नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ५९र्औ स्थापना दिवस नेपालगंजमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको २०२४ असार ३ गते स्थापना भएको थियो । स्थापनाकाल देखि मानवीय सेवाकार्यलाई निरन्तरता दिँदै स्थापनासंगै विपद् राहत प्रतिकार्य, रक्तसंचार र एम्बुलेन्स सेवा संचालनमा ल्याएको थियो । हाल शाखाद्वारा भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्तसंचार सेवा, जिल्ला भरी विपद् राहत प्रतिकार्य, प्राथमिक उपचार, विद्यालयहरुमा जुनियर तथा युवा सर्कल, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण लगायत विविध गतिविधिहरु संचालन भईरहेका छन् ।
दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले शाखा संस्थापकहरुलाई स्मरण गर्दै रेडक्रसका सेवाहरु गुणस्तर र प्रभावकारीरुपमा संचालन हुँदै आएको बताउनु भयो ।
जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले ५९औ स्थापना दिवसको केक काटेर र एकआपसमा शुभकामना आदान प्रदान गरि दिवस मनाएका थिए ।
कार्यक्रममा नेरेसोका निर्वतमान महामन्त्री मीनबहादुर मल्ल, नेरेसो लुम्विनी प्रदेशका उपमहासचिव राजकुमार वर्मा, शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी लगायत जिल्ला कार्यसमितिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।




























