For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भन्सारले गर्यो १८ अर्ब बढी राजश्व संकलन

byDainik Nepalgunj
June 27, 2026
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म राजस्व असुली, आयात, निर्यात तथा कुल व्यापारमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिसँग तुलना गर्दा राजस्व संकलन सकारात्मक देखिएका छन् । यद्यपि वार्षिक राजस्व लक्ष्य भने अघिल्लो वर्षको तुलनामा केही घटाइएको छ ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म राजस्व लक्ष्य २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रूपैयाँ निर्धारण गरिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा लक्ष्य २४ अर्ब ७५ करोड १२ लाख ६३ हजार रूपैयाँ रहेको थियो । यस वर्ष लक्ष्य अघिल्लो वर्षको तुलनामा २ अर्ब २३ करोड ७६ लाख ८९ हजार रूपैयाँ (९.६० प्रतिशत) ले कम निर्धारण गरिएको देखिन्छ ।

लक्ष्य घटाइए पनि राजस्व असुली भने बढेको छ । गत आर्थिक वर्षको जेठसम्म १८ अर्ब २९ करोड १२ लाख १२ हजार रूपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रूपैयाँ संकलन भएको छ । यो साढे २६ करोडले गत आ.व.को तुलनामा बढी हो ।

यससँगै राजस्व संकलनको उपलब्धि पनि उल्लेखनीय रूपमा सुधारिएको छ । गत वर्ष जेठसम्म लक्ष्यको ७३.९० प्रतिशत मात्र राजस्व संकलन भएको थियो भने यस वर्ष ८३.०४ प्रतिशत लक्ष्य हासिल भएको छ ।

भन्सारबाट हुने व्यापार पनि अघिल्लो आ.व.को तुलनामा ११.४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेठसम्म आयात मूल्य ७९ अर्ब ३५ करोड ८७ लाख १० हजार रूपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा आयात ७१ अर्ब २३ करोड ८ लाख २५ हजार रूपैयाँ रहेको थियो । यसअनुसार आयात ८ अर्ब भन्दा बढी वृद्धि भएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी निर्यात पनि दोहोरो अंकले वृद्धि भएको छ । गत आर्थिक वर्षको जेठसम्म २ अर्ब ८५ करोड १५ लाख ५० हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षमा यो बढेर ३ अर्ब २१ करोड ३६ लाख ९५ हजार रूपैयाँ पुगेको छ । निर्यातमा ३६ करोड २१ लाख ४५ हजार रूपैयाँ अर्थात् १२.७० प्रतिशत वृद्धि भएको हो ।

आयात र निर्यात दुवै बढेपछि कुल वैदेशिक व्यापार पनि विस्तार भएको छ । गत वर्षको जेठसम्म ७४ अर्ब ८ करोड २३ लाख ७४ हजार रूपैयाँ बराबर रहेको कुल व्यापार चालु वर्षको जेठ मसान्तसम्म ८२ अर्ब ५७ करोड २४ लाख ५ हजार रूपैयाँ पुगेको छ । यो ८ अर्ब ४९ करोड ९० हजार ३० रूपैयाँ अर्थात् ११.४६ प्रतिशत को वृद्धि हो ।

यद्यपि व्यापार घाटा भने अझै उच्च नै रहेको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा व्यापार घाटा ९२.३० प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा यो ९२.२२ प्रतिशतमा झरेको छ । अर्थात् व्यापार घाटामा सामान्य सुधार देखिए पनि आयातको तुलनामा निर्यातको हिस्सा अझै निकै न्यून रहेको अवस्था कायम छ ।

आयात–निर्यात अनुपातमा पनि सामान्य सुधार आएको छ । गत वर्ष २४.९८ रहेको आयात–निर्यात अनुपात चालु आर्थिक वर्षमा २४.६९ मा झरेको छ । यसले आयातको तुलनामा निर्यात केही मजबुत बनेको संकेत गरे पनि व्यापार सन्तुलनमा उल्लेखनीय परिवर्तन आउन निकै कठिन देखिन्छ ।

नेपालगज भन्सार कार्यालयको यस वर्षको तथ्यांकले राजस्व संकलन, आयात, निर्यात तथा कुल व्यापार सबै क्षेत्रमा वृद्धि भएको देखाएको छ । लक्ष्य घटाइएको अवस्थामा पनि राजस्व असुलीमा वृद्धि हुनु कार्यालयका लागि सकारात्मक उपलब्धि मानिएको छ । साथै निर्यातमा दोहोरो अंकको वृद्धि र व्यापार घाटामा सामान्य कमी आउनु पनि उत्साहजनक पक्ष हुन् । तर कुल व्यापारमा आयातको हिस्सा आत्यधिक रहिरहेकाले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन तथा व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउन आवश्यक देखिन्छ ।

