नेपालगन्ज । देशकै जेठाे अस्पताल बीर अस्पतालसंगै स्थापना भएको नेपालगन्जकाे भेरी अस्पतालकाे पूर्वाधारले फड्काे मारेकाे छ । त्यसकाे श्रेय माेहमद् ईस्तियाक राईलाई जान्छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएको बेला राईले बजेटकाे सुनिश्चिततासंगै २०७९ मा अस्पतालकाे नयाँ भवन शिलान्यास गरेका थिए । निर्माणकाे काम सम्पन्न भई उपचार समेत शुरु भईसकेकाे छ । जिर्ण भवनबाट अत्याधुनिक भवनमा अस्पतालले सेेवा दिईरहेकाे छ । अस्पतालसंंगै निर्माण भएको क्षेत्रीय रक्तसंचार केन्द्र नयाँ बन्नुमा राईकै याेगदान छ ।
साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी अस्पताल बि.सं.१९४७ मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको थियाे ।
देेशकै पुरानाे याे अस्पतालले पश्चिमका नागरिकको भराेसाे हाे । जसलाई पूर्वाधारसंगै जनशक्ति थपेर भब्य बनाउनुपर्ने आवश्यकता खड्किएको छ । यसै ईस्तियाक राईले चुनावी मुद्दा बनाएका छन् । बाँके-२ मा नेकपा एमालेका उम्मेदवार रहेका राईले स्पष्टरुपमा भनेका छन्,-‘पूर्वाधार बन्याे अब सेवा सुधार हुनुपर्छ । त्यसमा लाग्छु । पश्चिमकाे भराेसाकाे केन्द्र बनाउँछु ।’






























