For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?

byDainik Nepalgunj
May 4, 2026
in News
0 0
0
माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?
Share on FacebookShare on Twitter

काठमाडौँको मुटुमा छ माइतीघर मण्डला–जहाँ कहिले विद्रोह, कहिले पीडा त कहिले आशाका आवाजहरू पोखिन्छन् । त्यसको केही कदम पर उभिएको छ सिंहदरबार–सत्ता, शक्ति र प्रशासनिक केन्द्र । त्यही केन्द्रभित्रै छ अचेल संसद् । नजिकै छ सर्वोच्च अदालत । राज्यका यी तीनै अङ्गले प्रत्यक्ष सुन्ने र देख्ने विश्वास भएरै होला, माइतीघर मण्डलामा दिनहुँजसो कुनै न कुनै नागरिक र नागरिक समूह आन्दोलनमा हुन्छन् । यो उहिल्यैदेखि नागरिक आवाज मुखरित गर्ने ‘साझा थलो’ बनिरहेको छ । यहाँ बोलिने कतिपय आवाजले सत्ता, शक्ति र राजनीतिक सामथ्र्य बदल्न बाध्य पार्छन् । त्यसको पछिल्लो उदाहरण हो—गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन ।

यही स्थानमा विगत १३ दिनदेखि एउटा फरक आन्दोलन भइरहेको छ । त्यो आन्दोलनमार्फत केही युवाले प्रश्न गरिरहेका छन्—सरकार, कोठा खाली छ ? यो प्रश्न गर्ने आन्दोलनको अगुवाइ गरिरहनुभएको छ, कैलालीको घोडाघोडी नगरपालिका—४ की दीपा नेपालीले । देशको राजधानी, अवसर र समानताको प्रतीक बन्नुपर्ने यसको त्यही थलोमा सामान्य लाग्ने यही प्रश्नको उत्तर उहाँले १३ दिनसम्म पनि भेटाउनुभएको छैन । 

दीपासँगै ती हजारौँ अदृश्य अनुहारहरू उभिएका छन्, जो काठमाडौँका गल्लीहरूमा कोठा खोज्दा कि आफ्नो ‘थर’ लुकाउन बाध्य छन्, कि त थरकै कारण विभेद भोग्न । तिनै विभेदमा परेकाहरूसहितको पीडा पोख्न आफू यहाँ उभिएको उहाँको भनाइ छ । “यो आन्दोलन ‘जात’ सोधेर कोठा भाडामा दिने वा नदिने मानसिकताको प्रतिरोधका लागि हो । यो प्रश्न कोठा खोज्दा ‘थर’ का कारण हिंसामा पर्ने दलितहरूको मात्रै होइन, भूगोल, अनुहारको रङ्ग र भाषाका कारण विभेद भोग्ने मधेसी र लैङ्गिक पहिचानकै कारण कोठा नपाउने फरक पहिचान भएका (एलजिबिटीक्युआई प्लस) व्यक्तिहरूको पनि हो”, दीपाले भन्नुभयो । 

उहाँको बुझाइमा यो प्रश्न मानव अस्तित्व, सम्मान, समानताका लागि पनि हो । “यो सहरमा कोठा त छ, तर ‘तपाईंका लागि होइन’ भन्ने विभेदको ठूलो पर्खाल छ । त्यसैले यो आन्दोलन कोठा पाउनका लागि मात्रै होइन, हाम्रो अस्तित्व स्वीकारोक्तिका लागि हो”, दीपा भन्नुहुन्छ । 

उहाँको स्वरमा रोषभन्दा बढी पीडा छ—त्यस्तो पीडा, जसले जातकै कारण नौ वर्षसम्म काठमाडौँका गल्ली–गल्ली धाउन बाध्य बनायो । यस अवधिमा कुनै घरबेटीले थर सोधेर कोठा दिएनन् । कुनैले नसोधी दिए, तर पछि थाहा पाएपछि निकालिदिए । कुनैले बैना फिर्ता गरिदिए, कसैले बसिसकेपछि विभिन्न बहानामा कोठा छोड्न बाध्य पारे । त्यसविरुद्ध दीपाले कैयौँ दिन प्रहरी चौकी धाउनुप¥यो । कैयौँ दिन अदालतका ढोका । त्यसबाट आत्मसम्मान र न्यायको अनुभूति नभएपछि आफूले व्यक्तिसँग नभई अब राज्यसँगै जवाफ खोज्ने निधो गरेर माइतीघरमा उभिनुपरेको उहाँको कथन छ ।