११ महिनाको लक्ष्यको ८३ प्रतिशत असुली

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ को जेठ मसान्तसम्मको लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले निर्धारण गरेको २२ अर्ब ३७ करोड ४३ लाख ८३ हजार रूपैयाँको लक्ष्यमध्ये १८ अर्ब ५७ करोड ९९ लाख ५६ हजार रूपैयाँ राजस्व असुली गरेको हो । लक्ष्यअनुसार अझै करिब ३ अर्ब ७९ करोड रूपैयाँ राजस्व उठाउन बाँकी रहेको तथ्यांकले देखाएको छ ।

कार्यालयको मासिक राजस्व विवरणअनुसार चालु आर्थिक वर्षभर राजस्व असुलीमा उतारचढाव देखिए पनि अधिकांश महिनामा ८० प्रतिशतभन्दा बढी लक्ष्य हासिल भएको छ । विशेषगरी चैत महिनामा लक्ष्यको ९८.३७ प्रतिशत राजस्व संकलन गर्दै चालु आर्थिक वर्षकै उत्कृष्ट उपलब्धि हासिल भएको छ । चैतमा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रूपैयाँ लक्ष्य रहेकामा २ अर्ब १४ करोड २६ लाख ४७ हजार रूपैयाँ असुल भएको छ ।

त्यसअघि फागुनमा ८८.३९ प्रतिशत, असोजमा ८८.३२ प्रतिशत तथा माघमा पनि ८८.३२ प्रतिशत लक्ष्य पूरा भएको देखिन्छ । वैशाखमा ८५.४४ प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत र जेठमा ८०.५१ प्रतिशत राजस्व संकलन भएको छ ।

यी महिनाहरूमा लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व उठेपछि समग्र असुली सन्तोषजनक अवस्थामा पुगेको कार्यालयको तथ्यांकले देखाएको छ ।

तर आर्थिक वर्षको सुरुआती महिनाहरूमा भने लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन । साउनमा ७४.१९ प्रतिशत, कार्तिकमा ७२.३१ प्रतिशत र भदौमा सबैभन्दा कम ६९.७७ प्रतिशत मात्र राजस्व संकलन भएको छ । भदौ महिनामा १ अर्ब ९३ करोड ६४ लाख ५७ हजार रूपैयाँ लक्ष्य रहेकामा १ अर्ब ३५ करोड १० लाख १० हजार रूपैयाँ मात्र राजस्व उठेको थियो ।

राजस्व असुलीको प्रवृत्ति हेर्दा वर्षको पहिलो चौमासिकमा अपेक्षाकृत कमजोर प्रदर्शन देखिए पनि त्यसपछि क्रमशः सुधार हुँदै गएको देखिन्छ । मंसिरदेखि चैतसम्म लगातार उच्च दरमा लक्ष्य प्राप्त भएको छ । चैतमा झण्डै पूर्ण लक्ष्य हासिल भएपछि समग्र उपलब्धिमा उल्लेखनीय सुधार आएको हो । यद्यपि वैशाख र जेठमा पुनः केही कमी देखिए पनि दुवै महिनामा ८० प्रतिशतभन्दा बढी लक्ष्य पूरा भएको छ ।

नेपालगन्ज भन्सार कार्यालय पश्चिम नेपालको प्रमुख भन्सार नाकामध्ये एक भएकाले यसको राजस्व संकलन आयात–निर्यातको अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । भारतसँगको व्यापार, पेट्रोलियम पदार्थ, सवारी साधन, निर्माण सामग्री, खाद्यान्न तथा औद्योगिक कच्चा पदार्थको आयातमा आएको परिवर्तनले भन्सार राजस्वमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।

समग्रमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरणले नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गर्दै सन्तोषजनक प्रगति हासिल गरेको देखाएको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा राजस्व संकलनको गति कायम रहन सके वार्षिक उपलब्धि अझ सुधार हुने अपेक्षा गरिएको छ ।

Previous Post

राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय

Next Post

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

Next Post
राप्तीमा अधुरो पुल, अवरोध गर्दै स्थानीय

राप्ती नदीमा निर्माणाधीन पुलको ७५ प्रतिशत काम पूरा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version