For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

byDainik Nepalgunj
March 25, 2026
in News, मुख्य समाचार
0 0
0
होर्मुज बन्दः विश्व बजारमा दबाब
Share on FacebookShare on Twitter

इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्याङ्करहरूलाई आवतजावत गर्न दिने घोषणा गरेसँगै मध्यपूर्वमा कूटनीतिक पहलहरू अघि बढेको सङ्केत देखिएको छ । तर करिब एक महिनादेखि जारी द्वन्द्व पूर्ण रूपमा रोकिएको भने छैन, जसले क्षेत्रीय अवस्था अझै जटिल नै रहेको देखाउँछ । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टनले तेहरानलाई शान्ति योजना पठाएको जनाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्यतर्फ उन्मुख रहेको भन्दै आशावाद व्यक्त गर्नुभएको छ ।

ट्रम्पले मङ्गलबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँग अहिले पनि संवाद भइरहेको बताउनुभयो । यद्यपि तेहरानले औपचारिक रूपमा कुनै वार्ताको पुष्टि गरेको छैन । उहाँले इरानले हालै गरेको कदमलाई ‘ठूलो सङ्केत’ का रूपमा उल्लेख गर्दै यसले सकारात्मक दिशा दिएको धारणा राख्नुभयो । उहाँले उक्त कदमलाई ‘ठूलो उपहार’ का रूपमा व्याख्या गर्नुभएको भए पनि त्यसबारे विस्तृत खुलाउनुभएको छैन, तर यसलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने निर्णयसँग जोडेर हेरिएको छ ।

स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग हो, जहाँबाट विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्दछ । अमेरिका र इजरायलसँगको तनावपछि इरानले उक्त मार्ग अवरुद्ध गरेको थियो, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको थियो । तर अहिले इरानले अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनमार्फत सन्देश जारी गर्दै ‘गैर–शत्रुतापूर्ण’ जहाजहरूलाई सुरक्षित मार्ग दिने जनाएको छ । यस कदमपछि कच्चा तेलको मूल्य करिब छ प्रतिशतले घटेको बताइएको छ र यसले विश्व बजारमा केही राहत ल्याएको छ ।

यसअघि इरानले आफ्ना मित्र राष्ट्रहरूलाई लक्षित नगर्ने बताएको भए पनि बीमा कम्पनीहरूले जोखिम उच्च भएको भन्दै जहाज सञ्चालनमा हिचकिचाहट देखाएका कारण धेरै जहाजहरू मार्गबाट टाढा बसेका थिए । पछिल्लो निर्णयले भने आपूर्ति शृङ्खला केही सहज हुने अपेक्षा गरिएको छ ।

कूटनीतिक पहलहरू अघि बढिरहेका बेला जमिनमा भने द्वन्द्व जारी नै छ । मङ्गलबार इरानबाट प्रहार गरिएको मिसाइलले इजरायलमा एक शिशुसहित एक दर्जनभन्दा बढी मानिसहरू घाइते भएका छन् । त्यसको जवाफमा इजरायलले इरानका विभिन्न क्षेत्रहरूमा ‘ठूलो लहर’ का रूपमा हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले आफ्नो देशको युद्ध योजना अपरिवर्तित रहेको र खतरा हटाउन कारबाही जारी रहने बताउनुभयो ।

द्वन्द्वको प्रभाव लेबनानमा पनि गहिरिँदै गएको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही विस्तार गर्दै दक्षिणी लेबनानको लिटानी नदीसम्मको क्षेत्र नियन्त्रणमा लिने बताएको छ । हालसम्मका आक्रमणहरूमा लेबनानमा कम्तिमा एक हजार ७२ जनाको ज्यान गएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् । बेरुतका दक्षिणी उपनगरहरूमा बसोबास गर्नेहरूलाई सम्भावित आक्रमणको चेतावनी दिइएको छ ।

इरानले भने खाडी क्षेत्र नजिकको बुसेहरमा इजरायलले पुनः आक्रमण गरेको आरोप लगाएको छ । उक्त क्षेत्र ऊर्जा संरचनाका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । तेहरानकी एक स्थानीय महिलाले टेलिफोनमार्फत दैनिक रूपमा विस्फोट र मिसाइलको आवाज सुनिनु सामान्य जस्तै भएको बताउँदै ऊर्जा पूर्वाधारमाथि आक्रमण हुने चिन्ता बढेको उल्लेख गर्नुभयो ।

यसैबीच, नयाँ आणविक सम्झौताबारे कूटनीतिक पहलहरू पनि अघि बढिरहेका छन् । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले अज्ञात अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पठाएको जनाएको छ । उक्त प्रस्तावमा युद्धविराम, संवर्धित युरेनियमको व्यवस्थापन, थप संवर्धनमा रोक तथा प्रतिबन्ध हटाउने विषय समेटिएको बताइएको छ ।

इजरायलको च्यानल१२ ले एक महिनाको युद्धविराम प्रस्तावसमेत अघि सारिएको उल्लेख गरेको छ, जसअनुसार इरानले आफ्नो संवर्धित युरेनियम हस्तान्तरण गर्ने र बदलामा दीर्घकालदेखि लागू रहेका आर्थिक प्रतिबन्धहरू हटाइने सम्भावना रहेको छ । साथै, नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकासमा सहयोग गर्ने विषय पनि छलफलमा रहेको जनाइएको छ ।

ट्रम्पले भने सम्भावित सहमतिको मूल आधार इरानलाई आणविक हतियार विकास गर्न नदिने रहेको दोहो¥याउनुभयो । सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि उत्पन्न अविश्वासबीच नयाँ समझदारी खोज्ने प्रयास भइरहेको देखिन्छ ।

यद्यपि कूटनीतिक गतिविधि बढ्दै गए पनि सैन्य तयारी भने यथावत् छ । द वाल स्ट्रिट जर्नलका अनुसार संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा थप तीन हजार सैनिक पठाउने योजना बनाएको छ, जसले सम्भावित तनाव पुनः चर्किन सक्ने सङ्केत दिएको छ । 

क्षेत्रीय रूपमा पनि अस्थिरता फैलिएको छ । बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले इरानतर्फबाट सम्भावित ड्रोन तथा मिसाइल आक्रमणहरू विफल बनाएको दाबी गरेका छन् । कुवेतको मुख्य विमानस्थलमा ड्रोन प्रहारपछि आगलागी भएको खबर आएको छ, जसले सुरक्षा चिन्ता थप बढाएको छ ।

यसरी, एकातर्फ इरानद्वारा जलमार्ग खुला गर्ने निर्णय र अमेरिकी शान्ति प्रस्तावले कूटनीतिक सम्भावनालाई अघि बढाएको देखिन्छ भने अर्कोतर्फ निरन्तर सैन्य गतिविधि, आक्रमण र अविश्वासका कारण मध्यपूर्वको अवस्था अझै संवेदनशील र अनिश्चित नै रहेको छ ।
Previous Post

सुन तोलामा चौध हजार छ सयले बढ्यो

Next Post

जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

Next Post
जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बढ्यो साइबर अपराध

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

March 25, 2026
जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

March 25, 2026
होर्मुज बन्दः विश्व बजारमा दबाब

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

March 25, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा चौध हजार छ सयले बढ्यो

March 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version