“यो प्रश्न सुन्दा सामान्य लाग्न सक्छ । राजधानीमा कोठा नपाउने समस्या नयाँ पनि होइन । म मात्रै होइन, राज्य सञ्चालनको तहमा पुगेका सांसद, उच्च ओहदाका व्यक्तिले पनि त्यो पीडा भोगेका छन्”, दीपा भन्नुहुन्छ, “त्यसैले यो प्रश्न मेरो मात्रै होइन र यो प्रश्नमा केवल आवास समस्या मात्रै जोडिएको छैन, यससँग मानिसलाई उसको नाम र थरले मूल्याङ्कन गर्ने र सोचविरुद्धको आवाज जोडिएको छ ।”

माइतीघर—जहाँबाट बोलेका आवाजहरू कहिलेकाहीँ सत्ताको ढोका ढक्ढक्याउँछन् । कहिले शासन बदल्छन्, कहिले नीति । कहिले समाजको अनुहार देखाउँछन् । त्यस्तै अनुहार देखाउन यसपटक आफू यहाँ उभिएको दीपाले बताउनुभयो । उहाँको हातमा कुनै जटिल मागपत्र छैन । कुनै राजनीतिक नारा पनि छैन । छ त एक सरल प्रश्न, जसले असजिलो सत्य उजागर गर्छ—कोठा खाली छ, तर तपाईंका लागि होइन ।

यसपटक दीपाको सङ्घर्ष त्यहीबाट सुरु भएको छ, जहाँ अधिकांश सङ्घर्षका कथाहरू अन्त्य हुन्छन् । “मैले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेँ, कानुन पनि पढेँ, तर शिक्षा र योग्यताभन्दा अघि मेरो पहिचान उभियो । त्यो पहिचान धेरैका लागि अपाच्चे भयो”, उहाँले पीडा सुनाउनुभयो, “तर, म समस्याबाट भाग्दिन । हिजो न्यायका लागि जहाँ समस्या आयो त्यही सङ्घर्ष गरे । कतिपय व्यक्तिसँग लडे तर त्यसरी नसकिने रहेछ । यो सोचको उपज हिजोको राज्य संरचना हो, त्यसैले म आजको राज्य संरचनालाई प्रश्न गर्न यहाँ उभिएकी छु ।”

राजधानी काठमाडौँ—जहाँ अवसर छन्, सपना छन् । आलिशान महल छन् । धेरैको जीविका तिनै महलको भाडा रकमबाट चलिरहेको छ, तर विडम्बना यी महलमा आर्थिक अवस्थाले हेरेर होइन, जात सोधेर कोठा दिइन्छ । “हाकाहाकी यहाँ कोठा खाली छ, तर तपाईंका लागि होइन भनिन्छ । अनि कहाँ कहाँ गएर गुनासो गर्ने ?”, दीपा भन्नुहुन्छ ।  

यसैकारण आफूले व्यक्तिभन्दा पनि राज्यसँगै समस्या समाधानको अपेक्षासहित माइतीघरमा आन्दोलन रोजेको र एक्लै सुरु भएको आन्दोलनमा विस्तारै अरूको ऐक्यबद्धता थपिँदै गएको उहाँले सुनाउनुभयो । “सुरुमा एक्लै यहाँ उभिने निधो गरेँ, त्यसमा नजिकका साथीहरूले साथ दिए । पछिल्ला दिनमा सांसद, अधिकारकर्मी, कानुन व्यवसायी, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिले ऐक्यबद्धता जनाइरहेका छन्”, दीपाले भन्नुभयो,“अब सरकारले हाम्रो आवाज सुन्नुपर्छ । वर्तमान सरकारले त आफ्नो एकसय बुँदे कार्यसूचीमै दलित समुदायमाथि भएको विभेदबारे क्षमायाचना गर्ने भनेको छ ।”

नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत एकसय बुँदे शासकीय सुधारका सूचीको ५ नम्बर बुँदामा भनिएको छ, “दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएको अन्याय, विभेद र अवसर वञ्चनाको स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने ।”

सोही आधारमा सत्ताको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चैत १९ मा बसेको प्रतिनिधिसभा बैठकमा दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति ‘रोष्ट्रम’बाट माफी माग्नुभएको थियो । दीपा भन्नुहुन्छ, “संविधानका धारा, कानुनका शब्द र संसद्का भाषणहरू कागजमा सीमित छन् । छुवाछूतलाई अपराध मान्ने ऐन छ, दलित अधिकार सुनिश्चित गर्ने संविधान छ—तर व्यवहारमा, एउटा कोठाको ढोका पनि खुल्न सकेको छैन । त्यसैले अब सरकारले माफी मागेर मात्रै हुँदैन, व्यवहार बदल्नका लागि ठोस पहलकदमी लिनुपर्छ ।” 

दीपाको भोगाइ– जातको तगारो !

माइतीघरको चोकमा आउनुअघि उहाँले धेरै बाटो हिँड्नुभएको छ । काठमाडौँका धेरै गल्ली, प्रहरी चौकी र अदालतको बाटो । “नौ वर्षअघि सुन्दर भविष्यको सपना बोकेर कैलालीबाट यहाँ आएँ”, उहाँ सम्झनुहुन्छ, “तर, सुरुदेखि नै जात तगारो बन्यो । कोठा खोज्दा धेरै ठाउँमा ‘थर’ कै कारण विभेद भोग्नुप¥यो ।”

काठमाडौँ आउँदा दीपालाई लागेको थियो—सहर फरक हुन्छ । यहाँ गाउँको जस्तो विभेद हुँदैन । यहाँ समान अवसर हुन्छन्, क्षमताअनुसार तिनलाई पछ्याउन सकिन्छ तर त्यो विश्वास धेरै टिकेन । यहाँ आएको केही समयमै पाठ सिक्नुभयो—यो सहर पनि जातविहीन छैन । “सभ्य र शिक्षित भनिएको समाजमा पनि विभेदका पर्खाल रहेछन्, त्यसैले यहाँ पलपलमा अपमानित हुनुप¥यो”, उहाँ भन्नुहुन्छ । 

दीपाले सुनाएअनुसार उहाँले नौ वर्षमा नौभन्दा बढी कोठा खोज्नुप¥यो । हरेक कोठामा एउटा अनुभव र अपमान भोग्नुप¥यो । “कतिले थर सोधेरै कोठा दिएनन् । कतिले थाहा पाएपछि निकालिदिए । शिक्षित भनिएको यो समाजले मेरो पहिचानलाई स्वीकारेन्”, दीपाले भन्नुभयो । 

उहाँले घर छोड्दा उच्च शिक्षा पढ्ने र सरकारी जागिरे बनेर देशको सेवा गर्ने सपना बोक्नुभएको थियो । यहाँ आएपछि त्यो सपनाको भारी बिसाउन पाइएकै छैन । सुरुमा कक्षा कोठाका अतिरिक्त बस्ने कोठा खोज्न गल्लीगल्ली धाउनुप¥यो । पछि प्रहरी प्रशासन र अड्डा अदालत । “जुन सपना बोकेर यहाँ आएकी थिए, ती अधुरै छन् । साथीहरू पढ्थे, म कोठा खोज्थेँ । साथीहरू लोक सेवा तयारी कक्षा जान्थे, म चाहिँ मान्छे बन्न पाऊँ भनेर प्रमाण देखाउन प्रहरी र अदालत धाउँथे”, उहाँ भन्नुहुन्छ, “तर, काठमाडौँले अर्को यथार्थ देखायो, यहाँ सपनाभन्दा पहिचान ठूलो हुँदोरहेछ । काठमाडौँले त मेरो थरलाई बैरी ठान्यो ! मैले तुलना होइन, यो एउटा अन्तर भनिरहेकी छु—अवसर र अवरोधबीचको अन्तर ।”

