For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

byDainik Nepalgunj
May 17, 2026
in विचार
0 0
0
मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली
Share on FacebookShare on Twitter

इतिहासले युगीन पुरुषका रूपमा जन्माएको राजनेता मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित को ३३औँ स्मृति दिवस मनाइरहेका छौँ। मानव जीवनमा आस्थाले बनाएको साइनो रगतको सम्बन्धभन्दा पनि प्रिय हुँदो रहेछ। विचार, आदर्श र राजनीतिक प्रतिबद्धताले जोडिएको सम्बन्धले हजारौँ लाखौँ मानिसलाई एउटै आन्दोलनको यात्रामा बाँध्ने गर्दछ। मदन–आश्रितको सम्बन्ध त्यही आस्था, त्यही समर्पण र त्यही क्रान्तिकारी चेतनाको प्रतीक थियो। आज उहाँहरूको स्मृति केवल एउटा राजनीतिक दलको विषय मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष र राष्ट्रिय स्वाभिमानको साझा इतिहास बनेको छ।

जनताको बहुदलीय जनवादका प्रवर्द्धक, मार्क्सवादका नवीन व्याख्याता, नयाँ नेपालका कल्पनाकार राजनेता मदन भण्डारी र जिवराज आश्रितको षड्यन्त्रपूर्ण ढङ्गले हत्या भएको आज ३३ वर्ष पूरा भएको छ। २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटना नेपाली राजनीतिमा अझै अनुत्तरित प्रश्न बनेर उभिएको छ। त्यो केवल दुई नेताको मृत्यु मात्र थिएन, त्यो परिवर्तन, विचार र राष्ट्रिय राजनीतिक चेतनामाथि गरिएको गम्भीर प्रहार थियो।

दासढुङ्गामा हत्या गरिँदा मदन भण्डारी केवल ४१ वर्षका हुनुहुन्थ्यो। तर छोटो समयमै उहाँले देशविदेशमा नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुभयो। सार्वजनिक राजनीतिक जीवनमा सक्रिय भएको जम्मा चार वर्षमै उहाँ राष्ट्रिय राजनीतिका केन्द्र बन्नुभयो। उहाँको भाषण, वैचारिक स्पष्टता, संगठन क्षमता र जनतासँगको आत्मीय सम्बन्धले लाखौँ युवालाई राजनीतितर्फ आकर्षित गर्‍यो। जीवनको उत्तरार्धमा पुग्न नपाउँदै उहाँले युगलाई प्रभावित गर्ने राजनीतिक दर्शन स्थापित गर्नुभयो।

पञ्चायती कालरात्रीका कठिन दिनहरूमा उहाँले विभिन्न नामहरू—बर्बरिक, स्वेशार्दुल, सागर, भिष्म, सङ्ग्राम सिंह, राजमोती, जीवन—प्रयोग गर्दै जनताका बीचमा पुग्नुभयो। त्यो समय निरङ्कुशता, दमन र प्रतिबन्धको समय थियो। तर उहाँ कहिल्यै डराउनुभएन। भूमिगत जीवन बिताउँदै पनि जनताको चेतना जगाउने काममा निरन्तर सक्रिय रहनुभयो। उहाँको राजनीतिक यात्राले देखायो कि सच्चा नेता सत्ताको संरक्षणबाट होइन, संघर्षको भट्टीबाट निर्माण हुन्छ।

सम्पूर्ण स्वदेशी तथा विदेशी शक्ति लाग्दाखेरि पनि मदन भण्डारी काठमाडौँका दुवै निर्वाचन क्षेत्रबाट अत्यधिक मतले विजयी हुनुभयो। त्यो विजय केवल व्यक्तिको विजय थिएन, त्यो जनताको विश्वासको विजय थियो। उहाँ भिडबाट कहिल्यै लतारिनुभएन, बरु भिडलाई दिशा दिने नेता बन्नुभयो। जनताको भावना बुझ्ने, समस्यालाई सरल भाषामा प्रस्तुत गर्ने र समाधानको बाटो देखाउने उहाँको क्षमता अद्वितीय थियो।

