंस्कृतिको संरक्षण र निरन्तरतामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
मकर संक्रान्तिमा खिचडी परम्पराले अवधी समुदायमा हिन्दू संस्कृतिको गहिराइ, सरलता र व्यवहारिकतालाई स्पष्ट रूपमा उजागर गर्छ । यो परम्परा केवल धार्मिक आस्थासम्म सीमित नभई स्वास्थ्य, समाज र संस्कृतिको समन्वित स्वरूप प्रस्तुत गर्ने एक महत्वपूर्ण लोकसंस्कार हो। त्यसैले मकर संक्रान्तिको खिचडी पर्व पश्चिम नेपालको अवधी समुदायको लोकजीवनको एक महत्वपूर्ण, उपयोगी र जीवन्त अङ्गका रूपमा स्थापित छ ।

Previous Post

गगन थापा कांग्रेस सभापति चयन

Next Post

नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

Next Post
नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

नेपालगन्ज महोत्सवमा गायक राज कुश्मी र सपना शाहीको दमदार प्रस्तुती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
Auto Draft

समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान

October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version