For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

byDainik Nepalgunj
June 1, 2026
in World
0 0
0
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
Share on FacebookShare on Twitter

अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे अनिश्चितता फेरि गहिरिँदै जाँदा तेहरानले इरानी अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि सहमति सम्भव नहुने स्पष्ट सन्देश दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसमक्ष नयाँ र कडा प्रस्ताव अघि सारेको खबर सार्वजनिक भइरहेका बेला इरानका शीर्ष वार्ताकारहरूले वासिङ्टनमाथिको अविश्वास दोहोर्‍याएका छन् ।

इरानका वरिष्ठ नेता मोहम्मद बाघेर गालिबफले आइतबार अमेरिकालाई सहजै विश्वास गर्न नसकिने बताउँदै इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म कुनै सम्झौता अनुमोदन नगरिने स्पष्ट पार्नुभयो । उहाँको भनाइ ट्रम्प प्रशासनले इरानलाई संशोधित ‘कडा’ प्रस्ताव पठाएको भन्ने न्युयोर्क टाइम्स र एक्सियोसको रिपोर्ट सार्वजनिक भएपछि आएको हो । यद्यपि प्रस्तावका विस्तृत विवरण अझै सार्वजनिक भएका छैनन् ।

सम्भावित सम्झौताले मध्यपूर्व युद्धको औपचारिक अन्त्य, क्षेत्रीय तनाव नियन्त्रण र विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण हर्मुज जलघाँटी पुनः खुलाउने लक्ष्य बोकेको मानिएको छ । तर मस्यौदामा हुने कुनै पनि फेरबदलले वार्ता थप लम्बिन सक्ने र लामो समयदेखिको अविश्वास झन् गहिरिन सक्ने सङ्केत देखिएको छ ।

इरान फेब्रुअरीदेखि अमेरिकासँग आफ्नो आणविक कार्यक्रमको भविष्यबारे वार्तामा संलग्न थियो । तर त्यसबीच अमेरिका र इजरायलले गरेको हवाई तथा मिसाइल आक्रमणले इस्लामिक गणतन्त्रका धेरै वरिष्ठ सुरक्षा तथा राजनीतिक नेतृत्व तहमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसयता दुवै पक्षबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

तेहरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहो¥याउँदै आएको छ । तर अमेरिका र उसका पश्चिमी साझेदारहरूले इरानले अन्ततः आणविक हतियार विकास गर्न खोजिरहेको आशङ्का गर्दै आएका छन् ।

ट्रम्पले आफ्नो प्राथमिकता इरानलाई कुनै पनि प्रकारको आणविक हतियार विकासबाट रोक्नु र युद्ध सुरु भएपछि अवरुद्ध भएको हर्मुज समुद्री मार्ग पुनः सञ्चालनमा ल्याउनु रहेको बताउनुभएको छ । फक्स न्युजमा आफ्नी बुहारी लारा ट्रम्पसँगको अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो, “मसँग त्यहाँ कुनै पनि आणविक हतियार नहुने सुनिश्चितता चाहिन्छ । उनीहरू यसमा सहमत भएका छन्, यो निकै रोचक थियो ।”

तर तेहरानले ट्रम्पका दाबीप्रति पहिलेदेखि नै शङ्का व्यक्त गर्दै आएको छ । मुख्य विवादित मुद्दाहरूमा दुवै पक्ष अझै निकै टाढा रहेको सङ्केत देखिएको छ ।

राज्य टेलिभिजनमार्फत प्रसारित भिडियो सन्देशमा गालिबफले भन्नुभयो, “इरानी जनताको अधिकारको रक्षा भएको निश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई स्वीकृति दिने छैनौँ ।”

तस्निम समाचार एजेन्सीका अनुसार वार्तासम्बन्धी पाठ आदानप्रदानको प्रक्रिया जारी छ र दुवै पक्षले नियमित रूपमा संशोधन प्रस्ताव राखिरहेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि अन्तिम निष्कर्ष नआउँदासम्म बाहिर आएका धेरै दाबी अनुमान मात्र भएको बताउनुभएको छ ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार, तेहरानले ठोस आणविक वार्तामा अघि बढ्नुअघि आफ्नो करिब १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गरिनुपर्ने माग राखेको छ । साथै, आफ्नो समृद्ध युरेनियम भण्डार नष्ट गर्नुपर्ने ट्रम्पको अघिल्लो टिप्पणीलाई इरानले ‘आधारहीन’ भन्दै अस्वीकार गरेको छ ।