मदन भण्डारी चौथो र पाँचौँ महाधिवेशनबाट पार्टीको महासचिव बन्नुभयो। उहाँको नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ वैचारिक दिशा प्राप्त गर्‍यो। विश्व कम्युनिष्ट आन्दोलन गम्भीर संकटबाट गुज्रिरहेको बेला उहाँले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त अघि सार्नुभयो। सोभियत संघ विघटन, पूर्वी युरोपमा समाजवादी शासनको पतन र विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको समयमा मदन भण्डारीले नेपाली विशेषताअनुसार समाजवादको नयाँ व्याख्या गर्नुभयो।

जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मौलिक सिद्धान्त हो। यो मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग हो। जबजका सैद्धान्तिक आधारहरूमा मार्क्सवाद–लेनिनवाद, नेपाली कम्युनिष्ट आन्दोलनका लोकतान्त्रिक मान्यता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरू पर्दछन्। त्यसैगरी यसको वस्तुगत आधारमा नेपालको विशिष्ट अवस्था, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनका आफ्नै विशेषताहरू रहेका छन्।

मदन भण्डारीले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्नुपर्ने मान्यता स्थापित गर्नुभयो। उहाँका अनुसार देश, काल र परिस्थितिअनुसार क्रान्तिको बाटो, संघर्षका रूप र तरिका फरक–फरक हुन सक्छन्। एक देशमा एक वा एकभन्दा बढी कम्युनिष्ट पार्टीहरू हुन सक्छन् भन्ने उहाँको धारणा लोकतान्त्रिक अभ्यासप्रतिको खुलापन थियो। उहाँले कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरणलाई नयाँ मान्यताका रूपमा स्थापित गर्नुभयो।

बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दै जनआधारित कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने विचार जबजको अर्को विशेषता हो। उहाँले शान्तिपूर्ण र वैधानिक ढङ्गले समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता अघि सार्नुभयो। उहाँका अनुसार क्रान्तिको आधारभूत शक्ति मजदुर र किसान नै हुन्। तर समाज परिवर्तनका लागि राजनीतिक चेतना, संगठन र लोकतान्त्रिक अभ्यास अनिवार्य हुन्छ।

बहुदलीय जनवादले क्रान्तिका विभिन्न चरणहरू पनि स्पष्ट गरेको छ। सामन्तवादका आधार र अवशेषहरूको अन्त्य, राष्ट्रिय पुँजीको विकास तथा समाजवादतर्फको सङ्क्रमण यसका मुख्य चरणहरू हुन्। मदन भण्डारीले राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता र जनताको चेतनास्तर अभिवृद्धिलाई विशेष महत्व दिनुभयो। उहाँले जनताको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकासबाट मात्रै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताउनुभयो।

आज ३३ वर्षपछि पनि मदन भण्डारीका विचारहरू उत्तिकै सान्दर्भिक छन्। वर्तमान राजनीतिक परिस्थिति हेर्दा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने, सामाजिक अराजकता बढाउने र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिहरू देखापर्दैछन्। जनताको अधिकार, संविधानको मर्म र लोकतान्त्रिक मूल्यहरूमाथि विभिन्न प्रकारका चुनौतीहरू सिर्जना भइरहेका छन्। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूमाथि राज्यद्वारा दमन र आतंक मच्चाइएका घटनाले जनतामा असन्तोष बढेको छ। यस्ता परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनमुखी लोकतान्त्रिक आन्दोलनको आवश्यकता अझ बढी महसुस भइरहेको छ।

मदन भण्डारी र जिवराज आश्रितको जीवनले हामीलाई संघर्ष, निष्ठा, वैचारिक स्पष्टता र जनताप्रतिको समर्पण सिकाउँछ। उहाँहरूको योगदान केवल इतिहासका पानामा सीमित छैन, त्यो आज पनि लाखौँ नेपालीको चेतना र प्रेरणामा जीवित छ।जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको मार्दर्शक सिद्धान्तको रुपमा स्थापित भएको छ। यसको विरोध गर्नेहरु आज समर्थकको रुपमा उभिन पुगेका छन्। ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने संकल्प गर्नु नै सच्चा सम्मान हुनेछ। (ढकाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)

Previous Post

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

Next Post

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

Next Post
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

May 17, 2026
मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

May 17, 2026
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

May 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा डिएसपी राठौंर आउँदै

May 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version