अन्याय भोग्नुभन्दा बढी उहाँलाई न्याय खोज्दा असजिलो भयो । न्यायका लागि आवाज उठाउँदा थप प्रताडित हुनुपर्ने अवस्था बन्ने गरेको दीपाको भोगाइ छ । “विभेदविरुद्ध बोल्न थालेपछि मिडियामा आए, तर यसले न्यायभन्दा बढी समस्या बढायो । धेरैले चिन्न थाले, विद्रोही केटी भनेर कोठा पाउन झन् कठिन भयो । न सरकारका निकायबाट न्यायको अनुभूति भयो, न त समाजबाट ।”

उहाँको छवि जातीय विभेदविरुद्ध ‘पोष्टर गर्ल’ का रुपमा स्थापित हुँदै गयो तर समस्या सकिएन । बरु समस्यामाथि समस्या थपिँदै गयो । अपरिचित हुने बेलाभन्दा परिचित भएपछि थप ‘ढोका’ बन्द हुँदैछन् । “अब त काठमाडौँबाटै पलायन हुनुपर्ने अवस्था आउँदैछ । जब आधारभूत आवश्यकतामा नै जातले रोक्छ, भविष्यको बाटो कसरी सहज हुन्छ ? त्यसैले व्यक्तिगत सपना छोडेर आत्मसम्मान खोज्ने सङ्घर्षमा छु । हेरौँ के के आइपर्छ”, उहाँले खिन्नता प्रकट गर्नुभयो । 

पछिल्ला दिनमा सरकारका निर्णय र स्थानीय तहका कतिपय नीतिले विभेदको जोखिम थप बढेको दीपाले बताउनुभयो । “कोठामा बस्दा अनिवार्य नागरिकता वा पहिचान खुल्ने कागज माग्न थालिएको छ । नियम बदलिएको छ तर विभेद गर्ने सोच बदलिएको छैन । यसले थप समस्या भयो”, दीपाले भन्नुभयो, “सरकारको सोच सही नै होला, तर कतिपयले त्यसलाई विभेद गर्ने हतियार बनाउन थालेका छन् । यस्तो बेला राज्यले सहजीकरण गर्नुपर्छ ।”

उहाँले कोठा बहालमा हुने सबै प्रकारका विभेदको अन्त्य, छुवाछूतविरुद्ध शून्य सहनशीलता, विभेदरहित आवास अधिकारको सुनिश्चितता, कडा कानुनी सजाय र प्रभावकारी कार्यान्वयन, भाडासम्बन्धी कानुन निर्माण गरी यसका नाममा हुने दलाली नियन्त्रण, समावेशी र न्यायपूर्ण सहर निर्माणलगायत विषयमा सरकारबाट निर्णायक हस्तक्षेप चाहेको बताउनुभयो । “त्यो हस्तक्षेप नभएसम्म सरकारसँग प्रश्न गरिरहने छु, सरकार कोठा खाली छ ? यो प्रश्नमा कोठा मात्रै छैन,  एउटा सहरको चरित्र, राज्यको जिम्मेवारी र नागरिकको अधिकार छ भनेर बुझिदिनुपर्छ”, दीपाले भन्नुभयो, “पछिल्ला दिनमा मसँगै माइतीघरमा आएर दलित, गैरदलितलगायत अधिकारकर्मी, सांसद, जिम्मेवार निकायका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाइरहनुभएको छ । अब सरकारले पनि ठोस नीतिसहित ऐक्यबद्धता जनाउन आउनुपर्छ ।”
Previous Post

पश्चिम बंगलमा भाजपा अगाडि

Next Post

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

Next Post
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको जित

May 4, 2026
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

May 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version