कोहलपुरको एनटिभी रोडमा कार र मोटरसाइकल दुर्घटनामा पर्दा मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । घाइते मोटरसाइकल चालकको उपचार भैरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी अनियन्त्रित भई नजिकैको बिजुलीको पोलमा ठोक्किएपछि आगलागी भएको थियो ।
सवारीसाधनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।


