यसबीच सैन्य क्षेत्रमा पनि नयाँ तथ्यहरू बाहिर आएका छन् । वासिङ्टनले युद्धका घोषित उद्देश्यहरूमध्ये एक इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम ध्वस्त पार्नु रहेको जनाएको थियो । शीर्ष अमेरिकी सैन्य अधिकारी जनरल डान केनले अप्रिलमा इरानका ८० प्रतिशतभन्दा बढी क्षेप्यास्त्र पूर्वाधारमा आक्रमण भएको दाबी गर्नुभएको थियो ।

तर अमेरिकी सञ्चारमाध्यम सिएनएनको आइतबारको रिपोर्टअनुसार स्याटेलाइट तस्बिर विश्लेषणले फरक तस्वीर देखाएको छ । रिपोर्टमा भनिएअनुसार, अमेरिकी आक्रमणले प्रभावित १८ भूमिगत मिसाइल केन्द्रका ६९ वटा सुरुङ प्रवेशद्वारमध्ये ५० वटाभन्दा बढी पुनः उत्खनन गर्न तेहरान सफल भएको देखिएको छ ।

अप्रिलमा तेहरान र वासिङ्टनबीच अस्थायी युद्धविराम भएपछि इरान र खाडी क्षेत्रभरि दैनिक आक्रमणहरू कम भएका छन् । यद्यपि पूर्ण शान्ति कायम हुन सकेको छैन र छिटपुट घटनाहरू भइरहेका छन् ।

इरानको सरकारी प्रसारक आइआरआइबीका अनुसार, इरानी रिभोलुसनरी गार्ड्सले ‘इरानी क्षेत्रीय जलक्षेत्रतर्फ प्रवेश गर्न लागेको’ अमेरिकी सैन्य ड्रोनलाई गोली हानी खसालेको दाबी गरेको छ । तर अमेरिकाले यस घटनाको पुष्टि गरेको छैन ।

विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीको विषय पनि अहिलेको वार्ताको केन्द्रमा छ । जलघाँटी वरपर अमेरिकी र इरानी अवरोध हटाएर समुद्री आवागमन सामान्य बनाउने सहमति जुटाउन ट्रम्पमाथि दबाब बढिरहेको छ ।

ट्रम्पले सम्भावित सम्झौताअन्तर्गत इरानले जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क नलिने दाबी गर्नुभएको थियो । तर इरानी समाचार एजेन्सी फार्सले स्रोतहरूलाई उद्धृत गर्दै त्यस्तो कुनै व्यवस्था प्रस्तावित मस्यौदामा नभएको जनाएको छ ।

उता आइएसएनए समाचार एजेन्सीका अनुसार सांसद अलिरेजा सलिमीले जलघाँटीमा इरानको ‘व्यवस्थापन अधिकार र सार्वभौमिकता’ सुदृढ गर्ने योजना चाँडै संसद्मा प्रस्तुत हुने बताउनुभएको छ । त्यसअन्तर्गत प्रशासनिक शुल्क लगाउने विषयसमेत समावेश हुन सक्ने जनाइएको छ ।

तेहरानले सम्भावित शान्ति प्रक्रियामा लेबनानको प्रश्न पनि समावेश हुनुपर्ने अडान राखेको छ । त्यहाँ जारी भीषण द्वन्द्वका बीच लेबनानले इजरायलमाथि व्यापक विनाश र ध्वंस मच्चाउने रणनीति अपनाएको आरोप लगाएको छ भने इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध आफ्नो सैन्य कारबाही विस्तार गरिरहेको छ ।

इजरायल र हिजबुल्लाहबीच अप्रिल १७ देखि औपचारिक युद्धविराम सुरु भएको घोषणा भए पनि व्यवहारमा त्यो टिक्न सकेको छैन । दुवै पक्षले एकअर्कामाथि लगातार उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको देइर जहरानी क्षेत्रमा आइतबार भएको इजरायली आक्रमणमा तीन महिलासहित आठ जनाको मृत्यु भएको छ ।

कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले रणनीतिक महत्त्वको मध्ययुगीन ब्युफोर्ट किल्ला कब्जापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार आपतकालीन बैठक बोलाउने भएको जनाएको छ ।

आइतबार किल्ला वरपरको क्षेत्रबाट धुवाँ उठिरहेको देखिएको थियो र एएफपीका पत्रकारहरूले किल्लामाथि इजरायली झण्डा फहराइरहेको देखेका थिए । इजरायलले आफ्नो अघिल्लो दुई दशक लामो कब्जाका बेला यही किल्लालाई सैन्य आधारका रूपमा प्रयोग गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूुे ब्युफोर्टमाथिको नियन्त्रणलाई ‘नाटकीय परिवर्तन’ को संज्ञा दिनुभएको छ ।
Previous Post

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

Next Post

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

Next Post
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

June 1, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

June 1, 2026
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

June 1, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

June 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version