For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

byDainik Nepalgunj
June 19, 2026
in News, मुख्य समाचार
0 0
0
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी
Share on FacebookShare on Twitter

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।

निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिङ्ग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको छ ।

“अहिले मुख्य चुनौती व्यवस्थापनको हो”, सूचना अधिकारी वाग्लेले भन्नुभयो, “एउटै क्षेत्रमा धेरै सङ्ख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ ।”

वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले-पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी भइरहेको छ । “वंशानुगत (जेनेटिक) विविधता कायम राख्न पनि यो आवश्यक छ”, वाग्लेले भन्नुभयो, “ब्रिडिङ व्यवस्थापन योजनाअनुसार एउटै घेराभित्र मात्र राखिरहनुभन्दा विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ, नयाँपुस्तामा सुधार हुन्छ ।”

निकुञ्जको हीरापुर फाँटामा हाल ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरी कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टर क्षेत्रबाट सुरु भएको संरक्षण क्षेत्र चरणबद्ध रूपमा विस्तार गरी हालको आकारमा पुर्‍याइएको हो ।

कृष्णसारलाई खुला घाँसे मैदान मन पर्ने भएकाले प्राकृतिक बासस्थानमा छाड्दा चितुवा, भुस्याहा कुकुर तथा चोरी सिकारीबाट जोगाउनु चुनौतीपूर्ण हुने देखिएको छ । यससँगै छाडा चौपायाबाट सर्ने सङ्क्रामक रोग पनि संरक्षणका मुख्य चुनौतीका रूपमा रहेको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

चरन क्षेत्रको संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरोलगायत बाली रोपेर आहार व्यवस्थापन गर्ने काम निकुञ्जले गर्दै आएको छ । नियमित बजेट अभावका कारण पछिल्लो समया भने स्रोत व्यवस्थापनमा कठिनाइ भइरहेको सूचना अधिकारी वाग्लेले बताउनुभयो । शुक्लाफाँटामा कृष्णसार संरक्षणका लागि सन् २०१२ मा नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क भाले, चार अर्धवयस्क भाले, १२ वयस्क पोथी र चार अर्धवयस्क पोथी गरी २२ वटा कृष्णसार ल्याइएको थियो । 

सोही वर्ष ललितपुरस्थित सदर चिडियाखानाबाट तीन वयस्क भाले, दुई वयस्क पोथी र लिङ्ग नखुलेको एक गरी छ वटा कृष्णसार पुनःस्थापनाका लागि स्थानान्तरण गरिएको थियो । सन् २०१५ मा बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट तीन वयस्क भाले, एक अर्धवयस्क भाले र १० अर्धवयस्क पोथी गरी १४ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो ।

तीनवटै क्षेत्रबाट वयस्क भाले आठ, अर्धवयस्क भाले पाँच, वयस्क पोथी २४, अर्धवयस्क पोथी चार र लिङ्ग नखुलेको एक गरी कुल ४२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरी ल्याइएका ४२ वटा कृष्णसारको सङ्ख्या करिब डेढ दशकमै बढेर ३१३ पुगेको छ जुन करिब सात गुणाबढीले वृद्धि भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

कृष्णसारको स्वास्थ्य संरक्षणका लागि नियमित रूपमा दाना, चोकर, ढुटो, मकै र चना खुवाइने गरिएको छ । जुका, किर्नालगायत परजीवीको सङ्क्रमण रोक्न समयसमयमा औषधि मिश्रित आहारसमेत उपलब्ध गराइने सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार नेपालका संरक्षित वन्यजन्तुमध्ये एक हो । कुनै समय नेपाल, भारत र बङ्गलादेशका खुला घाँसे मैदानमा प्रशस्त पाइने यो प्रजाति बासस्थानको विनाश, चोरी सिकार र प्राकृतिक विपद्का कारण लोपोन्मुख अवस्थामा पुगेको थियो ।

हीरापुर संरक्षण क्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्रसमेत बन्दै गएको छ । कृष्णसार अवलोकनका लागि दैनिक रूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दुर्लभ र आकर्षक वन्यजन्तु कृष्णसारको मुख्य आहारा घाँस, दुबो, सिरु, काँसलगायत हुन् । हिन्दू धर्ममा यसलाई ‘भगवान् श्रीकृष्णको साथी’का रूपमा पनि लिइन्छ । 

कृष्णसार संरक्षण क्षेत्रलाई अझै व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कृष्णसार संरक्षण क्षेत्र नजिकैको सिमलफाँटा बस्तीमा घरबास (होमस्टे) कार्यक्रम सुरु गरिएको छ ।

“घरबासको स्तरोन्नति गरी पर्यटकलाई कृष्णसार संरक्षण क्षेत्रमा घुमाउने व्यवस्थाका लागि पहल हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “यसले स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्नुका साथै निकुञ्जको आन्तरिक आयसमेत वृद्धि हुन्छ ।” पर्यटकीय पूर्वाधारमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाले कृष्णसार संरक्षणसँगै पर्या–पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको बताउँदै स्थानीय समुदायको सहभागिता र संरक्षणबीच सन्तुलन कायम गर्दै संरक्षण क्षेत्रलाई थप व्यवस्थित गरिँदै लगिएको जानकारी दिनुभयो ।

Previous Post

जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

Next Post

कर्णालीको विकास र प्रदेश बजेटको दिशा

Next Post
कर्णालीको विकास र प्रदेश बजेटको दिशा

कर्णालीको विकास र प्रदेश बजेटको दिशा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णालीको विकास र प्रदेश बजेटको दिशा

कर्णालीको विकास र प्रदेश बजेटको दिशा

June 19, 2026
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

June 19, 2026
विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

June 19, 2026
३२ करोड नाघ्यो जानकीको अद्यावधिक बेरुजु

नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण

June 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version