For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा युवा विकास सम्मेलन

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
Auto Draft
Share on FacebookShare on Twitter

सन्ध्या गैरे

युवा नेतृत्व, प्रविधि, उद्यमशीलता र सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर दुईदिने युवा विकास सम्मेलन नेपालगन्जमा विहीवारदेखि आयोजना गरिएको छ ।

सम्मेलनमा सहभागी विभिन्न क्षेत्रका वक्ताहरूले युवालाई भविष्यका आधारमात्रै होइन, वर्तमान परिवर्तनका सक्रिय संवाहकका रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

युवालाई आत्मनिर्भर, उत्तरदायी र सिर्जनशील बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा पर्यटन विकासदेखि डिजिटल युगका चुनौतीसम्मका विषय उठाइएका थिए । ‘सशक्त युवा, सक्षम नेतृत्व, समृद्ध नेपाल’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले युवालाई केवल भविष्यका कर्णधार मात्र नभई वर्तमानका परिवर्तनकर्ता पनि मान्नुपर्ने बताएका थिए । उनले नीति निर्माण र विकास प्रक्रियामा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले युवालाई परिवर्तनका संवाहकका रूपमा चित्रण गर्दै जिम्मेवार नागरिक बन्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘वर्तमान समयका युवा परिवर्तनका संवाहक हुन्, समाज र राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउन उनीहरू पहिले जिम्मेवार नागरिक बन्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अगुर जीसीले नेतृत्व विकासका लागि ठूला संरचना मात्र आवश्यक नपर्ने उल्लेख गर्दै साना तर प्रभावकारी कदमले पनि व्यक्तिलाई सफलतातर्फ लैजान सक्ने बताएका थिए । युवाहरुलाई उत्प्रेरित गर्दै उनले भने, ‘नेतृत्व विकासका लागि ठूलो पहल आवश्यक हुँदैन, साना सकारात्मक कदमले पनि व्यक्तिलाई सफलताको बाटोमा अघि बढाउँछ ।’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले युवालाई रोजगारी खोज्नेभन्दा पनि सिर्जना गर्ने दिशामा अघि बढ्न आग्रह गरेका थिए । उनले भने, ‘युवाले रोजगारीको अभावको गुनासो मात्र होइन, उद्यमशीलता र नवप्रवर्तनमार्फत रोजगारी सिर्जना गर्ने मानसिकता विकास गर्नुपर्छ ।’

सम्मेलनअन्तर्गत विभिन्न विषयगत सत्र सञ्चालन गरिएको थियो । ‘युथ एण्ड टुरिजम’ सत्रमा ग्रीन एण्ड क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले नेपालगन्जलाई स्वच्छ, व्यवस्थित र पर्यटकमैत्री शहर बनाउन युवाको भूमिका निर्णायक हुने बताएका थिए । उनले फोहोर व्यवस्थापन, पूर्वाधार सुधार र नागरिक सचेतनाले शहरलाई पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने धारणा राखे ।

डिजिटल युग र साइबर सुरक्षाबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले विस्तृत प्रस्तुति दिएका थिए । उनले साइबर अपराधका प्रकार, कानुनी उपचार र सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए ।

त्यसैगरी सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक प्राचार्य कृष्ण जीसीले युवा नेतृत्व, सकारात्मक सोच र व्यक्तित्व विकासबारे प्रशिक्षण दिएका थिए । उनले युवालाई आत्मविश्वासी र जिम्मेवार नेतृत्वकर्ता बन्न प्रेरित गरे ।

सूचना प्रविधि, डिजिटलाइजेशन र कृत्रिम बुद्धिमत्ता (एआई) का अवसर तथा चुनौतीबारे प्रदीप पोखरेलले प्रस्तुति दिएका थिए । उनले आगामी वर्षहरूमा नेपालमा डिजिटल परिवर्तन अझ तीव्र हुने र एआईले समाज तथा शासन प्रणालीमा व्यापक प्रभाव पार्ने बताएका थिए । साथै, यसको प्रयोगसँगै आउने जोखिमप्रति सचेत रहनुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।

स्थानीय योजना निर्माण प्रक्रियामा युवाको भूमिकाबारे सम्भावना नेपालका अध्यक्ष साहिल अन्सारीले सहजीकरण गरेका थिए । उनले युवालाई दीर्घकालीन सोच, स्पष्ट लक्ष्य र निरन्तर प्रयासमार्फत नेतृत्व विकासमा लाग्न आग्रह गरे ।

युवा अभियन्ता रमेश वडले युवालाई केवल अभियन्ताको पहिचानमा सीमित नराखी व्यवहारिक सामाजिक परिवर्तनमा सक्रिय हुनुपर्ने बताएका थिए । उनले भने, ‘आफूलाई अभियन्ता भनेर चिनाउनु मात्र पर्याप्त हुँदैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने काम पनि उत्तिकै आवश्यक हुन्छ ।’

कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्र नाथ योगी, इस्लामिक धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी र पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

युवामा नेतृत्व क्षमता विकास, नागरिक उत्तरदायित्व र उद्यमशील सोच विस्तारमा महत्वपूर्ण प्रभाव पारेको आयोजकले जनाएको छ । सम्मेलनमा ६० भन्दा बढी युवा सहभागी भएका थिए । उनीहरू नेपालगन्जका विभिन्न विद्यालय, कलेज, मदरसा तथा विश्वविद्यालयबाट सहभागी भएका थिए। सम्मेलनमा नेतृत्व विकास, प्रविधि, पर्यटन, साइबर सुरक्षा, उद्यमशीलता र स्थानीय योजना निर्माण प्रक्रियामा युवाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।

समग्रमा सम्मेलनले युवामा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र प्रविधि तथा उद्यमशीलताप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान दिने आयोजकको विश्वास छ ।

आयोजकका अनुसार, सम्मेलनको दोस्रो दिन आज शुक्रवार लुम्बिनी प्राविधिक विश्वविद्यालयमा विशेष अन्तरक्रियात्मक कार्यक्रम गरिंदैछ । साथै नेपालगन्जका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणसमेत गराइने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Previous Post

नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

Next Post

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

Next Post
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन

June 19, 2026
Auto Draft

नेपालगन्जमा युवा विकास सम्मेलन

June 19, 2026
नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

नेकपाका व्यापारीले छाने नयाँ नेतृत्व

June 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बाँके : चिकित्सकसहित पाँच जना पक्राउ

June 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version